काठमाडौं । २०७४ माघ ७ गते दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थाइ एयरको जहाज अवतरण ग¥यो । नेपाल घुम्न आएका विदेशी र वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालहरुको विमानस्थलमा खचाखँच थियो । त्यही भीडमा लगेजको थुप्रोमा एउटा महत्वपुर्ण अनि किम्मती लगेज थियो । त्यो लगेज कस्को हो र कहाँ लैजाने भन्नेबारे एक महिना अगाडि नै योजना बनेको थियो । त्यही योजनाअनुसार नै साढे ३३ किलो अवैध सुन नेपाल भित्रियो । सुन तस्करीमा लागेकाहरुको योजना मुताविक नै काम हुँदै गयो ।
https://www.youtube.com/watch?v=-G5Cq2c7o1k
तस्कर पनि ढक्कका साथ, काठमाडौको तारे होटलमा बसेर आफ्नो सुनको अनुगमन गर्दै थिए । नेपालको अन्तरराष्ट्रिय बिमानस्थलमा सुरक्षा अवस्थाबारे बेला–बेलामा चर्चा हुने मात्रै होइन, कुख्यात अपराधी चाल्स शोभराजले हात्ती नै छिराउन सकिन्छ भनेको भनाई पुष्टि गर्दै नेपाली तस्करले साढे ३३ किलो अबैध सुन छिराइसकेका थिए । विमानस्थलको चार लेनमा रहेको सुरक्षा ब्यबस्थाले त्यो सुन रोकिएन । जहाँ नेपाली सेना, ससत्रस्त्र प्रहरी, नेपाल प्रहरी अनि अनुसन्धान बिभागका कर्मचारी सक्रिय छन् । त्यति मात्रै होइन कर्मचारी पनि सक्रिय नै रहन्छन् ।
गृहमन्त्रालय र अर्थमन्त्रालयका कर्मचारीहरुको सजिलै विमानस्थलबाट निस्केको साढे ३३ किलो सुनको बाकस बानेश्वर हुदै ठमेल लगिदै थियो । तर, अनामनगरबाट नाटकीय रुपमा सुन हरायो । तर, तस्करले कतै खबर गरेन किनकी सुन अवैध थियो । सुनको बाकस हराएपछि तस्करहरुबीच खैलाबैला नै भयो । अनि, लागे तस्करहर सुन खोज्न । सुनको मालिक को थियो ? अहिले पनि पहिचान हुन सकेको छैन । तर, सेटिङ्गदेखि खरिदसम्मको रकम बुझाई सकेकाले मोरङ उर्लाबारीका गोर भनिने चूडामणि उप्रेतीउप्रेतीलाई टाउँको दुखाइ शुरु भो ।को को हुन् सुनको कारोवारमा सहभागी गोरेको टिम ?
https://www.youtube.com/watch?v=-G5Cq2c7o1k
सुनको कारोवारमा सहभागी रहेका भोजे मामा भन्ने भोजराज भण्डारी, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रुस्तम मियाँ, रोहित आचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत, सनम शाक्य, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, भविन राई, सानु बन, एलबी मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, खत्री भनिने बालकृष्ण, एम.के.अग्रवाल, चाचा जि भनिने ब्यक्ति, संजय खरेल, शिवानी खरेल, समिर अधिकारी, संजय अधिकारी, शिब कुमार गुबाजु, चेतन भण्डारी, माधब घिमिरे सक्रिय थिए ।
सुन नै गायव भएपछि आत्तिएको गोरेले आँफैले सुरु गरे, आन्तरिक अनुसन्धान । अनुसन्धान शुरु भयो, गोरेको सुन ओसारप्रसारमा प्रयोग हुने बा ७ च ६१४३ र बा १२ च ५९६३ नम्बरको गाडीमा सुन खोज्नको लागी एयरपोर्टका मुख्य ब्यक्ति अर्थात् कर्मचारी सानु वनलाई सोध्ने कुराबाट । निजले दुई वटा मोटरसाईकलमा हेल्मेट लगाई आएका ४ जना अपरिचित ब्यक्तीले काठमाण्डौँको अनामनगरबाट सुन लुटेको जानकारी दिएपछि गोरेका कामदार मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँ, कृष्ण भनिने नरेन्द्र कार्कीहरुको खोजी सुरु भयो । चारै जना सुन लुटिन अगावै झापा घर गएको खबर थियो । गोरेको मुख्य डनका रुपमा काम गर्ने भविन राई र टेकराज मल्ल ठकुरीले तिनिहरुलाई समेत फोन गरी काठमाडौ बोलाए ।
मोहन काफ्ले र कृष्ण भनिने नरेन्द्र कार्कीे बा १७ च ५१८० नम्बरको प्राडो गाडी लिएर काठमाडौ आइपुगे तर, रुस्तम मियाँ र सनम शाक्य भने अर्को दिन बिहान ढिला काठमाडौ आइपुगे । अनि, राई र मल्लले सुरु गरे सोधपुछ । यति गर्दा पनि सुन फेला परेन । एक हप्ता पछि गोरे नेपाल आईपुग्यो । पुनः सबै जनालाई सोधपुछ र अनुसन्धान हुन थाल्यो । जुन ठाउँबाट सुन लुटियो, त्यही ठाउँबाट सुन लुटियो भन्ने कुराको बिश्वास भएन गोरेलाई । अनि, गोरे सबै जनालाई दुई बटा गाडीमा राखेर भारत लिएर हिड्यो । तर, सिन्धुली पुगेपछि फेरि घटना मोडियो । सुन तस्करीका मुख्य नाईके गोरेका पाटनर भुजुङ्ग गुरुङ्गले लगेको शंका गरियो । त्यो पनि प्रमाणित हुन सकेन । फेरि, गोरेले सुरु गर्यो आफ्नै कामदारमाथि निगरानी ।
