काठमाडाैं । साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्यको हत्या अभियोगका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीको निम्तामा शनम शाक्यको लास ब्यावस्थापन गर्न गर्न प्रहरी सहायक निरिक्षक बालकृष्ण सञ्जेलको योजनामा धरान पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली प्रमुख प्रहरी नायव निरिक्षक प्रजित के सी र महाशाखा प्रमुख दिवश लोहनी बिच गोरे समाउन यस्तो योजना बन्यो ।
यति यो कारागारमा राखिएको छ । गोरेले सुरक्षा व्यवस्थाको प्रश्न आज मात्रै होइन सुरु देखि नै प्रश्न उठड्दै आएको छन् । हामीले पनि यो घटनाको अनुसन्धान र सुरक्षाको बिषय चासो दिदै आएका छौ । गोरेलेलाइ राखिएको कारागारमा सुरक्षा व्यवस्था एकदमै कडा पारीएको छ
एसएसपी दिवेशः लोहनी अँ प्रजित अँ हेलो
डिएसपी प्रजित केसीः त्यो मेन केटा (गोरे) इन्डिया गएको भन्छ हजुर यसले । उताबाट बोलाउ भनेको छ, उसले बोलउँछु, भन्दैछ । त्यसो भए उताबाट आउँछ भने हामी किन यहाँ बस्ने अर्कोतिर जाउँ भनेर इटहरीतिर जाउँ भनेको छु, यसलाई । मैले तिम्रो यो गाडी मात्र लग्यो भने शंका हुन्छ । म यहाँ पुलिसलाई आज यतातिर आएको इटहरी जानुपर्ने भयो भनेर पुलिसको गाडी मगाउँछु । त्यो गाडी हाम्रै भइहाल्यो । अनि, उर्लाबारीबाट केटाहरु त्यहाँ मगाउने सर ।
एसएसपीः दिवेश लोहनी, इटहरीमा ?
डिएसपी प्रजित केसीः इटहरीमा सर, यसलाई पनि लिए जाउँ सर ?
एसएसपी दिवेश लोहनीः सुन न मेरो कुरा इटहरीभन्दा उर्लाबारीबाट मगाउनु पर्छ । उर्लाबारी मोरङ प¥यो होइन ? इटहरीको पुलिसलाई हामीले केही पनि भनेको छैन । हामीलाई सहयोग गर्ने भनेको कि मोरङको हो कि उसको हो । त्यसलाई कुटेर मारेको फस्र्ट क्राइम सिन पनि मोरङमै हो ।
डिएसपी प्रजित केसीः मोरङ हो सर, उर्लाबारीतिरै हो ।
एसएसपी दिवेश लोहनीः उर्लाबारीतिरै हो भनेपछि त्यहीँ उर्लाबारी जाउ होइन । त्यहीँ बोलाउँ ती केटाहरुलाई पनि । त्यतातिर साइत पनि पर्छ त्यतातिर ठीक हुन्छ भनेर कन्भिन्स गर्ने ।
डिएसपी प्रजित केसीः गाडीमा तेल एक लाइन मात्र छ । अरु कुनै पनि पेट्रोलपम्प खुलेको छैन, सर अहिले । यो उर्लाबारीसम्म पुग्छ कि पुग्दैन ? उर्लाबारी कति किलोमिटर छ कुन्नि यहाँबाट ?
एसएसपी दिवेश लोहनीः उर्लाबारी.... इटहरी नै १८ किलोमिटर हो क्यार, त्यहाँबाट ।
डिएसपी प्रजित केसीः हजुर त्यस्तो छ, ८–९ लिटर जति होला तेल यसमा
एसएसपी दिवेश लोहनीः ९ लिटर भए त पुगिहाल्छ नि । १० को दरले पनि ९० किलोमिटर जान्छ ।
डिएसपी प्रजित केसीः पुग्छ हैन हजुर, भनेपछि लैजाउँ सर यसलाई उर्लाबारी ?
