काठमाडौं । राष्ट्रिय मानब अधिकार आायेगका बध्यक्ष तपबहादुर मगरले मानब अधिकार, महिला अधिकार र सामाजिक न्यायको आन्दोलनमा बितग तीन दशकदेखि पत्रकारिताको माध्यमबाट महत्वपुर्ण र प्रभाबकारी भुमिका खेलेको भन्दै बरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गर्नुभएको छ ।
महिला अधिकार आन्दोलनमा क्रियाशील महिला पुनर्थापना केन्द्र ओरेकको १६औं अधिबेशनको सन्दर्भमा आयोगका अध्यक्ष मगर र ओरेकका संस्थापक अधयक्ष एवं बरिष्ठ महिला अधिकारकर्मी डा रेणु अधिकारीले तीन दशक अगाडिदेखि बरिष्ठ पत्रकार पन्तले निर्बााह गर्नुभएको भुमिका प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष मगरले महिलामाथि हुने हिंसा गरेका हिंसा अन्त्यका लागि मानब अधिकार आयोगले आफनो ठाउँबाट भुमिका खेलेको तर अपराधका घटनालाई राजनीतिकरण गरेको कारण दोषी कारबाहीमा नपर्ने गरेको बताउनुभएको छ ।
ओरेकका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले महिलाहरुले न्याय पाउँछु भन्ने बिश्वासको वातावरण अझै पनि बन्न नसकेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज बिश्वकर्मा, समावेशी आयोगकी सदस्य बिष्णु ओझा, डिएसपी रुपा थापा, निर्मला अधिकारी , संगीता अधिकारी लगायतले बोल्नुभएको थियो ।
१६ औँ अधिबेशनले सबिता पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति निर्बाचित गरेको छ । उपाध्यक्ष सुनिता दनुवार, सचिब संगीता अधिकारी, कोषाध्यक्ष इन्द्रमति नेम्वाङ निर्बाचित हुनुभएको छ ।