काठमाडौ । गायिका बिमला परियारको पहिलो गिती सँग्रह ध्रुबतारा सार्बजनिक भएको छ।
बिहिबार नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि उनले यो एल्बम सार्बजनिक गरेकी हुन्। गीतकार, संगीतकार तथा रंगकर्मी स्वर्गीय पति बिक्रम परियारको पुण्य तिथीमा उनको श्रदान्जली तथा सम्झना स्वरुप धुर्बतारा एल्बम सार्बजनिक गरिएको हो ।
एल्बममा २ वटा फास्ट गीत र ३ वटा सेन्टीमेन्टल गीत गरेर ५ वटा गीत समाबेस छन्। एल्बममा स्वर्गीय बिक्रम परियार, सन्तोश प्रगाढ, राजेश कुमार श्रेष्ठ, बसन्त सापकोटा र उषा कार्कीको शब्द संगीत रहेको छ।
एलबममा संग्रहित शालैजो गीतमा भने बिक्रम परियार र बिमला परियारको स्वर रहेको छ। जनता टेलिभिजनको कार्यक्रम म्युजिक बाइट्समा कुरा गर्दै बिमलाले सँगै भिडीयोमा अभिनय पनि गरौंला भनेर बाचा गरेर गएका श्रीमान् बिक्रम परियार सदा सदाको लागि यो संसारबाट बिदा लिएर गएको आफ्नो बेदना यसरी सुनाइन् ।
https://youtu.be/XKnq_q6TKYo
२०७४ बैशाख २३ गते तनहुँ दमौलीमा स्वर्गीय बिक्रम परियारको अज्ञात समुहले पछाडिबाट ढुँगा प्रहार गरी हत्या गरिएको थियो । नेपाल सरकारले स्वर्गीय बिक्रम परियारलाई शहीद भनेर घोषणा गरे पनि शहिद सरह कुनै पनि सुबिधा नदिइएको गायिका बिमला परियारले गुनासाे गरेकी छन् ।
गायिका बिमला परियारले रत्नराज्य लक्ष्मी क्याम्पसबाट संगीतमा स्नातक तह उतीर्ण गरेकी छन् ।