काठमाडाैं । नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन कर्ताहरुको भीडसँगै व्यवासायीहरु खुशी भएका छन् । माघ १८ गतेदेखि शुरु भएको ४ दिने मेलामा अवलोकन कर्ताहरुको बाक्ला उपस्थितिले व्यवसायीहरु उत्साहित भएका हुन् ।
मेलामा व्यवसायीहरुले विगतका वर्षहरुमा भन्दा यस वर्षको मेलामा धेरै अवलोकनकर्ताहरु आइरहेको बताए । उनीहरुले मेलामा आवश्यक अवलोकनकर्ताहरु बढी रहेको जानकारी दिए । यस्त मेलाहरुले नयाँ खुलेका कम्पनीहरुलाई बजारमा स्थापित हुन र पुराना कम्पनीहरुलाई पनि आफ्ना उत्पादनहरु उपभोक्तामाझ पुर्याउन सहज र राम्रो माध्यम बन्ने बताए । मेलाले स्वदेशमा मात्रै नभइ विदेशमा पनि नेपाली सामानहरुको पहुँच बिस्तार र बजारीकरणमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
मेलामा स्टल राखेका रुक्मिणी ग्रुपका प्रतिनिधि आदित्यराज बुदियाले विल्डकन जस्तो मेला आफ्ना उत्पादनहरुलाई बजारीकरण गर्न र सेवाग्राही समक्ष पु¥याउन महत्वपूर्ण भएको बताउनुभयो । उहाँले मेलाले आफ्ना उत्पादनहरु उपभोक्ताहरुलाई बुझाउन र उपभोक्ताले पनि सबैखाले जानकारी राख्न मद्दत पुग्ने विश्वास राख्नुभयो । उहाँले यस्ता मेलाले व्यापारमा पनि धेरै फाइदा हुने बताउनुभयो ।
मेलामा स्टल राख्नुभएका हुलास स्टिलका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर रवि केसीले मेलाबाट बजारमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी मिल्ने बताउनुभयो । उहाँले ग्राहक र व्यवसायीहरुलाई बुझ्न र बुझाउने मेलाले सहयोगी भुमिका खेलेको बताउनुभयो । उहाँले मेलामा हरेक वर्ष नयाँ होस् भन्ने ग्राहकको चाहनालाई पूर्ति गर्ने काम गरेको बताउनुभयो ।
मेलामा स्टल सञ्चालन गर्नुभएको भोल्गा स्टोन एक्स्ट्रोसिबियाका महाप्रवन्धक हरिश ज्योतियाले उपभोक्ताहरुलाई मेलामा भेटेर आफ्ना सामग्रीहरुको बारेमा जानकारी गराउने र उपभोक्ताहरुले पनि आफ्रूलाई लागेको जिज्ञासा राख्न र बुझ्न पाउने भएकाले मेला फलदायी हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता मेला सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो कम्पनीले नेपालमा उपभोक्ताहरुलाई चाहेको र भनेजस्तो सामग्री दिइरहेको बताउनुभयो ।
त्यस्ते मेलामा स्टल राख्नुभएका कजेरिया कम्पनीका प्रतिनिधि रुपक बस्नेतले यस्तो मेलाहरुमा धेरै मानिसहरुलाई एकै ठाउँमा भेट्न र बुझाउन पाउने भएकाले फलदायी रहने बताउनुभयो । हरेकको घरघरमा जानु भन्दा पनि एकै ठाउँमा सबैलाई भेट्न र बुझाउन पाइने उहाँको भनाइ छ । उहाँले कजेरियाले नेपालमै फ्याक्ट्री खोलेर कारोबार गर्न लागेको बताउनुभयो ।
यता, डोर एण्ड विन्डोज कम्पनीका निर्देशक कुलदीप खेतानले मेलाले व्यवसायलाई धेरै नै उत्साह थपिरहेको बताउनुभयो । उहाँले यस्ता मेलाहरु नयाँ कम्पनीहरुलाई बजारमा पुग्नका लागि महत्वपूर्ण माध्यम बन्ने गरेको बताउनुभयो । आफूले कम्पनी खोलेको डेढ वर्षमै धेरै माझ पुग्नको लागि मेला महत्वपूर्ण भएको आफ्नो ठम्याइ रहेको बताउनुभयो । मेलामा उपभोक्ताले सबैसँग बुझेर र दाँजेर आफ्नो निर्णय गर्नसक्ने भएकाले मेला राम्रो रहेको अवलोकन कर्ताहरुको उपस्थिति उल्लेख्य रहेको बताउनुभयो ।
त्यस्तै मेलामा स्टल सञ्चालन गर्नुभएका वेदालय ग्रुपका अध्यक्ष जयराम अर्यालले नवौं विल्डकन एक्स्पो व्यवासायीहरुका लागि अवसर भएको बताउनुभयो । यस्ता मेलाले उपभोक्तामाझ पुग्न र आफ्ना सामग्रीहरु पु¥याउन महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले मेलाको दोस्रो दिन आज पनि अवलोकन कर्ताहरुको उपस्थिति बाक्लो रहेको बताउनुभयो । मन्दीको बेलामा व्यवसायीहरुलाई मेलाले उर्जा दिएको महशुस भएको बताउनुभयो । १८ गतेदेखि २१ गतेसम्म मेला सञ्चालन हुनेछ । मेलामा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा मेला सञ्चालन गरेको मेलामा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने ठाउँ हो । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो । विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्य आयोजकले लिएको छ।