काठमाडौं । कार्ल मार्क्सलाई साम्यवादी सिन्द्धान्तको प्रणेता मानिन्छ । आजपनि विश्वका कैयौ मुलुकहरु कम्युनिष्ट सिद्धान्तको आधारमा आफ्नो शासन व्यवस्था सञ्चालन गरिरहेका छन् ।
कार्ल माक्र्सको जन्म द्वीशतवार्षिकीको अवसर पारेर विश्वका थुप्रै देशहरुमा विषेश कार्यक्रम गरिएको छ । यसैअवसरमा, नेपालमा पनि कार्ल माक्र्स विशेष राष्ट्रिय गोष्ठीको आयोजना गरिएको छ । आजको माक्र्सवादः लोकतन्त्र समृद्धि समाजवाद भन्ने मुल नारासहित कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्तबारे नेपालका कम्युनिस्ट नेताहरुले चर्चा गरेका छन् ।
माक्र्सको जन्म जर्मनीको त्रियेरस्थित यहुदी परिवारमा सन् १८१८ मे ५ मा भएको थियो । सांस्कृतिक इतिहासकारहरूले कार्ल माक्र्सलाई आधुनिक र पूर्वाधुनिक समाजको शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मानिन्छ । लेखन, पत्रकारिता, अर्थतन्त्र र दर्शनशास्त्र क्षेत्रमा माक्र्सको योगदान महत्वपूर्ण छ । माक्र्सले प्रतिपादन गरेको अतिरिक्त मूल्यको सिद्धान्त अर्थशास्त्रको क्षेत्रमा ठूलो योगदान हो ।
फ्रेडरिख एंगेल्ससँगको सहकार्यमा माक्र्सले ३० वर्षको उमेरमै कम्युनिस्ट घोषणापत्र लेखेका थिए ।
विश्वविद्यालय, एकेडेमी, साहित्य, सिनेमा, रंगमञ्च आदिमा कुनै न कुनै स्थानमा माक्र्सवादी चिन्तनको अध्ययन हुने गरेको देखिन्छ । यसलाई आधार मानेर कार्ल माक्र्स द्विशतवार्षिकी राष्ट्रिय समितिले १० हजार युवालाई मार्क्सवादको अध्ययन गराउने भएको छ । माक्र्सवादी सिद्धान्तको अध्ययन अनुसन्धानमा युवा वर्ग पनि सक्रिय हुनुपर्ने कम्युनिष्ट अनुयायीहरुको तर्क छ ।
माक्र्सले अघि सारेको श्रमिकहरूको संघ बनाउने, अधिकारका लागि लड्नेलगायतका प्रस्तावहरु दिनानुदिन सान्र्दभिक बन्दै गइरहेको छ ।मालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गर्नुभयो ।
एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्सवाद सम्मान नै पार्टी एकता हो भन्नुभयो । समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्सवाद लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो ।
फोटो सम्पादनः खेम बम