जीवन डाँगी रोल्पा । अहिले देशभर चुनावी माहोल छ । देशका हरेक टोल टोल टोल र गाउँ गाउँमा नेता भोट माग्दैछन् । भोट माग्ने अभियानसँगै देशका कुनाकाप्चामा नेतादेखि मतदाता तर्साउन जङ्गल र बाटोमा बम बन्दुक पनि पड्किँदैछन् । तर विद्रोहका केन्द्र ऐतिहासिक थबाङ गाउँमा भने फरक माहोल देख्न पाइन्छ ।हरेक आन्दोलन र क्रान्तिमा विद्रोहका केन्द्र बनेको थबाङ सधैँ राजनीतिको केन्द्रमा रहन्छ । यहाँ सधैँ चुनाव बहिष्कार र समर्थनमा उभिएका दुई समूह थबाङ्गीको घरदैलोमा पुगिरहन्छन् ।
विचारमा विभाजित थबाङराज्यको प्रतिपक्षका रुपमा परिचित थबाङ गाउँ कुनैबेलाको समय एक ढिक्का थियो । तर, अहिले देशका कम्युनिस्टहरु विभाजित भए जस्तै थबाङमा पनि विभिन्न विचारहरुको बीऊ रोपिएको छ । थबाङ्गी मन अहिले विभिन्न विचारमा विभाजित छन ।
थबाङ हाम्रो लालकिल्लाः विप्लवरोल्पामै जन्मिएका नेत्रविक्रम चन्दा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले थबाङलाई आफ्नै किल्ला भएको बताउँछ । नेकपाले थबाङमा क्रान्तिकारी जमात अहिले हलचल नभएको दाबी गर्दछ । थबाङ आफ्नै हातमा रहेको देखाउन नेपाल कम्युनिस्ट पार्टीले आफ्नो महाधिवेशन समेत यही गाउँमा गर्यो ।नेकपाले हिजो जनयुद्धकै शैलीमा जनसरकार पनि बनाएको छ । जनसरकारका प्रमुख सन्तोष बुढामगर थबाङकै हुन् । उनी स्थानीय भएका कारण थबाङ नेकपाकै विचारमा रहेको धेरैको बुझाई छ । तर थबाङ्गी जनता भने अलमलमा छन । ‘गाउँकै नेताहरु बोली फेर्दै आउँछन्, के गर्ने के नगर्ने ?’ अलमलमा परेका थबाङ्गी भन्छन् ।
दोहोरो चेपुवमा थबाङगाउँमा नेकपानिकट कार्यकर्ताहरु चुनाव बहिस्कार अभियान लिएर हिँडेका छन् । उनीहरुले निर्वाचन विथोल्न हिंश्रक बाटो पनि रोजेका छन् । तर, यही ठाउँमा माओवादी केन्द्रका नेता बर्षमान पुनसहितका नेता भोट माग्दै आइपुगेका छन् ।
थबाङको शून्य मतदानथबाङ यसअर्थमा विद्रोहको केन्द्र हो, जसले सधैँ राज्यको प्रतिपक्षमा आफूलाई उभ्याइरहेको छ । थबाङ्गीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शून्य मतदान गरेर शान्तिपूर्ण राजनीतिक विद्रोह गरे ।
माओवादी विभानजनमा असन्तुस्टि१० वर्षे जनयुद्धबाट शान्तिप्रक्रियामा आए लगत्तै थबाङले ०६४ सालको संविधानसभा निर्वाचन जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई जितायो । र, उपनिर्वाचनमा थबाङकै सन्तोष बुढामगरलाई थबाङ्गीले एकमुष्ट मतदान गरे ।तर, थबाङबासीको सपना पुरा नहुँदै माओवादी विभाजित भयो । प्रचण्ड र मोहन वैद्यले दुई धार निमार्ण गरे । पार्टी विभाजनका बेला प्रचण्डलाई नवसंशोधनवादीको आरोप लगाउँदै थबाङ वैद्यतिर लाग्यो ।
जब ओनसरीलाई लखेटियो माओवादी विभाजित भएर दुई पार्टी बनेपछि वैद्यतिर लागेको थबाङले त्यहीकारण २०७० सालको चुनाव बहिस्कार गर्यो । त्यो बेला भोट माग्दै थबाङ पुगेकी निर्वतमान सभामुख ओनसरी घर्तीमगरलाई गाउँलेले दमहा बजाएर लखेटेका थिए ।उनी तत्कालिन एकीकृत माओवादीबाट रोल्पा क्षेत्र नम्बर २ का लागि संविधानसभामा उम्मेदवार बनेकी थिइन् ।
सधैँ प्रतिष्ठाको लडाइँमा थबाङअहिले नेकपाले थबाङलाई प्रतिष्ठाको विषय बनाएको छ । केही महिनाअघि थबाङ गाउँपालिकाको गाउँपरिषदको समयमा थबाङ गाउँपालिकाका निर्वाचित अध्यक्ष वीरबहादुर घर्तीलाई आफ्नो सहमतिमा नचलेको भन्दै अपहरण गरेको थियो ।
