–रम्भा पौडेल
गाउँमा पड्केको पटकाको आवाजले जीवन खादाखाँदै जुरुक्क उठयो ।
आमाले भनिन, “यो जीवनलाई त पटकाको आवाज सुन्नै हुँदैन । हेर, खाँदाखाँदै दौडेको !”
धेरैबेरसम्म जीवन नआएपछि आमाले चिच्याउँदै भनिन्, “बाबु छिटो भित्र आउ । खाना चिसो भयो । खादाखादै कोही बाहिर दौडन्छ?
एकै छिनमा जीवन भित्र आयो र भन्यो “बाबा किशोरले ठुलो पटका पड्कायो । मलाई कहिले ल्याइदिनुहुन्छ ? उसको बाबाले रकेट बम पनि किनेर ल्याइदिनु भएको छ रे ।”
बाबुले भने, “जीवन पटका पड्काउनु राम्रो होइन । यो हाम्रो आँखामा पर्या भने आँखा बिग्रन्छ । उसलाई पनि भन नपड्काउ भनेर । तिहार त बत्ति र फूलले सजाउने हो । यो त उज्यालोको पर्व हो नि । यो पर्व त दिदीभाइको मिलनको चाड हो । त्यस्तै दिदीले दाजुभाइको दीर्घ जीवनको कामना गर्ने दिनको पर्व हो । यसरी पो मनाउने हो । पटकाले आगो लाग्ने खतरा पनि हुन्छ, ध्वनी प्रदुषण हुन्छ । पटका पड्काउँदा सानासाना चरा मर्छन्, किसानको घरमा पालेका गाई–भैँसी तर्सिन्छन् ।”
जीवनले पटका किनिदिन जिद्दि गरिरह्यो ।
“आज लक्ष्मीको पुजा गर्ने दिन हो । तिमीले झिलीमिली बत्तिले घर सजाउन पर्छ । पटका पड्काउने पैसाले अरु कुरा किनमेल गर्नु पर्छ । बरु म झिलिमिली बत्ती किनेर ल्याइदिन्छु नि हुन्न ?” जीवनले टाउको हल्लाएर हस् भन्यो ।
उसले खाना खाएर नसक्दै फेरी पटकाको डयाम्म आवाज उसको कानमा पर्यो । उसले खानाको थाल उठायो हात मुख धोयो र आफ्नो घरको झयालबाट चिच्याउदै भन्यो, “किशोर पटका नपड्काउ रे ! आँखामा पर्यो भने हाम्रो आँखा फुट्छ रे ? उसलाई मनमनै भने पटका पडकाएको रमाइलो लागिरहेको थियो । उसले रकेट बम आकाश माथि गएको झयालबाट हेरिरह्यो ।”
बाबु–आमा एक–अर्कालाई हेरेर मुसुक्क हाँसे ।