–टंक पन्त
नेपाली पत्रकारिता क्षेत्रको एक अग्रणी संस्था कामना पब्लिकेशनले एउटा इतिहास कायम गरेको छ यो इतिहास रच्न कामना पब्लिकेशनले निकै हण्डर र ठक्कर पनि खाएको छ । बिभिन्न हण्डर ठक्कर खादै आज कामना पब्लिकेशन र त्यस अन्तर्गत संचालित कामना फिल्म म्यागेजिन, हेल्थ मासिक साधना र राष्टिय दैनिक नेपाल समाचारपत्र आफैमा पत्रकारिताका पर्याय बनेका छन । यसर्थ त्यो संस्थाको दुई दशक लामो समय परिवारको सदस्यको हैसियतले म आफुृलाई पनि भाग्यमानी सम्झेको छु । अहिले पनि त्यो संस्थाको परिवारकै सदस्य भन्न मन लाग्छ र त्यसमा गौरव गर्दछु । यो अबसरमा पब्लिकेशन परिवार र त्यसको नेतृत्वलाई बधाई सहित सम्मान ब्यक्त गर्दछु र आगामी दिनमा थप सफलताको शुभकामना पनि ब्यक्त गर्दछु । त्यो संस्थामा आबद्ध कसरी भए र त्यस अघि पत्रकारिता कहांवाट शुरु गरेको थिए भन्ने कुरा थोरै पनि नकोट्याउदा अपुरो हुन सक्छ ।
पत्रकारिता अध्ययन गर्ने क्रममा मैले गोबिन्द बियोगी, मणिराज उपाध्याय, मदनमणि दीक्षित, गोपालदाश श्रेष्ठको नाम राम्ररी नै सुनेको थिए । सुन्ने मात्र होइन पत्रकारिता अध्ययन गर्दा ती नाम थाहा नपाई नहुने थियो । जब मैले रत्नराज्य क्याम्पसमा अध्ययन गर्दै थिए संयोग वा भाग्यमानी भन्नुपर्छ पत्रकारिता गर्ने पहिलो संस्था समाज दैनिक हुन पुग्यो भने दोस्रो संस्था हुन पुग्यो मातृभुमि साप्ताहिक । समाज दैनिकका प्रधानसम्पादक बरिष्ठ पत्रकार मणिराज उपाध्याय र मातृभुमि साप्ताहिकका प्रधानसम्पादक बरिष्ठ पत्रकार गोबिन्द बियोगी हुुनुहुन्थ्यो ।
पत्रकारिता क्षेत्रका हस्ति अर्थात पत्रकारिताका सतीशाल नै भन्दा पनि हुने बरिष्ठ ब्याक्तित्वका नजिक रहेर पत्रकारिता प्रारंभ गर्ने अबसर पाएकै कारण भन्नुपर्छ पत्रकारिता क्षेत्रमा आज म यहाँ छु । ३० बर्ष अगाडि समाज दैनिकमा सर्ब प्रथम प्रुफरिडिङ्घबाट काम शुरु गर्दा पत्रकार भैइएलाकि नभैइएला भन्ने लाग्थ्यो । जब मणिराज उपाध्यायसंग नजिक रहेर काम गर्दे जांदा दुइ तीन बर्षमा नै पत्रकार हुने पक्कापक्की भएको थियो । मणिबाबु (पत्रकारितामा मणिराज उपाध्यायलाई मणिबाबु भनेर सबोधन गर्ने गरिन्छ ) ले टंकजी तपाइले अलिक मेहनत गर्नुस् तपाई प्रतिष्ठित पत्रकार भएरै छाड्नुहुन्छ भन्नुभएको थियो ।
जब दैनिक समाज बन्द भयो अनि समाचारपत्रका प्रधानसम्पादकक पुष्करलाल श्रेष्ठले मणिबाबुलाई फोन गरेर तपाईकोमा काम गरेको राम्रो मान्छे हुनुहुन्छ भने पठाइदिनुस मैले दैनिक अबखवार निकाल्ने भएं भन्नुभएछ अनि मणि बाबुले टंकजी हुन सक्नुहुन्छ उहां इमान्दार र मेहनती हुनुहुन्छ उहांलाई सोध्छु गर्ने हुनुभयो भने तपाईकामो पठाइदिन्छु भन्नुभएछ अनि मणिबाबुले मलाई सोही डिल्लीबजार बाटुलेघर पछाडि रहेको आफ्नै घरमा बोलाएर पुष २७ बाट राष्टिय दैनिक निस्किदै रहेछ तपाई जान चाहनुहुन्छ भने जानुस पुष्करजीसंग कुरा भएको थियो भन्नुभयो । अनि पत्रिका प्रकाशनको दुई दिन अघि आजको समाचारपत्र (पछि नेपाल