काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले देशमा डिजिटल वालेट भुक्तानी गर्ने नेपालकै पहिलो डिजिटल प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको छ ।
हालै गुगल प्ले स्टोरमा एक करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवा अब प्रयोगकर्ताहरुलाई व्यवसाय वृद्धिका साथ साथै मानिसहरुको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरुपनि विस्तार गर्न लागेको हो ।
अब इसेवाबाट प्रयोगकर्ताहरूले बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रुपैयाँ दुई लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिडेट र फोन लोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई easy Loan नाम दिइएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरुलाई उपलब्ध हुने इसेवा का प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताउनुभएको छ । easy Loan को बारेमा थप बोल्दै प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त पार्नुभयो ।
भुक्तानी प्रदायक सेवाको रुपमा प्रख्यात इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरूपनि प्रदान गर्ने नयाँआयाम#BeyondPayments को थालनी भएको घोषणा गरेको छ ।
इसेवालि
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको इसेवाले यो अवधिमा नगद रहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
सन् २००९ मा स्थापनाभई सेवा दिइ आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धी हासिल गरेको हो।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग ८० लाखभन्दा बढि दर्ता भएका ग्राहक, २५०,००० भन्दा बढि एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त र ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन्।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक (PSP) कम्पनीको रुपमा स्थापित भएको इसेवा नेपालमा आज अनलाइन भुक्तानीको घरायसी नाम बनेको छ ।