काठमाडौं । नेपाली कांग्रेसको थारू विभागमा दश सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रहेको थारू विभागमा दश सदस्य मनोनयन गर्नुभएको हो।
पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनयन गरिएको थारु विभागका प्रमुखले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
मनोनयन भएका सदस्यहरूमा देवमान चौधरी, वर्दिया, हल्लुप्रसाद चौधरी, दाङ, शिवनारायण राना, कैलाली, साजनकुमार महतो, चितवन, शैलेन्द्र चौधरी, रौतहट, नमिता चौधरी, सप्तरी, वोरनारायण चौधरी, सुनसरी, सरिता चौधरी, कैलाली, सुचि चौधरी, मोरङ र कुलमणि चौधरी, बारा रहेका छन् ।