लमजुङ । सुन्दरबजार–४ दुराडाँडा सत्रसय निवासी स्वर्गीय देवी खनियाकाे स्मृतिमा स्वर्गीय देवी खनियाँ जन्मदिनमा वृक्षरोपण अभियान नेपाल अक्षयकोष स्थापना भएको छ । १३औँ दिनकाे पुण्य तिथिका दिनमा स्वर्गीय खनियाकाे परिवारद्वारा उक्त अक्षयकाेषकाे स्थापना गरिएकाे हाे ।
स्वर्गीय खनियाका श्रीमान रामचन्द्र खनिया, छाेराहरु विनाेद खनिया, कृष्णराज खनिया, बुहारीहरु रचना खनिया र कल्पना खनियाले अक्षयकाेषका लागि २५ हजार २५ रूपैयाँ जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार एवं अध्यक्ष बासुदेव सेढाईलाई हस्तान्तरण गर्नुभएकाे छ । शुरूमा २५ हजार २५ रूपैयाँकाे अक्षयकाेषकाे स्थापना भएपनि काेषकाे रकम वृद्धि गरिने खनिया परिवारले जानकारी दिएकाे छ ।
प्रकृतिको संरक्षण, स्वच्छ वातावरण र असल संस्कारलाई प्राेत्साहन जन्मदिनमा वृक्षरोपण (पृथ्वी बचाउ) अभियान पवित्र र महत्त्वपूर्ण संस्था भएकाले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेको र अभियान अगाडि बढाउन आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने जेष्ठ सुपुत्र विनाेद खनियाकाे भनाइ छ ।
अक्षयकोषबाट प्राप्त व्याजबाट वर्षभरि अभियानमा महत्त्वपूर्ण सहयोग गर्ने एकजनालाई जन्मदिनमा वृक्षरोपण अभियान शुभराम्भ दिवसका अवसर हरेक वर्ष मंसिर २९ गते पुरष्कृत गरिने अभियानका अध्यक्ष सेढाईले जानकारी दिनुभयो ।
सरल व्यावहार, इमानदारिता, उच्च नैतिक आचरण, पवित्र विचार, असल कर्म र सभ्य संस्कारले भरिपूर्ण सबैकी प्रिय पात्र देवी खनियाकाे २०८० फागुन ८ गते ५४ वर्षकाे उमेरमा दु:खद् निधन भएको थियो । उहाँकाे निधनमा 'जन्मदिनमा वृक्षराेपण अभियान नेपाल' ले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेकाे छ ।