काठमाडाै । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प विजयी भएका छन् । डेमोक्रेट पार्टीकी उम्मेदवार एवम् उपराष्ट्रपति कमल ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भइरहँदा ग्लोबल शेयरमा तरंग देखिएको छ ।
भारतको शेयर बजारमा पनि यसले प्रभाव पारेको छ । ट्रम्प विजयनजिक पुगेको खबरले संसारकै शेयर बजार तरंगित भएको हो । विश्व बजारको लागि कर्पोरेटमैत्री मानिने ट्रम्पको नीतिका कारण शेयर बजारले छलाङ मारेको छ।
एक घरानिया ‘बिजनेस टाकइकुन’ अमेरिकी राष्ट्रपतिमा विजयी भइरहँदा अमेरिका, युरोपसहित भारतमा समेत ट्रम्प परिवारको सदस्यकोा रियल स्टेटको कारोबारमा वृद्धि भएको छ । ट्रम्प जितेलगत्तै भारतमा पनि प्रविधिको शेयर बजारमा पनि तरंग आएको छ।
भारतको इन्फरमेसन टेक्नोलोजी कम्पनीको कारोबार अमेरिकामै केन्द्रित छ । टिएचसी, इन्फोसिस, एचसिएल, वाइप्रो, डिक्सनलगायतका कम्पनीको कारोबारमा एकाएक तीन दशमलव दुई शून्य प्रतिशतदेखि तीन दलशमलव आठ शून्य प्रतिशतसम्म कारोबार वृद्धि भएको छ ।
ट्रम्पको जितसँगै भारतीय बजारको शेयर बजारको कारोबार ८ सय अंकमा बढेर ८० हजार २ सय ५० पार भएको थियो । यस्तो अवस्थामा भारतमा मात्र होइन, संसारभर नै छोटो समयका लागि लगानी गर्नेहरुले शेयरमा निकै मुनाफा हासिल गर्न सक्ने देखिएको छ ।
भारतको नेशनल स्टक एक्सचेन्ज २ सय १७ दशमलव नौ पाँच प्रतिशत बढेको छ । उता, फ्लोरिडास्थित निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले सीमा व्यवस्थापन र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिवद्धता दोहो¥याए ।
ट्रम्पले छ करोड ८८ लाख ७७ हजार २ सय ९३ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी कमला ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९ सय ५१ मत प्राप्त गरेकी थिइन् । ट्रम्पले ५१ दशमलव एक प्रतिशत र ह्यारिसले ४७ दशमलव २ प्रतिशत मत मत प्राप्त गरेका छन् ।
ट्रम्पले २ सय ६६ इलेक्टोरल मत प्राप्त गर्दा ह्यारिसले २ सय १९ इलेक्टोरल मतमा चित्त बुझाउनु परेको छ । सन २०१६ मा पनि राष्ट्रपति जितेका ट्रम्प २०२० मा जो बाइडनसँग पराजित भएका थिए ।