प्रमोद कुमार साहजनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा विकास १ अर्व रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
जनकपुरधाममा शुक्रवार भएको प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मोदीले जनकपुरधामको विकासका लागि नेपाल सरकारले ल्याएको योजनामा थप मद्दत गर्नका लागि भारत सरकारको तर्फबाट एक अर्व रुपैयाको घोषणा गरेका हुन् ।केहीवेर मैथिलीमा भाषण दिएर मिथिलाञ्चलका नरनारीलाई मख्ख तुल्याउनु भएका मोदीले सीताको भूमिमा आएर नमन गर्नु आफनो कामना रहेको थियो र आज पुरा गरेर धन्यता अनुभव गरेको वताउनुभयो ।
नेपालको विकासका लागि “५ टी” को आवाधारणाका साथ अगाडी बढाइएकोभन्दै मोदीले ट्रेडिसन,ट्रेड,टुरिज्म,टेक्नोलोजी र ट्रान्सर्पोट पाँचवटै क्षेत्रलाई प्राथमिकताकासाथ अगाडी बढाउँदै नेपालको विकास गरिने वताउनुभयो । उहाँले रामायण सर्किटका साथ–साथै वुद्धिस्ट सर्किट र जैन सर्किट पनि छिट्टै शुरु गरिने वताउनुभयो ।
उहाँले भन्नुभयो, “ नेपाल र भारतको मित्रता आप्mनोपन,आस्था र रोटी बेटीको भावनाले जुडेको छ ।” नेपाल बिना भारतको आस्था,विश्वास र इतिहास पनि अधुरो रहेको र भगवान रामपनि अधुरो रहने हुन्छन् । अयोध्या जनकपुरधाम वस सेवा आजैदेखि शुरु भएको र यस वर्षको अन्त्यसम्ममा जनकपुरधाम–जयनगर रेल सेवापनि संचालनमा आउने वताउँदै विहारको रक्सौल देखि काठमाण्डौं रेल सेवा जोड्ने काम चलिरहेको तथा नेपाललाई जलमार्गसंग जोड्ने प्रयास पनि भइरहेको वताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले कृषि क्षेत्रको बिकासका लागि दुबै देशमा विज्ञान र प्रवृधिको क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेश नं २ आर्थिक रुपमा निकै कमजोर रहेको वताउनुभयो । राज्यको विभेदले प्रदेश नं. २ गरिब भएको वताउँदै राज्यकै विभेदकारी दृष्टिका कारण प्रदेशका जनता शोषित र गरिबी जीवन जीउन विवश रहेको वताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २ माथि राज्यले विभेदकारी संविधान लादेको पनि आरोप लगाउनुभयो । उहाँले प्रदेश नं २ को कृषि क्षेत्रमा हरित क्रान्ति ल्याउन चाहेको वताउँदै बाढी र भारी वर्षा जस्तो प्राकृतिक विपदाको कारण भारी नोक्सानी व्योहर्दै आएको वताउँदै प्रदेशमा रहेको नदिलाई सिंचाईयोग्य वनाइए नेपाल र भारतका कृषकले लाभ पाउन सक्ने वताउनुभयो ।
मुख्यमन्त्री राउतले मिथिला नगरीलाई अन्तर्राष्ट्रियस्तरमा धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्दै भारतसंगको सम्वन्ध जोड्न चाहेको र त्यसको लागि भारतको सहयोग आवश्यक रहेको वताउनुभयो ।
जनकपुरधामको रंगभुमी मैदान वारहविघामा गरिएको अभिनन्दन कार्यक्रममा जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामको साँचो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गर्दै मोदीको नागरिक अभिनन्दन सम्पन्न गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयबाट नेपालीमा लेखिएर आएको अभिनन्दनपत्रलाई मेयर लालकिशोर साहले मैथिलीमा अनुवाद गरेर पढनु भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधाममा १२१ किलोको तीनवटा माला लगाएर सम्मान गरिएको थियो । विशिष्ट पाहुना मोदीलाई प्रदेश २ सरकारको सरकार,वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघका तर्फवाट १ सय २१ किलोको फूलमालाले छु्ट्टाछुट्टै सम्मान गरिएको थियो ।अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभइ भविष्यमुखी भएर अघि बढ््न चाहेको बताउनुभयो । उहाँले जनकपुर शहरले नेपाल र भारतबीचको मित्रताको उचाई बढाउन भूमिका निर्वाह गरेको बताउनुभयो ।