समाचारपत्र)का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई भेटेँ । उहांले असाध्यै सकारात्मक रुपमा लिनुभयो । अनि सोही दिन देखि नै मैले काम गर्न थाले । ०५२ साल पुष २७ गतेबाट प्रकाशनमा आएको राष्टिय दैनिक अखबार नेपाल समाचारपत्र (त्यतिखेर आजको समाचारपत्र नाम थियो ) प्रकाशनको शुरुमै जाने अबसर पनि मणिबाबुबाटै पाएको हुं भने समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले शुरुमै महत्वपुर्ण जिम्मेबारी बिना हिच्किचाहट सहसम्पादक पद सहित संसद र राजनीति हेर्ने गरी दिनुभयो । त्यो महत्वपुर्ण जिम्मेवारी पाएकोले समाचारपत्रमा पनि धेरै रिपोर्टिङ्घका समाचार मेन न्यूज नै बने ।
नेपाल समाचारपत्रमा काम गर्न थालेको केही समय पछि साप्ताहिक रुपमा आर्टिकल पनि लेख्न थाले । बिचार पुष्ठमा प्रकाशित पहिलो आर्टिकलमा मैले कसरी पत्रकारिता प्रारंभ गरे र कहाबाट प्रेरित भए भन्ने कुरा सबिस्तार पस्किएको थिए । जुन आर्टिकलमा मैले गोबिन्द बियोगी, मणिराज उपाध्याय र पत्रकारिताका शुरुका सहकर्मीको योगदानबारे चर्चा गरेको थिए । दुइ दशक भन्दा बढी समय नेपाल समाचारपत्रमा काम गर्दा कहिल्यै पनि कसैसंग पनि नराम्रो भएन किनकि कामना पब्लिकेशनमा काम गर्ने वातावरण अत्यन्त सौहार्दपुर्ण थियो र अहिले पनि मलाई लाग्छ त्यो सौहार्दतामा कमी आएको छैन । मैले जति इमान्दार भएर काम गर्दे गए त्यत्तिकै रुपमा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले गर्नुभएको माया र प्रेरणा अबिश्मरणीय रहेको छ जसले गर्दा पत्रकारितामा म स्थापित पनि भए। त्यसैले म स्थापित हुनमा प्रमुख भुमिका नेपाल समाचारपत्र दैनिक र सो पत्रिकाका प्रधानसम्पादक बरिष्ठ पत्रकार आदरणीय श्रेष्ठको रहेको छ त्यसैले उहांलाई सम्झिन्छु र सम्मान गर्छु ।
राजनीतिक रिपोर्टिङको जिम्मेबारी भएपनि लैंगिक समानता, सामाजिक न्याय, मानब अधिकार, महिला पुरुषबीच हुनुपर्ने समानअधिकार जस्ता बिषयमा निरन्तर कलम चलाइरहे त्यसैले पनि पत्रकारिता जगतमा मात्र होइन मलाई जान्ने हरेक क्षेत्रका बिद्धानहरु र अधिकारकर्मीहरुले महिला पत्रकार पनि भन्ने गर्थे । पत्रकारितामा अहिले सम्म क्रियाशील भैरहंदा सबै भन्दा बढी इज्जत र प्रतिष्ठा कमाइयो जसलाई मैले सबै भन्दा ठुलो सम्पत्तिको रुपमा लिएको छु ।
मैले पत्रकारिता गर्दा खुराफाती दिमाग लगाउने कुरा कहिल्यै पनि सोचिन र स्वच्छ र निष्पक्षताका साथ ब्यालेन्स गर्ने कुरालाई धर्मको रुपमा लिएं र लिइरहेको छु । पत्रकारिता अध्ययन गर्दा आर आर क्याम्पसमा प्रा लालदेउसा राईले दिनुभएका सैद्धान्तिक ज्ञान र अग्रज पत्रकारले दिनुभभएका ब्यबहारिक ज्ञानलाई सधै शिरोधार्य गर्ने काम गरे भन्ने मेरो दाबी छ । पत्रकारिता अध्ययन गर्नेहरुले नै बिभिन्न लामो समय देखि क्रियाशील पत्रकारहरुका बारेमा लेख्ने गरेका मध्ये मेरा सन्दर्भमा पनि कहिलेकाही अन्य पत्रिकामा प्रकाशित प्रसारित फिचर आर्टिकलले पनि मेरो बुझाइ र दाबीलाई सही सावित गरेको छ ।