एसएसपी दिवेश लोहनीः उर्लाबारी लैजाउ फस्ट क्राइम सिन पनि त्यहीँ हो ।तेलको अभावमा प्रहरी गाडी अगाडी नबढन नसकेपनि हाकिमको आदेशमा इमान्दार बनेर प्रनाउ केसीले दुई स्थानमा इन्काउटर गर्न एक्कासी योजना बनाए । अनि लोहनीलाई भने
डिएसपी प्रजित केसीः दुईटा केटा लिनु परो । मेन केटा कन्फर्म भएन नि सर यसो गर्दा फेरि
एसएसपी दिवेश लोहनीः यता र उता किन गर्ने । गाडी ती धरानमै भेटिएको धरानमै गर्ने ।
डिएसपी प्रजित केसीः भोलि त्यसलाई हान्नु प¥यो भने त धरानमै हान्नुपर्छ कि यतैको जंगलतिर लगेर हान्नुपर्छ ।
एसएसपी दिवेश लोहनीः त्यसलाई सबैभन्दा राम्रोसँग हान के ।
डिएसपी प्रजित केसीः सर.
एसएसपी दिवेश लोहनीः त्यही हो के धरानको त्यो अघि मैले भनेको पुलिसको ठाउँतिर लगेर गाडी राख्ने, अनि त्यसलाई चाँही....
डिएसपी प्रजित केसीः यतैतिर होटलमा राख्ने सर ?एसएसपी दिवेश लोहनीः नभए त्यो केटालाई अहिले हामी होटलमा बसौं भन्नु प¥यो । मान्छे बोलाऊ भनेर होटलमा जाऔं पहिला । गाडी लगेर त्यही अघि मैले भनेको छेउछाउतिर राखौं, अनि लोकल पुलिसलाई सेक्युरिटी वाच गर्देउ भनेर बसौं ।
डिएसपी प्रजित केसीः सर गाडी त यहीँ भए पनि फरक पर्दैन, यहीँ नजिकै छ पुलिस होइन हजुर । यहाँबाट सय मिटरमा पुलिस छ । त्यहाँ म भन्छु त्यसलाई गाडी वाच गर्नु भनेर ।
एसएसपी दिवेश लोहनीः होइन, लोकल पुलिसलाई पनि एक जना मात्र सिभिलमा वाच गर्ने राख्ने हो । त्यहाँको डिएसपीलाई भनेर एक जना मात्र सिभिलमा पठाइदे यहाँ होइन । उसले सिंगल पठाइदिन्छ ।
डिएसपी प्रजित केसीः सर....!
एसएसपी दिवेश लोहनीः नभए त्यो डिएसपीलाई के भनौं भने यति नं.को गाडी पार्किङमा छ । हामी यहाँबाट हिडौं....
डिएसपी प्रजित केसीः सर, नभए हामी तीन जना छौं सर । पालैपालो हामी नै बस्छौं सर
एसएसपी दिवेश लोहनीः सुन न हाम्रो चाँही त्यहाँबाट गाडी मुभ गराउने भनेको त दोहोरो भिडन्त देखाउनलाई हो नि त ।डिएसपी प्रजित केसीः होजव इन्काउटर गर्ने बिषयमा दुबै बिच सहमति हुन्छ अनि योजना यस्तो बनाइन्छ
एसएसपी दिवेश लोहनीः दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि गाडी त्यहाँ राख्यो खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो । सिद्धियो त
डिएसपी प्रजित केसीः लाश सनम शाक्यको यहीँ छ गाडीमै छ । त्यो पनि लिएर गइन्छ । त्यहाँ पुगेपछि निकालिन्छ होइन सर । अनि त्यसपछि हान्ने त हो ।
एसएसपी दिवेश लोहनीः त्यही भएर अहिलै त्यहीँ नै होस् । बेकार शंका गर्ला त्यसले । अहिले त्यसलाई के भनौं भने तँ चाँही हामीसँग होटेलमा जाउँ, यताउता लाश बोकेर नहिँडौं । त्यहीँ धरानमै अहिले कतै एउटा होटल खोजेर बसौं । गाडीलाई लक गर्दिएपछि केही फरक पर्दैन भनेर त्यसलाई त्यहाँबाट हटाऊ । त्यसपछि तिमी त्यो केटा एउटा होटलमा गएर मजाले सँगै बस । त्यो केटो नभागोस् है, त्यो भागो भने फेरि हामीसँग कोही पनि हुँदैन ।
