काठमाडौं । मानवीय र सामाजिक अभियन्ता देवरत्न धाख्वाको ‘जीवन एक प्रवाह एक श्रृंखला’ नामक पुस्तक लोकार्पण भएको छ।
लेखन कुञ्जद्वारा प्रकाशित पुस्तक लाेकार्पण गर्देै दिव्यशताब्दि पुरुष डा. गौरीशंकर लाल दासले नेपाल रेडक्रसमा चार दशक बिताउनुभएका समाजसेवी राजनीतिज्ञ धाख्वाको पुस्तक मानवीय र समाजसेवा गर्नेका लागि प्रेरणादायी र अनुकरणीय रहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको नागवहाल जस्तो रमणीय स्थानमा भएको कार्यक्रम र यसै क्षेत्रका बरिष्ठ समाजसेवी धाख्वाको पुस्तक मानवसेवा गर्नेका लागि मात्र होइन जनप्रतिनिधिले पनि कसरी समयमै काम गर्नुपर्छ भन्ने जस्ता निकै अनुकरणीय र प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ ।
लोकार्पण समारोहमा लेखक देवरत्न धाख्वा, लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, लेखनकुञ्जका सम्पादक बरिष्ठ पत्रकार टंक पन्त, नेपाल रेडक्रस सोसाइटीका निर्देशक पुजा कोइराला, हिरण्यवर्ण महाबिहारका दश पारमिता आजु रत्न शाक्य, अर्जना धाख्वा, रचना धाख्वा लगायतले पुरुतककाबारेमा चर्चा गर्नुभएको थियो ।
लेखनजकुञ्जका अर्जुन ढुंगानाद्वारा सम्पादित पुस्तक लोकार्पण समारोहमा मुन्दिका धाख्वा र सुजन धाख्वाले स्वागत गर्नुभएको थियो भने रेडक्रसका उच्च पदस्थ पदाधिकारी, उच्च अधिकारीहरु, बुद्धिजीवीहरु, राजनीतिज्ञ, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, परिवारजन सहितको उल्लेख्य सहभागिता रहेको थियो ।