अमरराज पुनरुकुम । मर्ने रहर कसैलाई हुँदैन, जन्मपछि मृत्यु अनिवार्य छ । जन्मनु नै एकपटक मरेर जानु हो । तर, अल्पायुमै अप्रत्याशित ढंगले कसैको मृत्यु भए त्यो पल, त्यो समय बिर्सन सकिँदैन ।आफन्त होस् या बिरानो अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनेहरुले बाँच्नेलाई सधैँ रुवाउँछन् । यहाँ यस्तै भएको छ, पश्चिम रुकुमको मुसिकोट नगरपालिका–७ कालिमाटीमा शुक्रबार राति भएको जीप दुर्घटनाले देशबासीलाई नै रुवाएको छ ।
शोकमा डुब्यो रुकुमअहिले पुर्वी र पश्चिम रुकुम पुरै शोकमा डुबेको छ । शुक्रबार दिउँसो ४ बजे पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको मुसिकोट आउँदै गरेको ग १ ज ४२६० नम्बरको जीप दुर्घटना हुँदा सातजनाको ज्यान गयो ।बाँकी तीनजना गम्भीर घाइते भए । दुर्घटनामा अरु पाँचजनासँगै इन्सपेक्टर दम्पत्ती नविन श्रेष्ठ र अनिता प्रधानको पनि मुत्यु भयो । यी अभागी दम्पत्ती, जसले विहेलगत्तै दुर्घटनामा ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाएका नविन भर्खरै २९ वर्षमा पाइला टेक्दै थिए ।
सानैदेखि अब्बल नविनश्रेष्ठको जन्म वि.सं.२०४५ सालमा सिस्ने गाउँपालिका–६ आक्डेरामा भएको थियो । कक्षा ८ सम्मको पढाई रुकुमकोटबाटै पुरा गरेका श्रेष्ठले माध्यमिकतहको पढाई पश्चिम रुकुमको मुसिकोटमा रहेको यमुनानन्द नमुना माविबाट पुरा गरेका थिए ।
परीक्षामा सधैँ प्रथम हुने श्रेष्ठले अस्कल क्याम्पस काठमाडौंबाट एमएससी पुरा गरेका थिए । सानै उमेरमा सेना प्रहरी बन्ने आफ्नो धोको पुरा गर्न उनले पटकपटक ब्रिटिस र इन्डियन सेनामा प्रयास गरिरहे । तर, सधैँ अन्तिम चरणको छनौटमा फालिन बाध्य बनिरहे ।हरेक पटकको संघर्षले अन्ततः उनी नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा नाम निकाल्न सफल भए । देशको सेवागर्ने उच्च मनोबलका साथ श्रेष्ठ २०७० सालमा इन्सपेक्टर भई नवलपरासी गए । नवलपरासीको लामो बसाईपछि केही दिन अघिमात्र श्रेष्ठ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा सरुवा भएका थिए ।रमाना बुझेर पनि कार्यालयमा हाजिर गर्न बाँकी रहेका श्रेष्ठले सुर्खेत पुगी त्यहाँका पत्रकारसँग भेटघाट गरेका थिए । केही दिनको सुर्खेत बसाईपछि श्रेष्ठ बिहेको शिलशिलामा इटहरीतर्फ लागेका थिए ।
इटहरी र रुकुमको त्यो प्रेमश्रेष्ठकी पत्नी अनिता प्रधानको जन्म भने इटहरी उपमहानगरपालिका बालग्राममा भएको थियो । उनी पतिभन्दा एक व्याचपछि प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रधान हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् ।
श्रेष्ठ र प्रधानको बिहेअघि माया प्रेममा थिए । त्यही मायालाई बिहेबन्धनमा बाँध्न दुवैतर्फका घरपरिवारले उनीहरुको सम्बन्ध स्वीकार गरेपछि नविन र अनिताको लगनगाँठो मंसिर ६ गते अनिताकै जन्मघर इटहरीमा बाँधिएको थियो ।
इश्वरै लागेपछि..........अनिताको सिउँदोमा नविनले सिन्दुर भरेपछि सँगै जिउने सँगै मर्ने अटुट वाचा कसम खाएका उनीहरु त्यसै दिन नविनको जन्मघर रुकुमकोट फर्केका थिए । मंसिर ७ गते बेलुकी रुकुमकोट पुगेका श्रेष्ठ दम्पत्तीलाई हिन्दु विधिअनुसार नविनको जन्मघरमा भित्राइएको थियो ।सामान्य रुपमा थोरै इष्टमित्र र आफन्तको उपस्थितिमा मंसिर ७ गते राति र ८ गते शुक्रबार बिहानसम्म बिहेको भोज गरेका उनीहरुलाई छिट्टै कार्यक्षत्रमा फर्किनु पर्ने हतारो पनि थियो ।तीन दिनको मात्र विदा लिएका श्रेष्ठ दम्पत्ती ८ गते बिहान नेपालकै प्रसिद्ध गाउँकै कमल दह (जहाँ कमल फूल फूल्छ त्यही कमल दह) र आसपासका ठाउँमा अवलोकन र तथा पूजाका लागि निस्केका थिए । उनीहरु कमल दहको बीच भागमा रहेको शिवालय मन्दिर दर्शनका लागि हिँडेका थिए ।रुकुमकोटमा भित्रिने नयाँ दुलहीले शिवालय मन्दिरको अनिवार्य पूजा गर्नुपर्ने मान्यता छ । त्यहीकारण उनीहरु बिहानै पूजापाठमा निस्केका थिए ।
सधैँका लागि विदा भएशिवालयको पूजापाठ सकेपछि श्रेष्ठ दम्पत्ती दिउँसो ४ बजेतिर आफन्तलाई बिदाईका हात हल्लाउँदै कार्यक्षेत्र प्रस्थानका लागि रुकुमकोटबाट जीपमा सवार भएका थिए ।
रुकुमकोटबाट पश्चिम रुकुम पुग्न झण्डै ४ घण्टा बढी लाग्ने भएकाले उनीहरु मुसिकोट पुग्दा ८ नै बजिसक्थ्यो । तर, उनीहरु गन्तब्यमा पुग्न नपाई बीचबाटोमै अकल्पनीय गम्भीर जीप दुर्घटनामा परी कहिल्यै नआउने गरी अस्ताएर गए । उनीहरुको मृत्युले सिंगो देशलाई घाटा लाग्यो ।जिन्दगीमा अकस्मात कयौं दुर्घटनात हुन्छन् नै तर विहेपछि मायाको डोरी कस्न नपाउँदै मृत्युलाई अंगालेका नविन र अनिताको मृत्युले सबैलाई रुवाएको छ । अलविदा नविन ! र अनिता !!https://45.77.241.73/2017/11/3605