काठमाडाै । कात्तिक २ गतेदेखि कास्की प्रहरीको पोखरा हिरासतमा रहेका रवि लामिछानेको पाँचौँ जिल्ला भ्रमण पर्सा जिल्ला भएको छ । उसो त उनी बारामा चलिरहेको गढीमाइ जात्रा हेर्न गएका होइनन् । सानो पाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूरक उजुरी परेर अदालतबाट पक्राउ पूर्जी जारी भएपछि रवि यसपटक हवाई यात्रा हुँदै सिमराबाट वीरगंज पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साको पक्राउ पूर्जीपछि कास्की प्रहरीले बयानका लागि लामिछानेलाई कास्कीबाट विमानमा काठमाडौ र काठमाडौबाट सिमरा हुँदै वीरगंज लगेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंजको हाताभित्र एउटा कोठामा उनलाई राखिनेछ, बयान लिइने छ ।
कुनैबेला वीरगंज पुगेर नागरिकता र बहुविवाहका मुद्दामा कारबाही गर्छु भन्ने भाषणबाज रविको यसपटकको वीरगंज यात्रा न ‘रवि दाइ–हाइहाइ’ का रुपमा भएको हो, न नयाँ शक्तिका कमाण्डरको राजकीय ठाँटको यात्रा हो, महिनौँदेखि हिरासतमा राखिएका एउटा आरोपी बयानका लागि प्रहरी घेरामा रहेर वीरगंज पुगेका छन् । यो रविको पाँचौँ जिल्ला भ्रमण हो । तर पर्साको सानो पाइला सहकारी संस्था त्यही संस्था हो, जहाँबाट नेपालका सहकारीहरुमा १६ अर्ब रुपैयाँ भन्दा बढी ठगेको आरोपमा फरार सूचीमा रहेका गितेन्द्र बाबु अर्थात् जिबी राईको सम्पत्ति रोक्का भएको थियो । तर चर्चा भने पोखराको सूर्यदर्शनका पीडितको आन्दोलनले बढी पायो । वीरगंज महानगरले सानो पाइलाका पीडितहरुलाई न्याय दिन खोज्दा जिबी राईको सम्पत्ति रोक्कासँगै देश छाडेर भाग्नु पर्ने अवस्था बनेको पर्साबाटै हो ।
अर्थतन्त्रको मेरुदण्ड मानिएको सहकारीका नाममा अवैध नेटवर्किङ व्यापार धन्दा चलाएको र त्यसलाई संरक्षण गर्न टेलिभिजन खोलेर बचाउमा देशभरका पत्रकार नै प्रयोग गर्दा पनि कालोधन्दा नछोपिएपछि देश छाडेर भागेका सहकारी माफिया गितेन्द्रबाबु (जिबी) राई समूहले वीरगंजमा सर्वसाधारणको रकम जम्मा गरेर आफन्तलाई पोसेको पाइएपछि वीरगंज महानगरपालिकाले एक्सन लिएको थियो । पत्रकारलाई ७ महिनाको तलब खुवाउन नसकेपछि बन्द भएको ग्यालेक्सी टेलिभजनका अध्यक्षसमेत रहेका र शंकास्पद हिसाबले देश छाडेर फरार तथा सहकारी विभाग, सिआइबीमा उजुरी परेका राई समूहकै नेतृत्वमा वीरगंजमा सानो पाइला सहकारी संस्था सञ्चालनमा थियो ।
सर्वसाधारणले दुनियाँका जुठा भाँडा माझेर, फुटपाथमा चिया र तरकारी बेचेर कमाएको पसिना सहकारीमा बचत गर्दा संस्थाको सस्थापक तथा संरक्षक राईले आफन्त र आसपासकालाई मात्र करोडौँ ऋण प्रवाह गरेर सर्वसाधारणको करिब ९४ करोड रुपैयाँ लुटेका थिए । त्यहीमध्येको ३३ करोड रुपैयाँ भन्दा बढी हिनामिना र ग्यालेक्सी टेलिभिजनमा मात्रै ८ करोड रुपैयाँ गएको देखिएपछि लामिछानेलाई बयानका लागि पाँचौँ जिल्ला पर्सामा हवाई उडानबाट लगिएको छ । वीरगंजबाट ऋण लैजाने ठूला ऋणीहरुको हुलियामा कहीँ कतै पनि वीरगंजबासी देखिएका छैनन् । ऋणीहरु कता छन्, सहकारीले खोज्न चासोसमेत नदिँदा वीरगंज महानगर सक्रिय भएपछि जिबी राई फरार हुने वातावरण बन्यो भने घुमिफिरी रवि लामिछानेका लागि बयानघरका रुपमा हिरासतको डायरीमा पाँचौँ जिल्ला भनेर पर्साको वीरगंज पनि थपियो ।