यसको श्रेय पनि अग्रज पत्रकारप्रति नै जान्छ र सबै भन्दा बढी श्रेय आदरणीय पुष्करलाल श्रेष्ठज्यूमा नै जान्छ । हुन त बरिष्ठ पत्रकार गोपालदाशश्रेष्ठ प्रधानसम्पादक रहनुभएको प्रजातन्त्र साप्ताहिकमा पनि मैले केही समय काम गरे । प्रत्येक बिहीबार प्रकाशित हुने सो पत्रिकाको प्रधानसम्पादक गोपालदाश श्रेष्ठ भएपनि उहासंग नजिक रहेर पत्रकारिता भने गरिएन भन्दा पनि हुन्छ। दरबारमार्गमा सो साप्ताहिकको कार्यालय थियो, त्यहां श्रेष्ठ त्यति आउनुहुन्थेन । पत्रिकाको ब्यबस्थापकीय सम्पादन सयोजन राजेन्द्रबहादुर श्रेष्ठ सहित तीन जनाले गर्नुहुन्थ्यो भने समाचारको संयोजन गुणराज लुइटेल स्मित ले गर्नुहुन्थ्यो । मित्र लुइटेल हाल अमेरिकामा सरकारी तहकै सम्मानित अधिकारी हुनुहन्छ । ०५२ सम्म समाज दैनिक, मातृभुमि साप्ताहिक, प्रजातन्त्र साप्ताहिकमा समय मिलाएर काम गर्ने अबसर मिल्यो । समाचारपत्रमा राति २ बजे सम्म पनि काम गरिन्थ्यो । त्यसको केही समय पछिको दुई दशक भन्दा बढी समय पुर्ण रुपमा समाचारपत्रमा नै बित्यो।
कामना म्यागेजिन, साधना, महानगर दैनिक हुंर्दै राष्टिय दैनिक नेपाल समाचारपत्र एक ताका सबै भन्दा बढी बिक्री हुने पत्रिका थियो ।जहां लेखिएका सामग्रीले राज्य संयन्त्रलाई गंभीर बनाउने गथ्र्यो तर पछिल्लो समय डिजीटल मिडियाले गर्दा प्रिण्ट पत्रकारितालाई छायांमा पार्न खोजेको जस्तो अनुभुति भएको छ । त्यस्तो अनुभुति भएपनि प्रिण्ट पत्रकारिताको आफ्नै महत्व र बिशेषता छ । त्यहि बिशेषतालाई आदरणीय पुष्करलाल श्रेष्ठले समातेर नै अगाडि बढनुभयो । आजको यो बिशेष दिनमा बरिष्ठ पत्रकार आदरणीय पुष्करलाल श्रेष्ठज्यू प्रति फेरि पनि श्रद्धासुमन सहित सम्मान अर्पण गर्दछु । पत्रकारितामा क्रियाशील हुंदाहुदै उहांको भौतिक शरीर हामीमाझ नरहेपनि उहांले पत्रकारितामा छोडनुभएको छाप कहिल्यै मेटिन सक्तैन । हामीसंगै काम गरेका मात्र होइन पत्रकारिता गर्ने पछिल्लो पुस्ताका लागि पनि पुष्करलाल श्रेष्ठ प्रेरणाको स्रोत र पत्रकारिताको पुञ्ज हो । समाचारपत्रमा सहसम्पाद, प्रमुख समाचारदाता, समाचार सम्पाद, डेस्क प्रमुख, कार्यकारी सम्पादक हुंदै पछिल्लो समय सम्पादक समेतको जिम्मेवारी निर्बाह गर्दा पुष्करलाल श्रेष्ठ र कामना पब्लिकेशनको सिंगो म्यानेजमेण्टले जसरी मलाई पत्रकारितामा अगाडि बढन सहजीकरण गर्यो त्यो मेरा लागि अबिश्मरणीय रहेको छ ।
समाचारपत्रको महत्वपुर्ण जिम्मेवारीमा रहेर काम गर्दा आदरणीय दिरेकलाल श्रेष्ठ, कपिल काफ्ले, दिपक रिजाल पत्रकारिता र कामना प्रकाशन, किशोर सापकोटा, डा महेन्द्र बिष्ट, कुशल गौतम, बिनोद ढुंगेल, बिदुर गिरी, बद्रि तिवारी, बिष्णु शितल, शुभेच्छा बिन्दु, भगवती तिमिल्सिन, रोहिनी घिमिरे, लक्ष्मण अधिकारी, बिकास भट्टराई, कमल ढकाल, यदु भट्ट, राजु श्रेष्ठ, बिमल नेपाल, रामचन्द्र भट्ट लगायतका सहकर्मीहरुले खेलेको भुमिका निकै दरिलो थियो । उहांहरु लगायत थुप्रै साथीहरु समाचारपत्रका खम्वा