काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास गर्नुका साथै भर पर्न आग्रह गर्नु भएको छ । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले सरकारप्रति आशावादी बन्न आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउँदै वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गर्नुभयो । । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोड्ने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
विदेशमा बस्ने नेपालीहरूले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘युवाहरूलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको सरकारसँग आश पनि गर्नु, भर पनि पर्नुस्, फरक पर्दैन । यो सरकारसँग भर पर्नुपर्छ । यो सरकार केही गर्न बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यकता थिएन । देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यका लागि बनेको छु ।’
साथै, कार्यक्रममा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताउनु भएको छ ।
‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने ? भन्ने प्रश्नको जवाफमा ओलीले भन्नुभयो, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ । तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’
उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको भन्दै अहिले पछिल्लो समय महिला मुख्यमन्त्री बनाएको बताउनुभयो ।