काठमाडौं । गायक ‘सोनु निगम’ उहाँ आफ्नै सुभेच्छुकहरुका कारण हैरान भएर एउटा भिडियो सार्वजनिक गर्नु भएको छ । यो भिडियो अहिले एकदमै भाइरल बनेको छ ।
तर यो भिडियो कता खिचिएको हो भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन् । गायक सोनु निगमको एउटा सामाजिक सञ्जालको एकाउन्टबाट शेयर गरिएको उक्त भिडियोबाट आफनो सुभेच्छुक (फ्यान) लाई समझदारीका साथ आफु सँग व्यवहार गर्न अनुरोध गरिएको छ । एयरपोर्टमा भएको हैरानीलाई लिएर दिक्क भइ उक्त भिडियो सार्वजानिक गरिएको उल्लेख गर्नु भएको छ ।
सोनु निगमले भिडियो मार्फत् सभ्य बन्न आफ्ना शुभचिन्तकलाई सल्लाह दिनुभएको छ । उँहाले कसैको समयको महत्वलाई बुझेर,व्यस्त भएको मान्छेलाई अनावश्यक रुपमा हैरान नगर्न आग्रह गर्नु भएको छ । भिडियोमा भने अनुसार उँहालाई एयरपोर्टमा शुभचिन्तककै कारण ठुलो समस्या झेल्नु परेको थियो ।
गायकले आफ्नो अनुभव बाँड्दै, भन्नुभया,‘म एक्लै दिल्लीबाट मुम्बई पुगे र त्यँहा आफ्नो समान आउनको प्रतिक्षा गर्दै थिए त्यतिकैमा एकजना सुभेच्छुक आउनु भयो र सेल्फी लिनुभयो र केहि छिनपछि उत्तः शुभचिन्तकले अरुलाई लिएर फेरि अर्को सेल्फी लिन लाग्नुभयो, त्यो समयमा उहाँलाई भने कि म धेरै व्यस्त छु , पहिला आफ्नो समान लिन्छु भन्ने बित्तिकै उँहा रिसाएर हिड्नु भयो ।’
मेलै यस्ता धेरै शुभचिन्तकलाई देखेको छु कि उहाँ मलाई माया गरेर होइन्, आफ्नो फेसबुकका लागि आउनु हुन्छ र यस्तो मान्छेलाई म अनुरोध पनि गर्न चाहन्छु कि म व्यस्त भएको समयमा आएर मेरो समयलाई बर्बाद न गरदिन आग्रह गर्दछु । गायकले तपाईहरु एउटा समझदार प्राणी हुनुहुन्छ, शिक्षित हुनुहुन्छ तपाईलाई पनि थाहा छः अरुको समयको महत्व त्यसै अनुरुप बुझिदिनुहोस् ?