सानो पाइला सहकारीका सर्वसाधारणको निक्षेप संकलन गरी वीरगंजमा खाता नै नभएकालाई करोडौँ रुपैयाँ प्रवाह गरी सहकारी जोखिममा पु¥याएपछि हजारौँ निक्षेपकर्ता वीरगंज महानगरपालिकामा गुहार लगाउन पुगेका थिए । उनीहरुको कागजात मागेर सानो पाइलाका संस्थापकलाई वीरगंज बोलाएर कागजात गराएपछि राई समूहकै निर्देशनमा सञ्चालित अन्य सरकारीका निक्षेपकर्ता पनि सरकार खोज्दै देशभर धाएपछि गितेन्द्रबाबु राई देश छाडेर भाग्न बाध्य भएका हुन् । यो मामलामा वीरगंज महानगर पिता राजेशमान सिंहले कतै आफ्नो लाभ र चर्चा चाहेनन्–पाएनन् । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ‘निक्षेपकर्ताको रकम फिर्ता गर’ भनेर वीरगंज बोलाएर राईलाई कागज पनि गराएका थिए ।
२०८० असार २४ गते गितेन्द्रबाबु राई वीरगंज महानगरपालिका कार्यालय आएका थिए । उनले महानगरमा भएको बैठकमा सानो पाइलाले जारी गरेको ऋण विवरण ३ दिनभित्र महानगरमा बुझाउँछु भनेर हस्ताक्षर गरेका थिए । साउन १५ गतेभित्र सहकारीको श्वेतपत्र जारी गर्छु भनेर वाचा गरेका थिए । एक लाख रुपैयाँ भन्दा कम रकम निक्षेपकर्ताहरु समस्यामा परेकाले उनीहरुको रकम क्रमशः फिर्ता गर्छु भनेका थिए । सानो पाइलाले संस्थाको विवरण खुल्ने श्वेतपत्र त साउन १५ गते महानगरमा पठायो तर त्यसपछि वीरगंज महानगरबाट तारन्तर सम्पर्क गर्दा राईले फोन उठाएनन् । महानगरमा आएर गरेको वाचा र प्रतिवद्धता पनि कागजमा सीमित राखे । स्थानीय सरकारले ‘के नै गर्न सक्छ र’ भन्ने ठानेर महानगरलाई हेप्ने काम गरिरहे ।
यसपछि वीरगंज महानगरले भदौ ५ गते सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गरी सञ्चालकलाई कानूनी कारबाही अघि बढायो । ५ गते नै नेपाल राष्ट्र बैंकलाई सहकारीका सञ्चालकको बैंक खाता रोक्काका लागि पत्राचार गरियो । सोही दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि पत्राचार गरेर सञ्चालकहरुको नेपालभर रहेको जग्गा रोक्काको अपिल गरियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि पत्र पठाएर सहकारीजन्य कसुरमा कारबाहीका लागि छानबिन गर्न आग्रह भयो ।
