–प्रेमलकुमार खनाल
अहिले मुलुकमा राजनीतिक अराजकता बढेको छ। खुलम खुल्ला संविधान विरुद्ध, गणतान्त्रिक शासन व्यवस्थाका विरुद्ध अभिव्यक्ति र गतिविधि भइरहेका छन्। हजारौं लाखौं जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि र संविधान विरुद्ध भएका गतिविधिले निश्चितरूपमा परिवर्तनका उपलब्धिमा प्रश्न उठाउन थालिएकाे छ। तसर्थ सरकार र जनआन्दोलनका राजनीतिक शक्तिहरुले यथार्थ धरातलमा रहेर अहिलेकाे अराजकताकाे निम्न मुख्य कारणहरूकाे पहिचान गरेर समाधान गर्न सरकार तथा राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ।
समाजकाे परिवर्तित स्थिति :
*समाज ३५/४० वर्ष अगाडिको जस्तो छैन ।
* उ बेला गाउँबाट सदरमुकाम, काठमाडौं जाने, आउने बस्ने एकदमै न्यून संख्यामा थियो ।
* तर अहिले गाउँ करिब करिब युवाविहीन अवस्थामा छ।
*अझ गाउँघरबाट छाेराछाेरी विदेशीयपछि बाबु आमा छाेराछाेरीकहाँ विभिन्न भिसामा जाने ५/६ महिना बस्ने फेरि स्वदेश आउने फेरि विदेश जाने क्रममा परिवार ब्यस्त देखिन्छन् । उनीहरूलाई विदेश आउने जाने काममा भ्याइ नभ्याइ छ।
* गाउँ घरमा खेतीयोग्य घरवारि, खेत जमिन बाँझाे र रुख जंगलले ढाकिएकाे छ।
* बैदेशिक राेजगारीमा गएर फिर्ता भएका घर परिवार पनि प्रायः जसो गाउँ घर छाेडेकाे स्थिति छ।
* सञ्चार माध्यम र सामाजिक संजालकाे सुगमताले विदेश परदेश गएकाहरु र स्वदेशका परिवारजनबीच हुने वार्तालापले परिवार बीचकाे सम्बाद हुने गरेको छ। अनि नेपाली राजनीतिप्रति विदेशीयकाहरुकाे जे धारणा छ, त्यहीँ नै जनमत हाे भनिन्छ । त्यही भएर रबि लामीछाने, वालेन र हर्क साम्पाङहरुले मूलधारका राजनीतिक दलहरूलाई उछिनेर सम्बन्धित ठाउँमा अहिले जिम्मेवारी सम्हालेका छन्।
*मूलधारका राजनीतिक दलहरूमा 'चुनावदेखि चुनावसम्म' काे सांगठनिक, वैचारिक कार्यशैली भयो । ३० वर्ष अगाडि जन्मिएका युवायुवती अब त वयस्क भइसके । उनीहरू संगठित छैनन् । संगठित भएका भए पनि वाक्लाे सांगठनिक गतिविधि र वैचारिक काम नहुँदा उनीहरू राजनीतिक दलबाट फ्रस्टेट अवस्थामा हुँदैछन्। अनि मूलधारकाे राजनीतिबाट स्वतन्त्रतिरकाे जनमततर्फ उन्मुख भएको पाइन्छ ।
*दुई तिहाइ भन्दा बढताकाे बामपन्थी जनमतलाई बामपन्थी दलहरुले हेरचाह र संगठित गर्ने चलायमान बनाउन नसक्दा जनमत खस्केको छ। अथवा जनसंघर्ष र आन्दोलनमा परिचालन गर्न नसक्दा अहिले राजावादीहरु र पुनरुत्थानवादीहरुले उपयाेग गरिरहेका छन्।
मुलुकमा अराजक स्थिति :
अहिले मुलुकमा राजनीतिक अराजकता बढेको छ। खुलम खुल्ला संविधान विरुद्ध , गणतान्त्रिक शासन व्यवस्थाका विरुद्ध अभिव्यक्ति र गतिविधि भइ रहेका छन्। हजारौं लाखौं जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि र संविधान विरुद्ध भएका गतिविधिले निश्चितरूपमा परिवर्तनका उपलब्धिमा प्रश्न उठाउन थालेको छ। तसर्थ सरकार र जनआन्दोलनका राजनीतिक शक्तिहरुले यथार्थ धरातलमा रहेर अहिलेकाे अराजकताकाे निम्न मुख्य कारणकाे पहिचान गरेर समाधान गर्न सरकार तथा राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ।
*हिजो राजावादी एवं पुनरुत्थानवादीहरुसँगकाे मूलधारका पार्टीका कतिपय नेताहरुकाे हिम चिम, ठूलो दल बनाउने, चुनाव जित्नका लागि गैह्रवामपन्थी र लाेकतन्त्र विरोधीहरूलाई पार्टी प्रवेश गराएर हर्ताकर्ता बनाउने र राजावादी समर्थक र पुनरुत्थानवादीहरुसँग गरिएकाे चुनावी तालमेलकाे परिणाम र वाक स्वतन्त्रताका नाममा विगतमा संविधान विरोधी, गणतन्त्र विरोधी गतिविधि हुँदा पनि राज्य टुलुटुलु हेरेर बस्नु, शान्ति प्रक्रियालाई टुंगोमा नपुर्याउनु ।
* सरकारमा गएर शुसासन कायम गर्नकाे सट्टामा स्वयं राजनीतिक दलका नेताहरु नै अनियमितता र भ्रष्टाचारमा संलग्न हुनु ।
*युगान्तकारी परिवर्तनसँगै रिवर्तनकाे संस्थागत विकासका लागि ऐन कानुन बनाएर लागू नगर्नु, आर्थिक-सामाजिक रुपान्तरण र विकास तीव्र रुपमा गर्ने सामाग्रिक साेंच र कार्यक्रमिक प्रतिबद्धता नहुनु, र नवउदारवादी अर्थनीतिकै जामा हल्लाएर हिडेझैँ शिक्षा, स्वास्थ्य, यातायात सर्वसुलभ र नि:शुल्क गर्ने नीति लागू गर्नुकाे सट्टामा नीजिकरण र व्यापारीकरणकाे नीतिलाई बाेकेर हिडनु ।
*बढदाे बेरोजगारी र गरिबी लाई न्यूनिकरण गर्ने आर्थिक याेजना लागू गर्नकाे सट्टामा श्रम निर्यात गर्ने नीतिलाई झन सघन रुपमा लागू गरिनु,७० लाख भन्दा बढी मानिस बैदेशीक राेजगारी वा अध्ययनक नाममा विदेशीनु , विदेशीएका मानिसहरुकाे अवस्थाका बारेमा सरकार र राजनीतिक दलहरु बेखबर झै हुनु ।
*राज्य सत्तालाई आफ्नो जीविकोपार्जनका लागि उपयोग गर्ने माध्यम बनाए झैँ जनप्रतिनिधिका लागि अनावश्यक तलब भत्ता सुविधा, पजेरो, प्राडाे, स्वकीय सचिव, नीजि सचिव राख्न पाउने व्यवस्था गरेर राज्यलाई Political Rent seeking राजनीतिक किराया खाने रुपमा उपयोग गरिनाले जनआक्राेस बढ्दै जानु।
तसर्थ, सरकार र जनआन्दोलनका राजनीतिक शक्तिहरुले यथार्थ धरातलमा रहेर अहिलेकाे नेपाली समाजकाे परिवर्तित स्थितिसँगै अराजकताकाे करणकाे पहिचान गरेर समाधान गर्न सरकार तथा राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ।