काठमाडाैं । सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् । आइतबार काठमाडौंमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् ।
उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए ।
उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे । रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाउनु भयो । उहाँले घर फर्कदा साँहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताउनुभयो । रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताउनुभयो । उहाँले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताउनुभयो । उहाँले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको बताउनुभयो । उहाँले पीडितहरु न्याय नपाए मर्न पनि तयार रहेको बताउनुभयो ।
अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदिँदा समस्यामा परेको बताउनुभयो । उहाँले सम्पती बेचेर ऋण तिर्न समेत नपाएको बताउनुभयो । उहाँले आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको बताउनुभयो । उहाँले सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने बताउनुभयो । उहाँले घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको बताउनुभयो । उहाँले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिनुभयो ।
त्यस्तै,महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैंकले दिएरको दबाब बढिरहेको बताउनुभयो । उहाँले बैंकबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैंकले कि घरखाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताउनुभयो । उहाँले घरजग्गा बैंकका भएकाले ऋण तिर्नसक्ने अवस्था नभएको बताउनुभयो । उहाँले ऋण तिर्न श्रीमान पनि विगत लामो समयदेखि थलामा रहेको बताउनुभयो । उहाँले सरकारले धितो फिर्ता गरी दिए न्याय पाउने आशाले काठमाडौं आएको बताउनुभयो ।
उहाँले पनि सरकारले न्याय दिने आशाले काठमाडौं आएको भन्दै न्याया नपाएसम्म गाउँ नर्फने बताउनुभयो । उहाँले माग पूरा नभएसम्म सरकारले गोली हाने पनि आन्दोलन जारी राख्ने बताउनुभयो ।