काठमाडाैं । नेपालका पुरुष र महिला टोलीले भूटानमा हुने काभा बिच भलिबलमा च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट महिलामा कमला पुन र मनिषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रश्तुत गर्र्न लागेका हुन् । उनीहरूलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् ।
नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला, राखेपका निमित्त सदस्यसचिव अञ्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले विदाई गरेका थिए ।
नेपालले उक्त च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । यद्यपि नेपाली टोलीले तयारी भने पर्र्याप्त गरेको छैन । महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् । नेपालले दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए । त्यतिबेला पनि पुरुषमा मानबहादुर र दिलबहादुर तथा महिला कोपिला र कमला पुनको जोेडीले रजत पदक जितेका हुुन् । यस पटक कोपिलाको स्थानमा मनिषा छिन् ।
पाल्पामा भएको सञ्जय स्मृति बिच भलिबलमा च्याम्पियन जोडी कमला र मनिषालाई थिम्पुको लागि छनोट गरिएको नेपाल भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिनुभ्यो । पुरुषमा भने कीर्तिपुरमा भएको प्रतियोगिताबाट छनोट आधार मानिएको संघले जनाएको छ । थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टिम र महिलामा ७ टिमको प्रतिष्पर्धा रहनेछ । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।
नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा भने नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भूटानले प्रतिष्पर्धा गर्दैछन् । उक्त च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमवार भूटानतर्पm प्र्रस्थान गने कार्र्यक्रम रहेको छ ।