काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा १५ औं संस्करणको बृहत शैक्षिक मेला आगामी असोज १३ गते आयोजना गर्ने भएको छ ।
काठमाडौंको एभरेष्ट होटलमा हुने एक दिने पन्ध्रौ इक्यान बृहत शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तराष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउने अपेक्षा सहित मेला आयोजना गर्न लागिएको हो ।
यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्था भारत, चिन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागिता हुनेछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवं अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्न लागिएको हो ।
शैक्षिक परामर्शदाताहरुको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेकोले आफ्नो सहभागितालाई चाँडै सुनिश्चित गर्न नेपाल शैक्षिक परामर्श संघले आग्रह गरेको छ ।