हेटौंडा । नेपाल राहत शिक्षक केन्द्रीय समितिकाे छैठौं केन्द्रीय महाधिवेशन यहीँ कात्तिक ९ र १० गते काठमाडौंमा हुने भएको छ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले देशभरिका प्रदेश ,जिल्ला र स्थानीयतहलाई सर्कुलर जारि गरि प्रतिनिधि व्यवस्थापन गर्नेलाई निर्देशन समेत दिएको छ।
देशभरिबाट स्थानीयतह सम्मको प्रतिनिधित्वहुने गरि करिब नाै सय प्रतिनिधिकाे अनुमान गरिएको राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईले बताउनुभएको छ।
छैठौँ केन्द्रीय महाधिवेशनले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य समेत चयन गरिनेछ । यस महाधिवेशनले राहत शिक्षकको भावि रणनीति सरकार सित भएको सम्झौता राहत शिक्षकहरूकाे पछिल्लो माग मुद्दा, अब हुने आन्दोलनकाे माेडालिटिसहित काठमाडौ घाेषणा पत्र समेत जारि गरिने केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी जानकारी दिनुभयो ।
शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री बिध्या भट्टराईले उद्घाटन गरिने केन्द्रीय महाधिवेशनमा शिक्षा क्षेत्रका बिशिस्ट व्यक्तिकाे उपस्थिति रहने छैठौं महाधिवेशन आयाेजक समितिका प्रचारप्रसार संयाेजक नबिन सिंह धामीले जानकारी दिनुभयो ।
देशभर रहेका ४२,२३८ राहत शिक्षकहरूबाट छनाेट भइ आयका नाै सय हाराहारीका प्रतिनिधिले केन्द्रीय समिति चयन गरिनेकुरा महत्त्वपूर्ण भएकोले सकभर सर्वहमत नेतृत्व चयन गरिने प्रयास गरिने र आफ्नाे माग मुद्दामा याे छैठौं महाधिवेशन निणायकहुने राहत शिक्षक बागमती प्रदेशका महासचिव राजिव भट्टराईले जानकारी दिनुभयो ।
शिक्षक आन्दोलन तथा देशको हरेक शैक्षिक समस्या तथा परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने र याे देशको शैक्षिक परिवर्तनका एउटा ससक्त माेर्चाकाे रूपमा हेरिएको राहत शिक्षकहरूकाे याे महाधिवेशनलाई शैक्षिक क्षेत्रकाे परिवर्तनकाे रूपमा र तत्कालै शिक्षा ऐन जारि गरि सम्पूर्ण राहत शिक्षकहरूकाे सामाजिक सुरक्षा र पेसागत स्थायित्व रूपमा हेरिएको नेपाल शिक्षक महासंघका उपाध्यक्ष पुष्पराज कुँवरले बताउनुभएको छ।