काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालीन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ । शुक्रवार रात्रिकालीन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो।
उहाँले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिद्धता जनाउनुभयो । गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई बेवस्था गर्ने गरी नजाने बताउनुभयो । उहाँले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पार्नुभयो । स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उहाँको भनाइ छ ।
गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताउनुभयो । उहाँले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताउनुभयो । उहाँले २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताउनुभयो । पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेलको हकमा दुईवटा कुरा रहेको बताउनुभयो । उहाँले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गर्नुभयो । उहाँले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत्य शहर नभएको बताउनुभयो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिनुभयो । उहाँले सल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरु,कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु नपर्ने बताउनुभयो । उहाँले प्रहरीहरुले आफ्नै खाना खाने भन्दै प्रहरीहरुलाई खाना खुवाउने,राख्ने र उपहार दिने व्यवासायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिनुभयो । उहाँले त्यो लोभ प्रहरीहरुले नराख्ने दाबी गर्नुभयो । गृहमन्त्री लामिछानेले व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नु नपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीेले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताउनु भयो । गृहमन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको दाबी थियो ।
उहाँले व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण,महिला दिदि बहिनीहरु सुरक्षित छन वा छैनन्, कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ दुव्र्यसनमा भए/नभएको विषयमा ध्यान जाने बताउनुभयो । उहाँले लागुपदार्थ दुर्व्यसनीको कार्य भएको पाइए प्रहरीलाई पसल व्यवसायमा सिल लगाउने अधिकार दिने बताउनुभयो । उहाँले लागुऔषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरु माथि दुव्यवहार भएको शहरको सरकारले परिकल्पना नगरेको बताउनुभयो।
गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्शन पलान बनाइरहेको बताउनुभयो । उहाँले प्रहरी प्रशासनलाई आज नै देशभर गुण्डागर्दी गर्नेहरुको नाम लिस्ट लिने बताउनुभयो ।