काठमाडौं । सञ्चारकर्मी तथा अभिनेत्री कृति भट्टराई कृष्णप्रसाद ढुंगना स्मृति पुरस्कारबाट सम्मानित भएकी छिन् ।
डेढ दशकदेखि कलाकारिता र संचार क्षेत्रमा क्रियाशील भटराईलाई उनले पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । त्रिनिटी मार्केटिङ इभेन्ट म्यानेजमेन्टले शनिबार काठमाडौंमा आयोजना गरेको मिस्टर एण्ड मिस एसइइ आइडियल २०१८ को अवसरमा भट्टराई सम्मानित भएकी हुन् । सम्मानित संचारकर्मी कृति भट्टराई हाल जनता टेलिभिजनमा कार्यरत रहेकी छिन् ।
लालिगुरांस बोर्डिङ्ग स्कूल,सर्लाहीका गगन कार्की र अक्सिडेन्टल पब्लिक स्कूल काठमाडौंकी शुभेच्छा मालाकार मिस्टर एण्ड मिस एसइइ आइडियल २०१८ बन्न सफल भएका छन् । रुपेश बस्नेत र सुरक्षा बस्नेत फस्ट रनरअप भए भने अभिशान्त कार्की र पुजा तामाङ सेकेण्ड रनरअप घोषित भए ।
बिभिन्न चरणमा बिभाजित कार्यक्रमको निर्णयक मण्डलमा कलाकार,गायक तथा संगीतकार कोशिस क्षेत्री,कलाकार सुनिता गौतम,बर्नहाट स्कुलका प्रशन्न अर्याल, पत्रकार पारसकुमार पोखरेल, वेलकम एडभरटाइजिङकी बिपुला खनाल, भवानी इन्टरटेन्मेन्टका सोनितराज ढुगेंल,मेकअप आर्टिस्ट राज पाण्डे रहेका थिए ।
एसइइ सकेर फुर्सदमा बसेका बिद्यार्थीहरुको ब्यक्तित्व बिकासको लागि सहयोग पुर्याउने उदेश्यले हरेक बर्ष मिष्टर एण्ड मिस एसइइ आइडियलको आयोजना गर्दै आएको त्रिनिटी मार्केटिङ इभेन्ट म्यानेजमेन्टकी सिइओ साबित्री ढुंगानाले बताइन् ।