काठमाडौं । दोश्रो अक्षरा अन्तराष्टिय बालनाटक महोत्सव सम्पन्न भएको छ । काँडाघारीस्थित अक्षरा स्कुलले जेठ १२ गतेदेखि १५ गतेसम्म बालनाटक महोत्सव’को आयोजना गरेको हो ।
महोत्सव उद्घाटन प्रा.डा अभि सुवेदीले गर्नु भएको थियो । महोत्सवमा विभिन्न कलाकार र बालबालिकासहितको र्याली समेत निकालिएको थियो । र्यालीमा हजारौं मानिसहरु सहभागी थिए । र्यालीपछि विद्यालयकै हाताभित्र रहेको अभि थिएटरमा महोत्सवको औपचारिक उद्घाटन भएको हो ।
महोत्सवमा बंगलादेश, डेनमार्क , भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, रसिया, इन्डोनेसिया, स्लोभाकिया, स्विजरल्यान्डबाट सहभागी महोत्सवमा ट्टपहिलो दिन अक्षरा स्कुल र बंगलादेशले नाटक प्रस्तुत गरेको थियो ।
विद्यालयकी प्रिन्सिपल अन्जु भट्टराईले अन्तरदेशिय संस्कृति आदानप्रदान गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको बताउनु भयो । महोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशी र नायक राजेश हमालद समेत महोत्सवमा सहभागी हुनु भएको थियो । टंक चौलागाईको अवधारणा र निर्देशनमा सम्पन्न भएको महोत्सवमा विभिन्न विद्यालयका शिक्षक तथा विद्याथीको सहभागी भए ।
महोत्सवको दोस्रो दिन श्रीलंकन राजदूतलाई प्रमुख अतिथि बनाइएको थियो । त्यसदिन डेनमार्क र श्रीलंकाको बेजोड प्रस्तुति रहेको नाटक मञ्चन भएको थियो । त्यसपछि क्रमशः जर्मनी, स्लोभाकिया र भारतले नाटक मञ्चन गरे । ईन्डोनेशिया र पाकिस्तानको नाटक मञ्चनपछि महोत्सव समापन भएको थियो । महोत्सवमा ५ हजार दर्शक सहभागी भएको आयोजकले बनाएका छन् ।
महोत्सवमा सबैभन्दा बढी जर्मनीको एक्रोब्याटीक प्रस्तुति रुचाईयो, उनीहरुको प्रस्तुति तिन शो मञ्चन भयो । । श्रीलंकाको नाटक अत्याधिक कलात्मक थियो । डेनमार्कले प्रविधिको भरपुर उपयोग गरेको थियो ।