हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडा जारी एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् ।
उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबरको परिणाम निकाल्दै अपराजित ७.५ अंक हासिल गर्दै उपाधी कब्जा गरेको हो । प्रतियोगिताको उपाधीसङ्ङ्गै नगद एकलाख पचिस हजार र शिल्ड प्राप्त गरेका छन् । कुण्डुले अन्तिम खेलमा बंगलादेशका एफएम सरिफ होसेन माथि जित हात पार्दै एकल बिजेता बनेका छन्।
नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगितामा ७/७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद ७५ हजार र तश्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रित सिंले नगद ४० हजार जितेका छन् ।
विजेताहरुलाई बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत लगाएतले पुरस्कार वितरण गर्नुभयो ।
हेटौंडाको होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल बनेका छन्।
यसैगरी हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल बनेका छन्।
यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनि रानासिंघे महिला प्रथम , इसानाभि दोश्रो, बेष्ट युथ 10- इस्माइल सिद्धिकि, ओम कश्यप, 12- कुमार भमरद्वाज, अविन पाण्डे, 14- आयुश डेमानराउरा, अत्रिञ्जय, 16- देव राज , पुरुषोत्तम सिलवाल, 18- कमद मिश्र, मुहान श्रेष्ठ, बेष्ट अनरेटेड रसिक सिद्धिकि,स्वर्णिम दुवाल, अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगि, शिभम चौधरी, अन्डर १९०० रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमश: फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगिताको डिरेक्टर तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले आगामी वर्ष जिम नर्म प्रतियोगिता गर्ने घोषणा गर्नुभयो।
समापन कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले एशियाली स्तरको बुद्धिचाल खेल प्रवर्द्धन गर्न बाग्मती प्रदेश सरकार र प्रदेश खेलकुद बिकास परिषद् हातेमालो गर्न तत्पर रहेको बताउनुभयो ।