नेपाल राष्ट्र बैंकले भदौ १५ गते नै सहकारी सञ्चालकहरुको बैंक खाता रोक्का गर्न सबै बैंकहरुलाई पत्राचार गरेपछि भने स्थानीय सरकारको ‘शक्ति’ देखेर सहकारीका सञ्चालकहरु कछुवासँग दौडमा हारेको खरायो झैँ भए । सहकारीका फरार सञ्चालकहरु एकाएक शिथिल बने । यति मात्र होइन, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ ८ गते नै जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर जनताको पैसा फिर्ता नदिने नियतका सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १२ गते नै सहकारीका नाममा जनताको करोडौँ रकम अपचल गरेर मस्ती मारिरहेका गितेन्द्रबाबु राई समूहको नेपालभरको जग्गा रोक्का गरिसकेको थियो । यसपछि यता सहकारीका सञ्चालकहरु तिल्मिलाए, उता राई समूहकै नाममा कास्की, रुपन्देही र काठमाडौँका सहकारी पीडितहरु पनि जुर्मुराए ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले यति एक्सन नलिएको भए अन्यत्र पनि विवाद बढ्थेन, भएभरको लुट धन्दा बाहिर आउथेन र देश छाडेर भाग्नु पर्थेन भन्दै राई समूह पनि वीरगंजका मेयर सिंहमाथि खनिन शुरु भए । राई देश छाडेर मलेसिया पुगेको चर्चा भयो । उनको समूहले देशभरका जनताको १६ अर्ब रुपैयाँ भन्दा बढी ठगेको पाइएको छ । राई समूहको दशाको सुरुवात गराउने राजेशमान सिंहविरुद्ध राई समूहकै निकट रहेकाले मिडियाबाजी त गरेकै थिए, वीरगंजमा पनि जनताको पैसामा तर मार्ने, राज्यधन लुटेर धर्मका नाममा सटर भाडामा लगाउने र राजनीतिक आडमा महानगरको करोडौँको जग्गालाई निजी आम्दानीमा पार्नेहरु हूल बाँधेर नगर प्रमुख सिंहको ‘तेजोबध’ गर्न तन, मन, धन लगाइरहेका थिए । राजेशमान सिंहलाई अनेक बदनाम गरेर निस्काम पार्न सकिन्छ कि भनेर एउटा स्वार्थी समूह अरबी घोडाको गतिमा दौडियो पनि । महानगर प्रमुख सिंहले अनियमतता, बदमासी, भ्रष्टाचार, हिनामिना, जग्गा, मन्दिर कब्जा गरेर तर मार्न बन्द गरिदिएपछि प्रहार अरु चर्को भएको थियो ।
तर अन्ततः जिबी राईलाई देश छाड्न बाध्य पार्ने र कारबाहीको दायरामा ल्याउँदा झण्डै चरित्र लिलाममा उत्रिएकाहरु रवि लामिछानेलाई वीरगंज बोलाएर अरु काण्डमा कारबाहीको भाषण गराउँथे । उनै रवि लामिछाने अहिले एक आरोपी बनेर बयान दिन पर्सा आइपुगेका छन् । जहाँबाट जिबी राईको दशा शुरु भएको थियो, त्यहीँ रवि लामिछानेका बयान दिन बाध्य छन् ।
जहाँ छविलाल जोशी र रवि लामिछानेलाई बयानका लागि लगिइको छ अर्थात् वीरगंजमा सानो पाइला बचत तथा ऋण सहकारीबाट ९४ करोड रुपैयाँ भन्दा ऋण लैजानेहरुको सूची हेर्दा लाग्छ, ऋण लिनेहरु वीरगंजका कोही पनि छैनन् । वीरगंजका सोझा जनताले पैसा बचत गरे, जिबी राईले मनलाग्दी आफन्तहरुलाई ऋणका नाममा यसरी पैसा बाँडेका छन् वीरगंजमा त पैसाको बोट छ, जति टिपे पनि सकिन्न । पैसा लैजानेहरुको नाम हेरौँ :
१. भूपेन्द्र राईः ६५ करोड ९९ लाख ७ सय २४ रुपैयाँ
२. बिमला पौडेलः २ करोड ७ लाख २२ हजार ४ सय ६४ रुपैयाँ
३. तीर्थराज लामिछानेः १ करोड ६ लाख ६ हजार ६ सय २८ रुपैयाँ
४. ग्रेसी स्पुन रेस्टुरेन्टः ८६ लाख ६९ हजार १ सय ६० रुपैयाँ
