काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब एक महिना हुन लाग्दा पनि अझै पूर्णता दिन सकेको छैन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले थप गहन छलफल गरेर मात्रै केन्द्रीय कमिटीलाई पूर्णता दिन लागेका कारण ढिलाई भएको स्पष्ट पार्नुभएको हो ।
केन्द्रीय कमिटीको बैठक आगामी बुधबार बस्न लागेकोले कमिटीलाई पूर्णता दिने विषयलाई प्राथमिकताका साथ लिने उहाँले जानकारी दिनुभएको छ । महाधिवेशनबाट तीन जना पदाधिकारी र ९३ जना केन्द्रीय कमिटीका सदस्यीय चयन गरेको बताउँदै महासचिब भुसालले बाँकी दुई सय ६ जनाको चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको बताउनुभयो । उहाँले नेताहरुको योगदान र क्षमताको मूल्यांकन गरेर क्षेत्र तथा सन्तुलन मिलाएर दुई सय ९९केन्द्रीय कमिटी सदस्यीय चयन गरिने बताउनुभएको छ ।
पार्टीका सबै कमिटीले पूर्णता पाएपछि पार्टी र संगठनलाई सशक्त रुपमा अगाडि बढाउने उहाँको भनाइ छ । साथै महाधिवेशनबाट सर्वसहम्मत रुपमा पारित भएका राजनीति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद र विधान संशोधन लगायतका कार्यक्रमहरु लिएर जनताको बीचमा जाने पनि उहाँको भनाइ छ ।महासचिव भुसालले नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा बसेर सडक र सदनबाट जनताको पक्षमा उभिने पनि बताउनुभएको छ ।
नेकपा एमालेका सचिब एवं सांसद योगेश भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसको सहमतिमा ऐतिहासिक जिम्मेवारी पूरा गर्न बनेको र त्यो जिम्मेवारी पूरा गरेरै छोडने बताउनुभएको छ । नेकपा एमालेका सचिब समेत रहनुभएका नेता भटराईले दुई दल मिल्नु अधिनायकवाद नभएको र नेकपा एमाले र नेपाली कांग्रेस जस्ता पार्टी अधिनायकवादको कल्पना समेत गर्न चाहंदैनन् भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी हिजो त्यो बाटोमा हिँडेको हुनाले आफूहरुमाथि आरोप लगाएको दावी गर्नुभएको छ ।
नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले संविधान सशोधन केपी ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख एजेण्डा भएकाले संविधान संशोधन गरेरै छोडने स्पष्ट पार्नुभएको छ । नेता भटराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहितका दलहरुको सहमतिमा संविधान सशोधन गर्ने प्रयास हुन्छ तर सहमति नभएमा प्रक्रियामा लगेर भएपनि मुलुकको आवश्यकता अनुसार संविधान संधोधन भएरै छोडने स्पष्ट पार्नुभएको छ ।
उहाँले अब माओवादी र सात दल भन्ने कुरा रहेको छैन भन्दै सरकारको अपोजिशन हो, पटक पटक सरकारमा गैसकेको माओवादी देशको प्रतिपक्षी नभएको बताउनुभएको छ । उहाँले देशमा सुशासन कायम गर्ने , आगामी निर्वाचन सम्म कांग्रेस एमाले मिलेर जाने कुरामा कुनै विवाद नभएको दाबी गर्नुभएको छ ।