काठमाडाैं । छैटौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको मेलामा कृषि सम्बन्धीका नयाँ प्रविधिहरु र कृषिजन्य सामग्रीको प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा कृषि अध्ययनरत विद्यार्थी, कृसान, व्यवसायीहरुको उपस्थिति पनि बाक्लो रहेको छ । कृषिजन्य नयाँ प्रविधिहरु एकै ठाउँमा हेर्न र बुझ्न सकिने भएकाले मेलामा अवलोकनकर्ताहरुको भीड देख्न सकिन्छ ।
मेलामा स्टल राख्नुभएको च्याउ उत्पादक किसान संघ, नेपालका सहअध्यक्ष सीताराम तिमल्सिनाले उपभोक्ताहरुलाई कस्त च्याउहरु हुन्छन् भन्ने जानकारी दिनका लागि स्टल राखेको बताउनुभयो । उहाँले मेला एउटा प्रविधि प्रशारणको माध्यम भएकाले कुन कुन च्याउ छन्, कसरी खेती गर्ने, कसरी खाने भन्नेकुराको जानकारी दिने गरेको बताउनुभयो ।
त्यस्तै, मेलामा स्टल राख्नुभएका श्री दाउन्ने फिड्स प्रालिका सञ्चालक केशवविक्रम खड्काले मेलामा किसानहरुसँग भेट्न पाउने भएकाले मेलामा आएको बताउनुभयो । उहाँले मेलाबाट आफूहरुले आफूहरुको उत्पादनबारे जानकारी गराइरहेको बताउनुभयो।
मेलामा पालिका एग्रोकल्चर प्रालिको स्टल राख्नुभएका सञ्चालक गोपाल थापाले उपभोक्ताहरुसँग प्रत्यक्ष भेट्ने अवसरका रुपमा मेलालाई लिएको बताउनुभयो । आफूहरुले मेलामा कृषि पशुसँग सम्बन्धित सामग्रीहरु राखेको उहाँकाे भनाइ छ ।
यता अवलोकन कर्ताहरु भने मेलामा कृषिजन्य धेरै कुराहरु सिक्न पाएको बताउनुहुन्छ । उहाँहरुले मेलामा धेरैजसो विदेशी स्टलहरु रहेपनि प्रविधिजन्य कुराहरु धेरै बुझ्न पाएको र देखेको बताउनुभयो । उहाँहरुले मेलाले किसान र कृषिमा लाग्नेहरुका लागि धेरै कुरा सिकाउने बताउनुभयो ।
मेलामा आउनुभएका अवलोकन कर्ता बमप्रसाद राईले कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधि भित्रिएका छन् भन्नेबारेमा आफूहरुले सबै जानकारी पाएको बताउनुभयो ।
त्यस्तै अर्का विद्यार्थी अवलोकन कर्ता आर्यन रामदामले प्रविधि कतिसम्मको विकसित हुँदैछ ? भन्नेकुरा मेलामा आफूले जानकारी पाएको बताउनुभयो । उहाँले नेपालका मेसिनरी स्टलहरु कम हुँदा दुःख लागेको बताउनुभयो ।
उहाँले किसानहरु आत्महत्या गर्दै गइरहेको अवस्थामा अध्ययन गरेर लगानी गर्ने हो भने आगामी दिनमा कृषि क्षेत्रमा राम्रो भविष्य देखेको बताउनुभयो ।