५. नेचर हर्ब इन्टरनेश्नलः १ करोड ३७ लाख १३ हजार ७ सय ७१ रुपैयाँ
६. नेचर नेष्टः १ करोड ८५ लाख ५१ हजार २ सय २४ रुपैयाँ
७. स्प्रिङ उड रियलस्टेटः १ करोड १ लाख ३४ हजार ३ सय ५३ रुपैयाँ
८. कुमार रम्तेलः ८४ लाख १ हजार ८ सय ५१ रुपैयाँ
९. तस्बिरन खातुनः ५७ लाख २९ हजार ८ सय ८५ रुपैयाँ
अर्थात जिबी राईका आफन्तले मात्रै १० करोड ३१ लाख २९ हजार ६० रुपैयाँ ऋण भनेर लगेका छन् ।
केही अन्य ठूला ऋणीहरु पनि वीरगंजको जस्तो देखिन्नन्ः
१०. आकाश गुरुङः १ करोड ६ लाख ७७ हजार २ सय ४१ रुपैयाँ
११. आयुष कार्कीः १ करोड ८ लाख २५ हजार १ सय ९१ रुपैयाँ
१२. अजयबहादुर थारुः १ करोड ६ लाख ६९ हजार २ सय ४५ रुपैयाँ
१३. अक्षय वाग्लेः ८६ लाख ६७ हजार ८ सय १२ रुपैयाँ
१४. अनिल जिसीः ९६ लाख १७ हजार ८ सय २१ रुपैयाँ
१५. अन्जु पन्त सुवेदीः १ करोड ४ लाख ८६ हजार २ सय ४९ रुपैयाँ
१६. अनुप पाण्डेः ७९ लाख २९ हजार ८ सय २१ रुपैयाँ
१७. बबिता गुरुङः १ करोड ३ लाख ७८ हजार ८ सय २२ रुपैयाँ
१८. वर्षा ढुंगानाः १ करोड ५ लाख ५६ हजार २ सय ४४ रुपैयाँ
१९. विशाल थापाः १ करोड ६ लाख ८ सय ५२ रुपैयाँ
२०. विष्णुमाया गुरुङः १ करोड ६ लाख ५४ हजार ७ सय १६ रुपैयाँ
२१. बुद्धि गुरुङः ८६ लाख ७९ हजार ४ सय ५६ रुपैयाँ
२२. छविलाल जोशीः १ करोड ८६ लाख ९४ हजार ६ सय ४ रुपैयाँ
२३. छविराम ढकालः १ करोड ४ लाख ९९ हजार ३ सय ८० रुपैयाँ
२४. छत्रमणि भट्टराईः ८६ लाख ९१ हजार एकसय रुपैयाँ
२५. दिनेश रोकाः २ करोड ३९ लाख ४० हजार १ सय ७७ रुपैयाँ
२६. दीपा न्यौपानेः १ करोड ६ लाख ३९ हजार ५ सय ४२ रुपैयाँ
२७. दीपक लामाः १ करोड ६७ लाख ९५ हजार ३ सय ३५ रुपैयाँ
२८. दीपक न्यौपानेः १ करोड ५ लाख ६९ हजार ३ सय १० रुपैयाँ
२९. दिव्या गुरुङः १ करोड ८ लाख ३३ हजार ५ सय ९६ रुपैयाँ
३०. हेमन्त अधिकारीः १ करोड ६७ लाख १५ हजार ३ सय ७७ रुपैयाँ
३१. विशाल तामाङः ६ करोड ८३ लाख ६६ हजार २ सय ९४ रुपैयाँ
३२. नवीन आछामीः ३ करोड ४९ लाख २६ हजार १ सय ३८ रुपैयाँ
३३. रविना रिमालः २ करोड ८४ लाख ९३ हजार ७ सय ७९ रुपैयाँ
३४. गुण्जना गुरुङः १ करोड ४ लाख १५ हजार ३ सय ७५ रुपैयाँ
३५. ज्ञानबहादुर बम्जनः १ करोड २९ लाख ३ हजार ७ सय १४ रुपैयाँ
३६. हीरादेवी पुनः ७८ लाख २६ हजार ३ सय ९४ रुपैयाँ
३७. ईश्वर चालिसेः १ करोड ४ लाख ९० हजार १ सय ४८ रुपैयाँ
३८. कल्पना गिरीः १ करोड ४ लाख ५४ हजार ७ सय ९४ रुपैयाँ
३९. कल्पना सुवेदीः १ करोड ४५ लाख ५ हजार ८ सय ७५ रुपैयाँ
४०. कुन्दन थापाः १ करोड १८ लाख ४१ हजार ९ सय ६९ रुपैयाँ
४१. लक्ष्मण प्रसाद चापागाईंः ९३ लाख ८७ हजार ८ सय १९ रुपैयाँ
४२. लक्ष्मी कार्कीः १ करोड ७ लाख ८१ हजार ७ सय २० रुपैयाँ
४३. लिंका शाक्यः १ करोड ३ लाख ९९ हजार ३ सय २४ रुपैयाँ