सुन हराएको बेला सनम शाक्यले सालाको बिहे भन्दै काठमाडौंमा नरहेको बताएका थिए । तर, गोरेले पत्ता लगायो कि त्यसबेला शनम काठमाडौंमा नै थिए । सुन हराएपछि बेपत्ता बनेका एयरपोर्टका सानु बन र बनको टिममा रहेका एयरपोर्टभित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्री सम्पर्कमा थिएनन् । तर, गोरेले खोजेपछि ४ दिनपछि एयरपोर्टमै सवै जना भेटिए । गोरेले बनलाई एयरपोर्टको गेटमा बोलायो तर, आएनन् । गोरेले एलबी मगरलाई लन सानु बन पठाए । र, पनि मगर आएनन् । बरु, मगर लिन गएका बनको नेपाल आयल निगमको ट्याङकरले किचेर मृत्यु भएको समाचार पाँच मिनेटमै आयो ।
https://www.youtube.com/watch?v=-G5Cq2c7o1k
त्यसपछि, गोरेको टिम पूर्वी नेपालतिर भागे । प्रहरीको अनुसन्धानअनुसार भाग्ने क्रममा मोहन काफ्ले र सनम शाक्य भारतको आसाम पुगेका थिए । गोरेले मोहन काफ्ले र सनम शाक्यको परिवारलाई फोन गरी तिमीहरुको श्रीमान् कहाँ छ भनि धम्काएपछि दुबै जना सम्पर्कमा आए । त्यसपछि गोरे फेरि एयरपोर्टका कर्मचारीहरु एल.बि.मगर, बालकृष्ण, खत्री, तक्लेसहित सबै सुन खोजी गर्न थाले । त्यसपिछ सुरु भो अनि सार्वजनिक भो मोवाइलमा रेकर्ड गरेको मोहन काफ्ले र शनम शाक्यको संवाद र सनम शाक्यको भिडियोको क्लिपपछि शंका बढयो गोरेलाई शनम शाक्यमाथि ।
फागुन १३ गते दिउँसो टेक मल्ल दावा शेर्पा, लाक्पा शेर्पा बा १२ च ५९६३ नम्बरको स्कार्पियो गाडीमा र सुरेन्द्र गौतम, टुकबहादुर मगर, भोजराज भण्डारी र मे १ च ५३९५ नम्बरको गाडीमा चढी सिँधै झापाको कामक्ष होटल पुगे राती १० बजे । १४ गते बिहान सबै जम्मा भए, उर्लाबारीको कान्छी चोंकमा । गोरले सुरु ग¥यो, भाटे कार्वाही । सबैभन्दा पहिला रुस्तम मियाँलाई यो सेतो पाइपले पिट्न थाल्यो । केही समय मोहन काफ्ले र सनम शाक्यलाई पालैपालो पिट्न थाल्यो । फागुन १५ गते बिहान पिकनिकको बाहना बनाएर मोरङ जिल्लाको पथरी र मंगलबारेबीचको भागबाट सडक छाडेर उत्तरतर्फ लागे, सबै जना ।
फागुन १७ गते बिहानै सबै जना ३ वटा गाडीबाट घटनास्थल पुगे । गोरेले हातखुट्टा बाँधेर सनम शाक्य र मोहन काफ्लेलाई कुट्न र करेन्ट लगाउन आदेश दियो । मल्ल लाक्पा शेर्पालगायतले पिट्न थाले । आधा घण्टा जति पाइपले कुट्ने र करेन्ट लगाउने काम भयो । राती सबैलाई लिएर धरानस्थित निर्भाना कन्ट्री क्लबमा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यही राति काफ्ले र सनम शाक्यले कृष्ण भनिने नरेन्द्र कार्की, लाक्पा शेर्पा र भबिन राईलाई कपडा खोली नाङगै बनाई पाईपले फेरि कुटको खुलेको छ । १८ गते बिहान फेरि टोली जंगलतिरै फर्किए ।टेक मल्ल, सुरेन्द्र गौतम, टुकबहादुर मगर र लाक्पा शेर्पा जंगल पुग्दा गोरेले पिट्नका लागि यस्तो तयारी गरेको थियो । रुखहरुमा नाम संकेत टाँसेको थियो । त्यही रुखमा बाधेर मुखमा कपडा बुझो लगाउँदै पिट्न गोरेको आदेश दिएको अनुसन्धानमा खुलेको छ ।
https://www.youtube.com/watch?v=-G5Cq2c7o1k
संकेत पिट्नेसंकेत नं.१ मा सनम शाक्य टुकबहादुर मगरसंकेत नं.२ मा मोहन काफ्ले लाक्पा शेर्पासंकेत नं.३ मा नरेन्द्र कार्की टेक मल्ल
सुरेन्द्र गौतमले हातमा पाईप लिई तीनै जनालाई पालैपालो कुट्ने आदेश दिए । मान्छेको चहल पहल बढ्न थालेपछि गोरले गाडीमा राखेर करेन्ट लगाउने योजना बनाए । अनि, सनम शाक्य र मोहन काफ्लेलाई यो गाडीका पछाडिको सिटमा हातखुट्टा बाधेर करेन्ट लगाए भने नरेन्द्र कार्कीलाई यो गाडीमा करेन्ट लगाए । सनम शाक्य बेहोस भएपछि पनि करेन्ट लगाउन छाडिएनन् । केहीबेरमा सनम शाक्यको सासको धड्कन बन्द भयो ।