‘पार्टी जे भएपनि हाम्रो स्वभाव एकै तरिकाको छ । हामी सबै एकैतिर लाग्नुपर्ने हुन्छ । त्यसैले थबाङमा गाउँलेको आपसी सहमति अनुसार दलाल संसदीय ब्यवस्थामा ‘नो भोट’ पक्का हुन्छ’, नेकपा थबाङका एक नेताले भने । माओावदी विभाजित भएपनि चेन अफ कमान थबाङमा अझै पनि छ । युवा पुस्ताका सन्तोष र प्रतापकै पक्षमा थबाङ्गी रहेको बताइन्छ ।
नो भोट कि सहभागिता ? थबाङमा नेकपाका पहिलो पुस्ताका नेता सन्तोष बुढामगर हुन् भने हुन भने दोस्रो पुस्ताका नेता प्रताप हुन् । थबाङमा शून्य मतदान भने अहिले कठिन छ । थबाङमा वाम गठबन्धनको प्रभाव पनि रामै्र छ । स्थानीय तह निर्वाचन फर्केर हेर्ने हो भने प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरुमा माओवादी केन्द्र विजयी भएको थियो ।माओवादी केन्द्रका नेता सविनले थबाङका सबै मतदाताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्ने बताए । उनले थबाङ्गी जनता मतदान गर्न आतुर रहेको दाबी गरे । ‘थबाङका भित्तामा शून्य मतदान भनेर कतिपले लेखेका छन, यो भ्रममात्रै हो । थबाङ्गी जनता मतदान गर्न आतुर छन्’, उनले भने, ‘अझ बर्षमान पुन लगायतका वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन यहाँका जनता आतुर छन् ।’
वामलाई बर्मनको स्वागतथबाङका पुराना कम्युनिष्ट नेता बर्मन बुढा । उनी राजनीतिमा त्यीि सक्रिय छैनन् । तर थबाङका एक खम्बा भने हुन् । २०४८ सालमा तत्कालीन जनमोर्चाको तर्फबाट रोल्पा २ बाट उनी सांसद भएका थिए । उनै बर्मनले स्थानीय तह निर्वाचनपछिको गाउँपरिषद्मा प्रचण्डको खुलेर स्वागत गरे । उनैले वाम गठबन्धनको हालै भएको चुनावी सभामा पनि माओवादी नेता बर्षमान पुन र एमाले नेता गोकुलप्रसाद घर्तीलाई थबाङमा स्वागत गरे ।सभा अवधिभर कार्यक्रममा समेत बसेर उनले साथ दिए । वाम गठबन्धनको चुनावी अभियानलाई थबाङ पस्न नदिन प्रहरीका अनुसार नेकपाले धेरै कसरत ग¥यो । विभिन्न ठाउँमा बम र गोली समेत चले तर बर्षमानको टोली थबाङ पसेरै छाड्यो ।
नेकपा भन्छः बम बन्दुक चलाएका छैनौँ थबाङलाई प्रतिष्ठाको विषय बनाएको नेकपाले बम हान्ने आफूहरुको नीति नरहेको दाबी गरेको छ । राप्ती अञ्चलमा मात्रै आफ्ना ३१ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ ।उनीहरु निर्वानच बिवरोधी गतिबिधिमा लागेकाले पक्राउ गरिएको प्रहरीको भनाई छ । देशैभर उम्मेदवारलाई आतंकित पार्नेमा नेकपाको नाम जोडिएको छ । रोल्पासहित अन्य जिल्लामा बम प्रहार गर्ने काममै नेकपाको हात रहेको प्रहरीको अनुमान छ ।
प्रहरी हिरासतमा नेकपा नेतानिर्वाचनविरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपा जिल्ला ईन्र्चाज दलबहादुर खत्री र सचिव सन्तोष सुवेदीले यतिबेला हिरासतमा छन ।‘प्रहरी र माओवादी केन्द्रले लगाएको आरोप सत्य छैन, नेकपाले जनतालाई भोट हाल्न नजान आग्रह मात्र गरेको छ’, उनले हिरासतबाट भने, ‘हामीलाई प्रहरीले थुनेको छ, कसरी विज्ञप्ती निकालेर हाम्रो संलग्नता छैन भन्ने त ।’एकातिर सन्तोष विप्लवतर्फ लागेका छन् भने अर्कातिर उनका बाबु झक्कु सुवेदी माओवादी केन्द्रबाट काठमाडौँ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् । सन्तोषलाई विप्लवतिर लागेर निर्वाचन गतिविधि गरेको भन्दै प्रहरीले थुनेर राखेको एक महिना भन्दा धेरै भइसकेको छ ।सन्तोषले आफूहरु बम हान्ने काममा नलागेको बताउँछन् । ‘हामी बम हान्ने काममा लागेका छैनौँ’, नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्युरो प्रमुख केश बहादुर बाँठाले भनेका छन्, ‘शान्तिपुर्णरुपमा हाम्रो अभियान बढाइरहेका छौँ ।’