काठमाण्डौं । जनसाहित्य मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले डा. राजेन्द्र कोजुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ (समाजवादी) सम्बद्ध जनसाहित्य मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले डा. कोजुको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएकाे हो ।
कमिटीको उपाध्यक्षमा शान्तिप्रिय वन्दना र बालमुकुन्द कार्की रहनुभएकाे छ भने महासचिवमा उर्मिला कुँवर, सचिवमा रघुनाथ कडरीया र रामचन्द्र खतिवडा रहनुभएकाे छ ।
त्यस्तै, यदुनाथ वसन्तपुरे कोषाध्यक्ष रहनुभएकाे छ भने सदस्यहरुमा प्रवजन न्यौपाने, छन्दविज्ञान निरौला, कृष्णमाया विक.प्रदिप विक, दुर्गा परियार, ध्रुव रायमाझी, बखत खड्का, दिपसागर पन्त,अर्विन न्यौपाने, पुन्य घिमिरे र नारायणराज उप्रेती रहनुभएको छ ।
कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपमहासचिव डा. विजयकुमार पौडेल, स्थायी कमिटी सदस्य भविसोर पराजुली, पोलिटब्युरो सदस्य माधव पौडेल, देवशंकर पौडेल, प्रेममहल खनाल, केन्द्रीय सदस्य गिता सोडारी, जन साँस्कृतिक महासंघ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमालालगायतले मन्तव्य राख्नु भएको थियो।
मञ्चका निवर्तमान अध्यक्ष डा.पुष्कर भट्टको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा लक्ष्मी दाहाललगायत मञ्चका सदस्यहरूले नवगठित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।