कविता
-रामकृष्ण शर्मा
बा,कटक्क मुटुमा सुईरो उनिएपछि,मुखबाट एक्कै पटक ‘आमा’ शब्द निस्केको था’छ,कालो छायाँको साथ पछिपछि लाग्दा,एकाबिहानै आमाले छुँदाम परै हुत्तिईसकेथेँ ।
बा,चिम्लिएका आँखा अगाडि,हजुरका दुईथोपा आँशुटिप्लिक्कै छातीमा पर्दा,ओडाएको रातो झण्डा टिपेरजुरुक्कै उठ्न मन थियो बा ।
हजुरका हातले लगाएको आगोलेपोलेन बा मलाई,खरानी भईञ्जेल सम्म हजुरलाई देखिरहेँ,मेरा बा को धैर्यतालेमलाई स्वर्ग देखायो बा ।
बा,भन्नेले हिँजो उखु बाँगो थियो भने रे,बाँगो ऊखुको रस पनि बाँगै छ भने रेतर बा, दुनिया क्याम्पस जाँदा म जङ्गल पसेंहजुरका पछिपछि र आमाका अघिअघि ।
कति निडर भएछु बा,सिटामोल हारेछ आज ।आमाका हातको जाऊलो खाएर,म लागें बा सुटुक्कै दुर देशतिर,हजुरका आँशु साथ लिएर ।
बा,हिजो हाम्लाई नि के के गरे,हाम्ले नि के के गरियो,समयले कोल्टे फेर्यो,तर मानवियता फेरिएनछ ।
म मर्दा हाँस्नेलाई आशिर्वाद दिनु,म मर्दा नाच्नेलाई ‘ठूलो भए है’ भनिदिनु ।
दागबत्ती दिँदाहास्ने चलन नदेखेका यमराजलाईम के भनुंला ?
बा,म बिनाका ‘विना’हरुमा खुसी ल्याईदिनु,मेरा सिर्जनाका ‘प्रसिद्व’ उपहारहरु जोगाईदिनु ।हजुर विना सृजना नहोस,बैंसमा हजुरले बोकाईदिएको बन्दुकको कसम,मैले पनि रुन जानेको थिएँर त यति बिघ्न लर्को पाएँबा म स्वर्ग लागेँ हजुर नरुनुहोला ।