हुन् । समाचार महामहाशाखा बाहेक अन्य शाखाका साथीहरुको त्यत्तिकै महत्वपुर्ण भुमिका रहेको छ । आदरणीय पुष्करलाल श्रेष्ठज्यूको निधन पश्चात कतिपय मानिसले समाचारपत्रको भबिष्य प्रति आशंका गरेका थिए । तर बाहिरबाट अध्ययन पुरा गरेर फर्किनासाथ त्यो संस्थालाई नयां ढंगले अगाडि लैजाने गरी कामना पब्लिकेशनमा सक्रिय हुनुभएका पुष्करलाल श्रेष्ठज्यूकै ज्येष्ठ सुपुत्र दिरेकलाल श्रेष्ठले कतिपय मानिसहरुका आशंकालाई मेटाउनु मात्र भएन कि अहिले प्रिण्ट मिडियामा निकै ब्यबस्थित र नयां स्वरुपमा पत्रिकालाई निरन्तर संचालन गर्देै आउनुभएको छ ।
कामना पब्लिकेशनको नेतृत्वमा रहेर पत्रिकालाई जसरी ब्यबस्थित रुपमा कसैलाई गुनासो गर्ने ठाउं नराखी निरन्तर संचालन गर्नुभएको छ त्यसका लागि उहांलाई बधाई सहित आजको दिनमा सलाम गर्न चाहन्छु । दुई दशक बढी त्यो पत्रिकाको नेतृत्वदायी भुमिका रहेको र आज पनि आफ्नै भन्न मन लाग्ने नेपाल समाचारपत्रले सुशासन र समृद्धिका लागि अहं र प्रभाबकारी भुमिका खेलेको छ । तर पनि कामना पब्लिेकेशन अन्तर्गतका कामना, साधना र नेपाल समाचारपत्रलाई थप प्रभाबकारी बनाउनुपर्ने खाँचो छ ।
पत्रकारिताको जसरी बिकास भैरहेको छ त्यो अनुसार पत्रकारिता क्षेत्र ब्यबसायिक हुन भने सकेको छैन बिना स्रोत भाइरल हुनका लागि जसले जे लेखे पनि हुने, जे सामग्री प्रसारण गरे पनि हुने भन्ने भएको छ । यो अबस्थामा इमान्दार र ब्यबसायिक पत्रकारिता गर्नेलाई सहज छैन, अझ पार्टीका नजिक भएर नेताका वरिपरि घुम्ने पार्टी पत्रकारले गर्दा पनि पत्रकारितामा दाग लाग्ने गरेको छ । यो अबस्थामा प्रिण्ट पत्रकारितालाई जोगाउन त्यति सहज छैन । डिजीटल, प्रबिधिको बिकाससंगै हामी पनि अगाडि बढ्नुपर्ने आबश्यकतालाई अनुभुति गर्देै हिड्नुपर्ने खांचो छ । तर पनि प्रिण्ट पत्रकारिताको आफ्नै महत्व र बिशेषता छ त्यसैले प्रिण्ट पत्रकारितामाथि देखिएको चुनौतिलाई परिबर्तित परिस्थिति अनुसार सामना गर्देै अगाडि बढ्नुको बिकल्प छैन । अराजक सोसियल मिडिया त्यसमा पनि कतिपय युट्यूवहरुले गर्दा पत्रकारिताको धज्जी उडाउने काम भएको छ । यो अबस्थामा पत्रकारिता क्षेत्रलाई ब्यबस्थित बनाउन हामी पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुनेहरुले अहं भुमिका निर्बाह गर्नुपर्ने आबश्यकता छ ।
हामी अरुलाई परिबर्तन गर्न र सुशासनका लागि कलम चलाउनेहरुले आफु कहाँ छौ र के गरिरहेका छौ भन्ने कुरा एक पटक आफैतिर पनि फर्केर गंभीर भएर सोच्नुपर्ने छ । भ्रष्टाचारको बिरोध गर्नेले आफुले के गरिरहेको छु भन्ने कुरा बिचार गर्नुपर्ने कि नपर्ने? यस्ता प्रश्न नागरिकबाट पत्रकार र पत्रकारिता क्षेत्र प्रति हुने गरेका छन त्यसतर्फ हामीले ध्यान दिने कि नदिने ? समाजमा जति बिकृति छन त्यो भित्र पत्रकारिता पनि पर्दछ त्यसैले पत्रकारले आफुले आफैलाई परिवर्तन गर्नुपर्ने आबश्यकता रहेको छ ।
(बरिष्ठ पत्रकार पन्त नेपाल समाचार दैनिकका पुर्बसम्पादक हुनुहुन्छ)