नेपाल र भारतको सम्बन्धको आधार भातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताउनुभयो । उहाँले नेपाल र भारतले एक–अर्काको सामीप्यतालाई बोध गर्ने र एक अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि बताउनुभयो ।
अपार जनभेलाकोबीचमा भएको अभिनन्दन कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।शुक्रवार विहान १०ः३५ मा एयर इन्डियाको एटिआर ७२–६०० विमानबाट जनकपुरधाम विमानस्थलमा अवतरण गर्नुभएका मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गर्नुभएको थियो । मोदीको स्वागत तथा सम्मानका लागि प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साह लगायतको उपस्थिति रहेको थियो । विमानस्थलमा ओर्लिनासाथ विशिष्ट पाहुना मोदी जानकी मन्दिरका लागि प्रस्थान गर्नुभएको थियो । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नुभएको थियो । जानकी मन्दिरमा नै आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण आप्mना लागि खुशीको विषय भएको बताउनुभयो ।
जानकी मन्दिरमा जनकपुरधाम–अयोध्या बस सेवा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भगवान राम र सीताको समयदेखि नै दुई देशबीच यस्ता भ्रमण आदान–प्रदान हुने गरेको बताउनुभयो । उहाँले राम र सीताको भेट भएको, सीताले जन्म लिएको ठाउँमा मोदी आउनुभएको उल्लेखगर्दै यो अवसरमा खुशी व्यक्त गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले हरियो झण्डा देखाएर जनकपुधाम–अयोध्या बस सेवाको शुभारम्भ गर्नुभयो । जनकपुरधामको जानकी मन्दिरबाट प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाको नेतृत्वमा उक्त बस अयोध्या प्रस्थान गरेको छ ।
शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् । सीता र राम रामायणको प्रमुख पात्र हुन् । जसलाई हिन्दूहरुले भगवानको रुपमा पूज्ने गर्दछन् । त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिवाह भारतमा पर्ने अयोध्याका रामसँग भएको थियो । त्यसको स्मरण गर्दै हरेक वर्ष बिवाहपञ्चमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिवाह गरेर लैजाने परम्परा अझै कायम छ । रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिक रुपमा जोडिएको छ ।
अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना रहेको छ । भारतको पर्यटन मन्त्रालयले भारतका १५ वटा धार्मिकस्थललाई जोड्ने उद्देश्यसहित रामायण सर्किटको अवधारणा ल्याएको हो । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । राम जन्ती लिएर जनकपुर आएको र बिवाह गरेर सीतालाई लिएर अयोध्या फर्किएको बाटोमा पर्ने तीर्थस्थलको विकास गर्ने उद्देश्य रामायण सर्किटको छ । रामायण सर्किटमा भारत उत्तर प्रदेशको अयोध्या, श्रृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरी, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरलाई समेटिएको छ । यो रामायण सर्किटमा श्रीलंकालाई समेत जोड्ने योजना छ ।
लंकाका राजा रावणले सीतालाई हरण गरेको र कठिन संघर्षपछि रामले सीतालाई फिर्ता ल्याउन सफल भएको रामायणमा पढ्न पाइछ ।दुई दिने भ्रमणका लागि नेपाल आउनु भएका मोदी जनकपुरधामको भ्रमण पुरा गरी काठमाडौंको लागि शुक्रवार नै प्रस्थान गर्नुभयो ।