–विकास लम्साल
लिस्वन, पाेर्तुगल । आफ्नाे कला र संस्कृतिकाे जगेर्ना गर्दै पाेर्तुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह: पुजा मनाएका छन् । लिस्वनकाे आराेइसमा रहेकाे ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएकाे म्ह: पुजामा नेवार समुदायका एक सय जनाभन्दाकाे सहभागिता रहेकाे थियाे ।
आफ्नाे शरिरलाई अाफैले निराेगिता र राेकिएका काम पूरा हाेस् भनेर म्ह पुजा गर्ने चलन रहेकाे नेवा: ख:ल, पाेर्तुगलका अध्यक्ष राजेशमान जाेशीले जानकारी दिए । "आत्मालाई मण्डपमा राखेर विधिपुर्वक पुजा गर्ने नेवारी अनुसार म्ह पुजा गर्ने चलन रहेकाे छ" उनले भने " हामीले पनि त्यहि प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हाैं । हाम्राे कला, भाषा, संस्कृति भनैकै हाम्राे पहिचान हाे । यसमा हामीले गर्व गर्नु पर्छ ।"
युराेपमा पहलाे पटक आयाेजना गरिएकाे म्ह पुजाका संयाेजक अमृतरत्न शाक्यले संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएकाे कार्यक्रमबाट अाफु हाैसिएकाे बताए । "पहिलाे पटक गरिएकाे पुजामा भएकाे सहभागीताले निकै खुशी लागेकाे छ" उनले भने "नेपालीहरू जहाँ भएपनि आफ्नाे संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने याे गतिलाे उदाहरण हाे ।"
नेवा: ख:ल, पाेर्तुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएकाे जानकारी दिदैं आजकाे याे म्ह पुजा पनि भव्य हुन गएकाेका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे । "आफ्नाे जन्मे हुर्केकाे बेलादेखि आएकाे चलनलाई आत्मसाथ गर्न पाउँदा काे खुशी हुदैन र" उनले भने "प्रवासमा पनि यसरी आफ्नाे संस्कृति अगाल्न पाउँदा निक्कै खुशि लागेकाे छ ।"
एक वर्ष अगाडि स्थापना भएकाे नेवा: ख:ल, पाेर्चुगलले अब आफ्नाे संस्कृतिकाे जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिवद्धता पनि कार्यक्रममा व्यक्त गरिएकाे थियाे ।
यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ (दिलाेन) का साथै काेषााध्यक्ष अमृत रत्न शाक्यकाे महत्वपूर्ण भूमिका रहेकाे जानकारी पनि खःलका अध्यक्ष जाेशीले दिनुभयाे ।
यसैगरी पाेर्तुगलमा रहेकाे विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसीभैलाे पनि खेलेका थिए ।