काठमाडाैँ । राजधानी काठमाडाैँ मै करोडौँ नक्कली नोट छापिँदै अाएकाे तत्य बाहिरिएकाे छ । फिल्म प्रयाेजनकालागि भनेर छापिएकाे नक्कली नाेट अन्य प्रयाेजनमा समेत प्रयाेग गरेकाे पाइएपटि नक्कली नाेट काराेबारी सनसनीपूर्ण खुलासा भएकाे हाे । जनता समाचारकाे कार्यक्रम सीएमडब्लुमा प्रस्तुत रिपाेर्ट -
घटनाः १मिती २०७५ साल जेठ १ गते काठमाडौँको नयाँ बसपाकर्को मित्रनगरमा बाबुराम कँडेलले सञ्चालन गरेको सुमधुर क्याफेका सञ्चालकले दिएको सुचनाका आधारमा प्रहरीले एक जनालाइ एक लाख २० हजार नक्कली नोटसहित पक्राउ गर्यो । सुर्खेतका महेन्द्र बोगटी पक्राउ परेका थिए । २४ वर्षीया महेन्द्र उनै थिए, जसले क्याफेमा पैसा तिर्दा दुई हजार नक्कली नोट दिएका थिए । बोगटीकै वयानका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढायो ।
https://www.youtube.com/watch?v=yYU-qszH1l4&t=417s
घटनाः २अनुसन्धानकै क्रममा प्रहरीले सिन्धुली घरभइ ललितपुरको लुभुमा बस्दै आएका वर्ष २४ का सुजित तामाङ र १९ का साजन तामाङलाई पक्राउ गर्यो । उनिहरुको कोठाबाट खानतलासी गर्दा प्रहरीले सात लाख त्रिचालीस हजार नेपाली नक्कली नोट समेत बरामत गर्यो ।
घटनाः ३यसरी नेपाली नक्कली नोट कारोवारीमा तीन जनालाइ पक्राउ गर्न प्रहरी सफल भयो । समातिएका तीन जलाको बयानका आधारमा प्रहरीले जेठ २ गते काठमाडौबाट माधवराज वाग्लेलाई पक्राउ गर्यो । प्रहरीले वाग्लेलाइ जेठ २ गते दिउँसो काठमाडौँ महानगरपालिका चारढुंगेस्थित तेजेनजङ्ग थापाको घरमा पक्राउ गरेको हो । साथै, उनको कोठामा खानतलासी गर्दा १ एक हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली नोट पनि पक्राउ गर्यो ।
https://www.youtube.com/watch?v=yYU-qszH1l4&t=417s
माधवराज वाग्ले चलचित्र निर्माता हन् । बैँक लुटेपनि प्रहरीले पक्राउ गर्न असफल हुने कथामा आधारित फिल्म ’लुट’ का निर्माता वाग्ले नै हुन् । फिल्म वितरक हुँदै फिल्म निर्माण कम्पनी बनाएर निर्माता बनेका उनको फिल्म निर्माणका लागि प्रिन्सेज मुभिज र वितरणका लागि पपकर्न पिक्चर्स छ । आठ वर्षअघि ’फर्स्ट लभ’ फिल्मबाट निर्माणमा होमिएका वाग्लेले छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा, लुट २ फिल्म बनाएका थिए । आफूले बनाएका फिल्ममा वाग्ले अतिथि कलाकारका रुपमा समेत देखिँदै आएका छन्् । उनले नक्कली नोट फिल्म निर्माणको लागि बनाइएको बताएका छन् ।
तर, प्रहरीले सुटिङका लागि जम्मा गरेको रकम उनको बहाना मात्र भएको प्रहरीको भनाइ छ । प्रहरीले भने वाग्लेले राष्ट्रबैँकको अनुमति विना नै नक्कली नोट छापे र त्यसरी कसैले पनि नक्कली नोट छाप्न नपाइने बताएका छन् ।
घटनाः ४प्रहरीको अनुसन्धान जारी नै थियो । तर, प्रहरी पैसा कहाँ छापीन्छ भन्ने थाहाँ पाउन सकेको थिएन । प्रहरीले बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक प्रकाश सुवेदीलाई पक्राउ गर्यो । प्रकाश सुवेदीले सोही स्थानमा सञ्चालित जय भोलेवावा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापीतलाई नक्कली नोट छाप्न दिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रकाश धादिङ्ग घर भइ हाल राजधानिको चावहीलमा बस्दै आएका थिए । उनले नै नक्कली नोट छाप्न विकेशलाई दिएका थिए । विकेश नापीतको छापाखानामा छापीएको नक्कली नोट आफ्नै प्रेसमा राख्ने गरेका थिए । उनको छापाखानाबाट नक्कली प्लेट ४ थान समेत प्रहरीले बरामत गरेको छ ।
https://www.youtube.com/watch?v=yYU-qszH1l4&t=417s
रुपक कुलाल