काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकंक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित हेमबहादुर मल्ल सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकंक्षा पूरा गर्ने संवैधानिक दायित्वलाई संरक्षण र आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी र सहभागितामुलक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहजता सुनिश्चित गर्न र सुशासन प्रत्याभुति गर्ने राज्यको दायित्व र जिम्मेवारी वहनमा नेपाल जनप्रशासन संघमा आवद्ध सबै पेशाविदहरुले मन, वचन र कर्मले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकलाई दिइने सेवामादक्षता ल्याउन, सरकारी काम कारबाहीमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्को बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरुको ठूलो भूमिका रहेको बताउनुभयो । यस वर्षको हेमबाहदुर मल्ल सम्मान कुटनीतिज्ञ र प्रशासनविद् डा. भेषबहादुर थापालाई अर्पण गरिएको छ ।