डिएसपी प्रजित केसीः हस् सर हजुर भाग्दैन सर, सँगै हुन्छ, कन्फिडेन्समै छ यो
एसएसपी दिवेश लोहनीः अँ.. होटलमा बसौं
डिएसपी प्रजित केसीः सँगै सुत्ने हो सर अब होटलमा गएर
एसएसपी दिवेश लोहनीः सुतेर पनि भएन फेरि बोलाउनु प¥यो डिल गर्नु प¥यो । त्यो उर्लाबारीको केटाहरुलाई पनि ल्याउनु प¥यो । मान्छे पठाएर ल्याउने हो कि के गर्ने । जे गर्नुपर्छ गर्ने ।
डिएसपी प्रजित केसीः हुन्छ सर, हुन्छ ।
एसएसपी दिवेश लोहनीः अनि, फोन गरेर डिएसपीलाई लोकल पुलिसलाई सिभिलमा कोही मान्छेलाई गाडी वाच गरेर बसिराख्न भन्ने कुरा गर । त्यो गाडी यहाँबाट मुभ नहोस्, सिभिलमा त्यसको केटालाई राख हैन डिएसपीलाई त्यो गाडीभित्र त्यस्तै वस्तु छसम्म भने हुन्छ। हामी चाँही सस्पेक्टहरुलाई समाउन लागिरहेका छौं । सहयोग चाहियो भनेपछि भन्छौं भनेर डिएसपीलाई भनँ। होटलमा गएर बसेपछि यहाँ छिटो आइज भनेर बोलाउनु। उर्लाबारीका केटाहरुलाई पनि बोलाउन लगाउने र यसलाई पनि बोलाउने ।
केसीः हुन्छ, सर हुन्छ । अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीको सबैभन्दा धेरै सूचना भएका व्यक्ति गोरेलाई जहाँ भेट्यो त्यहीँ इन्काउन्टरमा मृत्यु भएको भनेर प्रचार गर्ने योजनाअनुसार महाशाखा टोली पूर्व पुगेको रहस्य समेत खुलेको छ ।
https://www.youtube.com/watch?v=5T-hvdcyzxk
गृहमन्त्रीको दावी हावामा
चर्चामा रहेको सुन काण्ड बिस्तारै सेलाउदै गएको छ । सुन तस्करीमा सम्लग्न ठुुला माछा अर्थात सुन तस्करीको मुख्य अभियुक्त सम्म पुग्ने छाड देखिएको छैन ।
यातायातको सेण्डीगेट हटाएर चर्चामा आएका गृहमन्त्री रामवहादुर थापाले सुन तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएर गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको संयोजकत्वमा समिति गठन नै गरेर अगाडी बढेका थिए । तर समिति र प्रहरीको अनुसन्धान गोरे र एम के भन्ने मोहन अग्रवाल घुमिरहेको छ । यति बेला सुन तस्करी भरियाहरुले आफै आफै जिल्ला अदालतमा सर्मपण गरेका छन् ।
सुन काण्डमा सम्लग्न रहेका बरिष्ठ प्रहरी उपरिक्षक श्याम खत्री र डेविट भन्ने छिरीङ्ग वाङ्गेल घलेले आत्मसर्मपण गरेका छन् भने एम के भन्ने मोहन अग्रवाल अझै प्रहरीको घेरामा परेको छैन । प्रहरी र समितिले एम के भन्ने मोहन अग्रवाल भारत छ भन्ने पहिचान भउको दावी गरेको छ तर समात्न सकेको छैन । नेपालमा सुन तस्करी गोरेको समुह मात्रै सक्रिय थियो त भन्ने प्रश्न उठन थालेको छ । प्रहरीका पुर्व अतिरिक्त महानिरिक्षक राजनिति दल अनि ठुला ब्यापारीको सुन तस्करी नेपालको पम्परागत पेशा भनेका छन् । उनी भन्छन नेपालमा एक दर्जन भन्दा बढी समुहले सुन तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धान भेटिएकोे बताउछन् ।
