काठमाडाैं । ठगीको शीलशिला चलाउने श्यामराज पाण्डे पुन: पक्राउ पक्राउ परेका छन् । कालीमाटी प्रहरी वृतका अनुसार उनलाई गत माघ २५ गते पक्राउ गरिएकाे हाे ।
विगत लामाे समयदेखि श्रृङ्खलावद्ध ठगी गरिरहेका पाण्डेलाई पीडितले दिएकाे उजुरीकाे आधारमा पक्राउ गरिएकाे कालीमाटी प्रहरी व्रत्तका डिएसपी रुपेश खड्काले जानकारी दिनुभयाे । उनलाई अहिले कालीमाटी वृत्तमै राखिएकाे छ ।
डिएसपी खड्काका अनुसार अभियुक्त पाण्डेलाई वैदेशिकर राेजगार विभागमा ठगीकाे मुद्दा चलाइएकाे छ ।
पाण्डेलाई यसअघि गत जेठमा पनि ठगीकाे अभियाेगमा पीडितहरूले समातेर प्रहरीलाई बुझाएका थिए तर प्रहरीले उल्टै पीडितहरूलाई नै अपहरण र बन्दककाे मुद्दा चलाएकाे सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।
पाण्डेमाथि अमेरिका र क्यानडा पठाउने प्रलोभनमा युवाबाट करोडौँ रुपैयाँ असुलेकाे आराेप छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका घर भएका ३७ वर्षीय श्यामराज पाण्डेले आफूलाई बायोग्यास, सोलार पावर, विन्ड पावर, वेस्ट म्यानेजमेन्ट, वेस्ट वाटर ट्रिटमेन्ट र कृषिको विज्ञका रूपमा परिचित गराउँदै आएका छन् । उनले क्यानडामा लिब्रा टेक्नोलोजी नामको आफ्नो संस्था रहेको र उक्त संस्थाको अध्यक्ष आफै रहेको दाबी गर्छन् । सोही संस्थामा जागिर लगाइदिने भन्दै युवा भेला गराउने र पैसा असुलेर फरार हुने गरेकाे पीडित बताउँछन् ।
पीडितका अनुसार उनले सोही प्रलोभनमा पाँच सयभन्दा धेरै युवाबाट १८ करोड रुपैयाँभन्दा धेरै असुलेका छन् ।
