काठमाडौँ । पहिलो चरणमा देशका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अधिकांश स्थानमा शान्तिपूर्ण भइरहेको छ ।निर्वाचनका क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि रुकुम रोल्पामा केही तनाव भएको छ ।उम्मेदवारहरुले प्रतिष्ठाको लडाइँका रुपमा लिएपछि सिन्धुपाल्चोकको केही मतदान केन्द्रमा पनि तनाव भएको छ ।
कहाँ के भयो ?
रोल्पाको थबाङमा सेनाको स्कर्टिङयहाँको थबाङस्थित दुईवटा मतदान केन्द्रसम्म जान नेत्रविक्रमका कार्यकर्ताले अवरोध गर्न खोजेपछि सेनाले स्कर्टिङ गरेर मतदाता ल्याउँदैछ ।राज्यको प्रतिपक्षका रुपमा रहेको यहाँ अहिलेसम्म शान्तिपूर्ण मतदान जारी रहेपनि मतदातामा विप्लवका कार्यकर्ताको त्रास देखिन्छ ।
रुकुममा मतपेटिका जलाइयोविप्लवका कार्यकर्ताले रुकुमका दुई स्थानमा मतपेटिका जलाएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकास्थित एउटा मतदान केन्द्रमा मतपेटिका जलाइएको छ ।आठबीसकोट नगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय मावि चौर केन्द्रमा मतपेटिका जलाइएको हो ।जिल्लाको बाँफीकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र …कÚ मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ ।
विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५० मत खसिसकेको अवस्थामा विप्लवका कार्यकर्ताले दुईवटा मतपत्र जलाइएपछि त्यहाँ मतदान पनि स्थगित भएको छ ।
सिन्धुपाल्चोकमा गोली चल्योसिन्धुपाल्चोकको बलेफीस्थित कालिका प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम र लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको छ ।झडपपछि त्यहाँ प्रहरील गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बलेफी मतदान केन्द्रमा दुई राउन्ड हवाइ फायर गरिएको बताए ।झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको पोखरेलले बताए ।
मनाङमा ५५ प्रतिशत मतदानहिमालपारीको जिल्ला मनाङमा अहिलेसम्म ५५ प्रतिशत भन्दा धेरै मतदान भइसकेको छ । ३२ जिल्लामध्ये अहिलेसम्म सबैभन्दा धेरै मतदान हिमालपारिको जिल्ला मनाङमा भएको हो ।यहाँ ३ बजेसम्म सबै मतदान भइसक्ने बताइएको छ । यहाँ ३ हजार भन्दा धेरै मत खसिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ । मनाङमा ५८८१ जना मतदाता रहेका छन् ।
तिङ्लाबासी गएनन् भोट हाल्नपहिलो चरण अन्तर्गत आइतबार भैरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुको तिङ्लाका जनताले निर्वाचन बहिष्कार गरेका छन् ।
तिङ्लामा २५ सय ७५ मतदाता रहेका र उनीहरु कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।राज्य पुनसंरचनामा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका हुन् ।स्थानीय तहको निर्वाचनमा पनि तिङ्लामा एक मत पनि खसेन । स्थानीयले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन् ।
हुम्लामा ९ मत मात्रै खस्यो हुम्लाको चंखेली गाउँपालिकास्थित मखेला मतदान केन्द्रमा ९ जनाले मात्रै मतदान गरेका छन् ।स्थानीय तह पुनर्संरचना गर्दा वडाको भूगोल विभाजनमा असन्तुष्टि जनाएका स्थानीयले मतदान बहिष्कार गरेपछि ९ जनाले भोट हालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।
डोल्पामा २३ जनाबाट मतदान २३ जना मतदाता रहेको डोल्पाको फोद मतदान केन्द्रमा सबै मत खसेको छ । तर बेलुका पाँच बजे मात्रै मतदान सम्पन्न हुने प्रमुख डोल्पाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए ।
डोल्पाका कु गाउँ र घेराङ सम्पर्कविहीनउनका अनुसार डोल्पाका ६६ मतदान केन्द्रमध्य हालसम्म ६४ मतदान केन्द्रमा नियमित सम्पर्क भइरहेको छ । त्यहाँ शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।मौसमले डोल्पामा साथ दिएकाले स्थानीयको उत्साहजनक सहभागी रहेको बताएका प्रजिअ आचार्यले माथिल्लो डोल्पाका कु गाउँ र घेराङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जानकारी दिए ।
महिलाले चलाए मतदान केन्द्रप्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रोल्पा नगरपालिका १ को तारा मावि बामरुक मतदान केन्द्र महिलाहरुले मात्र सञ्चालन गरेका छन् ।मतदान केन्द्रमा १० जना कर्मचारी मात्र नभई सुरक्षाकर्मीहरु पनि महिलाहरु नै रहेको मतदान अधिकृत लोकेन्द्रा आचार्यले बताए । आफूले अहिले सम्म ५ वटा निर्वाचनमा सहभागिता भएको र त्यसमा २ पटक महिलाले नेतृत्व गरी मतदान सम्पन्न गरेका थिए । त्यही अनुभवले यस पटक पनि सम्पन्न गर्नेमा ढुक्क रहेको मतदान अधिकृत आचार्यले बताए ।
११२ वर्षीयबाट मतदानम्याग्दीको रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षीय खड्कबहादुर भण्डारीले मतदान गरेका छन् । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।त्यसैगरी जाजरकोटको भेरी नगरपालिका ६ मा ९९ वर्षीय भिमी ओलीले पनि मतदान गरेकी छन् । उनलार्इ नातिले बोकेर मतदान केन्द्रमा पुर्याएका थिए ।
मतदान केन्द्रम बम पड्किँदाताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङपाङ मतदान केन्द्रमा मतदानकै क्रममा बम पड्किएको छ ।आइतबार मध्यान्ह मतदान जारी रहेको समयमा बम पड्किएपछि त्यहाँ एक घन्टा मतदान स्थगित भएको थियो ।बम पड्केर एक घन्टासम्म मतदान स्थगित भएपछि त्यहाँ मतदानको अवधि बढाएर साँझ ६ बजेसम्म पुर्याइएको छ ।
धादिङमा कांग्रेसको बुथ कब्जा धादिङको खनियाबास गाउँपालिका वडा नं २ मा रहेको बेन्दीदेवी मतदान केन्द्र कांग्रेसले कब्जा गरेपछि नेपाली सेनाले हस्तक्षेप गर्नु परेको छ ।मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएपछि गस्तीमा निस्किएको सेना त्यहाँ पुगेर मतदान सुरु गराएको हो ।लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएपछि मतदान सुरु भएको थिएन । त्यसपछि सेनाको टोली पुगेर हस्तक्षेप गरेको हो ।
दोलखाको तामाकोशीमा बुथ कब्जा दोलखाको तामाकोशी गाउँपालिकास्थित जफे मतदान केन्द्रमा तरुण दलका महामन्त्री कुन्दन काफ्लेसहितले बुथ कब्जाको प्रयास गरेपछि तनाव भएको थियो ।कांग्रेसको बुथ कब्जा प्रयासलाई विफल बनाउन सुरक्षाकर्मीले हस्तक्षेप गर्नु परेको थियो । सुरक्षाकमर्मीले बल प्रयोग गरी लखेटेपछि त्यहाँ दिउँसो नै मतदान सुचारु भएको छ ।