४४. लोकनाथ शर्माः १,०९,८५,५९९ रुपैयाँ
४५. महेश गुरुङः ९८ लाख ६५ हजार ५ सय ८६ रुपैयाँ
४६. ममता नेपालीः १ करोड १२ लाख ५६ हजार ५ सय ४२ रुपैयाँ
४७. मनिषा विकः १ करोड ७ लाख ८५ हजार ४ सय रुपैयाँ
४८. मुना अधिकारीः १ करोड १८ लाख ७१ हजार ३ सय १५ रुपैयाँ
४९. नवीन सुवेदीः ९० लाख ११ हजार ३ सय ३७ रुपैयाँ
५०. नीता थापाः १ करोड ७ लाख ८९ हजार ५ सय १५ रुपैयाँ
५१. ओम प्रकाश गुरुङः १ करोड ७ लाख ११ हजार ९० रुपैयाँ
५२. पविना केसीः १ करोड ५ लाख ६६ हजार २ सय २० रुपैयाँ
५३. पार्वती राणाः १ करोड ८ लाख १४ हजार ५ सय ६५ रुपैयाँ
५४. प्रगति श्रेष्ठः १ करोड ६ लाख १४ हजार २ सय १५ रुपैयाँ
५५. पुष्पा थापाः १ करोड ५ लाख ५३ हजार ६ सय ६९ रुपैयाँ
५६. रचना श्रेष्ठः ८६ लाख ५६ लाख १ सय ६८ रुपैयाँ
५७. रेखा मिदुमः १ करोड ७ लाख १६ हजार ४ सय ६ रुपैयाँ
५८. रोशनी गुरुङः १ करोड २८ लाख १७ हजार ८ सय ९८ रुपैयाँ
५९. रुपा पुनः १ करोड ९५ लाख १६ हजार ४ सय ३३ रुपैयाँ
६०. सागर केसीः १ करोड १७ लाख ५८ हजार १ सय ३६ रुपैयाँ
६१. समिता श्रेष्ठः ८६ लाख ७० हजार १ सय ४१ रुपैयाँ
६२. सञ्चिता गौतमः १ करोड १२ लाख, ३४ हजार २ सय ७५ रुपैयाँ
६३. सञ्जय डंगोलः ७९ लाख २९ हजार ८ सय २१ रुपैयाँ
६४. सरद लुईंटेलः ७९ लाख ३३ हजार ७६ रुपैयाँ
६५. सरिता कार्कीः १ करोड ४ लाख ६ हजार ६ सय ३७ रुपैयाँ
६६. सोनी गुरुङः ९९ लाख ९९ हजार २ सय ७३ रुपैयाँ
६७. सुबोध भट्टः ७८ लाख ९५ हजार ७ सय ५८ रुपैयाँ
६८. सुमन भण्डारीः ८४लाख ५ हजार १ सय ५१ रुपैयाँ
६९. सुनिता गुरुङः १ करोड १३ लाख १७ हजार ९ सय ८१ रुपैयाँ
७०. सुनिता पुनः १ करोड ५ लाख ३२ हजार ५ सय ९४ रुपैयाँ
७१. सुरज श्रेष्ठः १ करोड ६ लाख ४७ हजार १ सय ४८ रुपैयाँ
७२. सूर्या चुवाईः १ करोड ५ लाख ६ हजार ६ सय ७२ रुपैयाँ
७३. सुस्मिता मानन्धरः १ करोड ६४ लाख ३४ हजार ३ सय ९७ रुपैयाँ
७४. सुस्मिता शर्माः १ करोड ९ लाख ५० हजार ७ सय १ रुपैयाँ
७५. स्यान्ड्रिक राजभण्डारीः १ करोड १० लाख ९९ हजार ६ सय ६६ रुपैयाँ
जम्मा ८३ करोड ३१ लाख ६८ हजार ६ सय १९ रुपैयाँ । यसमा १ करोड ८६ लाख ९४ हजार ६ सय ४ रुपैयाँ ऋण लैजाने जिबी राईका साझेदार छविलाल जोशी पनि बयानका लागि पर्सामा ल्याइएका छन् । देशका ठूला सहकारीको १६ अर्ब रुपैयाँ ठगी प्रकरणमा छविलाल जोशी पर्सा पुगेका छन् बयानका लागि । रवि लामिछाने पनि पोखराबाट काठमाडौँ हुँदै वीरगंज लगिएका छन् । उनको बयान शुरु हुनेछ । वीरगंजको सानो पाइलाको रकम हिनामिनामा ३३ करोडको छानबिनमा रवि र छविसँग बयान हुनेछ । यो मध्ये एक करोड बढी छविलाल जोशीका नाममा ऋण जारी भएको छ । ८ करोड ग्यालेक्सी टिभीमा लगिएको छ । बाँकी पैसा खोइ ? तपाईं सोच्नुहोस् त सर्वसाधारणको पैसामा कसरी मस्तीको तर मारिरहेका छन् मुठ्ठिभरका नयाँ र महासामन्तहरुले ?