काठमाडाै। आज सोनाम ल्होसार पर्व, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । सोनाम ल्हाेसार पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१ औँ वर्ष शुरु भएकाे छ । एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै याे समुदायकाे क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरकाे नाम दिने गरेकाे छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ,शेर्पा लगायत भाषामा ल्हाे भनेकाे वर्ष र सार भनेकाे फेरिनु हाे । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।
२८६१ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् शुरु भएकाे मान्दै ल्होछार मनाउन थालिएकाे जनविश्वास छ ।
नेपालका विभिन्न समुदायले फरक-फरक क्यालेण्डर मान्दै अाएका छन् । साेनाम तथा ग्याल्बाे ल्हाेसार, तमु ल्हाेसार लगायत ल्हाेसार पनि विभिन्न तिथिमा मनाउने गरिन्छ ।