इनरुवा । मिथला क्षेत्रमा तामझामका साथ मनाइने छठ आउन एकदिन मात्र बाँकी रहेका बेलामा मरिक समुदायका मानिस छठमा प्रयोग हुने बाँसका सामग्री बनाउन व्यस्त भएका छन् ।
सुनसरी हरिनगरसहित जिल्लाका विभिन्न स्थानका मरिक समुदायका मानिस छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेकाले बाँसको सामग्री बनाउन लागेको हरिनर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले राससलाई बताउनुभयो ।
अहिले गाउँगाउँबाट रु एक सयदेखि तीन सय ५० सयसम्मा बाँस किनेर ल्याइ छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायका अगुवाले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको स्थानीय मरिक बताउनुहुन्छ ।
स्थानीय मरिकका अनुसार छठ पर्व गर्ने प्रत्येक वर्ष बढेकाले आफूलाई बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने गरेको छ । छठमा बाँसको सामग्री पुर्याउनलाई आफू महिना दिनअघिदेखि नै काममा व्यस्त भएको स्थानीय गीता मरिकले बताउनुभयो ।
आफ्नो समुदायको रोजगारी र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइ लागेको र त्यसबाट आएको आम्दानीले छोराछोरी पढाउने गरेको उहाँले बताउनुभयो । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनिया र ढाकी बनाउने र बिक्री गर्ने योजना रहेको छ । हरिनगरका मरिक जस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानका मरिक छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त अन् ।