गृहमन्त्री थापाको प्रतिबद्धता पछि हौशिएको नेपाली समाज र पुर्व प्रहरी अधिकारीहरु अहिले समितिको गतिबिधीले निराश बनेकै बेलानमा गृहमन्त्री थापाले पत्रकारसम्मेलन गरेर साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गृहमन्त्रीको छ ।
उता गृहमन्त्रीले पुर्व अधिकारीहरुले घटनाको छानबिन गर्न गठिन समितिले ुटिपूर्ण रहेको टिप्पणीलाई संकेत गर्दै गृहमन्त्रीले छानबिनलाई प्रभाव पार्ने र तस्करलाई संरक्षण गर्ने प्रयत्नको रुपमा लिएको बताएका छन् ।
गृहमन्त्री थापाले अव ठुला माछा पनि समातिने बताएपछि थप सक्रिय बनेको छानबिन समितीले मुख्य अभियुक्तहरुको खोजिकार्य तिव्र पारेको छ । हराएको भनिएको साढे ३३ किलो सुन र त्यसको लगानी कर्ता मोहनकुमार अग्रवालको घरमा समेत छापा मारेको छ । सुनसरीका अग्रवाल केहि समय यता काठमाडौको डिल्लीबजारको यो घरमा बस्दै आएका थिए । यही घरमा शुक्रबार समितीले छापा मारी ३० लाख रुपैयाँ नगद, ४ लो चाँदी र १६ तोला सुन, सुन बोक्ने कालो रंगको ज्याकेट, सुन बोक्ने बट्टा, चेक बुक लगायत सामान बरामद गरेको समितिले जनाएको छ ।
अग्रवालको यो घरमा सुन बोक्ने र ओसार पसारसम्बन्धी तालिम पनि दिने गरेको अनुसन्धानमा खुलेको छ । सुनकाण्ड सार्वजनिक भएपछि अग्रवालको श्रीमतीले घरमा भएका अरू सुन र नगद लिएर भागेको हुनसक्ने अनुमान टोलीले गरेको छ । प्रहरीले अग्रवालले प्रयोग गर्ने गरेको बा १० च २८२ नम्बरको कारसमेत बरामद गरेको छ । यसअघि पूर्पक्षको लागि थुनामा रहेका अधिकांशले माघ ९ गते विमानस्थलबाट हराएको सुनमा अग्रवालको लगानी रहेको बयान दिएछन् ।
https://www.youtube.com/watch?v=5T-hvdcyzxk
गोरेलार्इ जेलमा कडा सुरक्षा
साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्यको हत्या अभियोगका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई यो कारागारमा राखिएको छ ।
गोरेले सुरक्षा व्यवस्थाको प्रश्न आज मात्रै होइन सुरु देखि नै प्रश्न उठड्दै आएको छन् । हामीले पनि यो घटनाको अनुसन्धान र सुरक्षाको बिषय चासो दिदै आएका छौ । गोरेलेलाइ राखिएको कारागारमा सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ । गोरेको सुरक्षामा नेपाल प्रहरी देखि ,शसस्त्र प्रहरीको उच्च सुरक्षा घेरामा राखिएको छ । ३८ टन सुन नेपाल भित्राउने गोरे बस्ने स्थानमा अहिले मुसा पनि छिर्न नसक्ने गरि सुरक्षा व्यवस्था मिलाइएको छ । कारागारमा गोरेको व्यवहार र सुरक्षा कस्तो छ त ।
यही सुनकाण्डमा मुछिएका प्रहरीका उच्च अधिकारी सहित अन्य २९ जनालाई सुनसरीको झुम्का कारागारको व्लक ए र वि मा राखिएको छ । एसएसपी श्याम खत्रीले सुनसरीको झुम्का कारागार स्थानान्तरणको माग गर्दै निवेदन दिएपछि कारागार प्रशासनले खत्रीलाई मोरङबाट सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरेको थियो । प्रहरीका उच्च अधिकारीहरुलाइ कसरी राखिएको छ त झुम्का जेलमा ।किन सुनकाण्डमा मुछीएका उच्च प्रहरी अधिकारी र अन्य अभियुक्तहरुले किन झुम्का जेलनै रोजे भन्ने हाम्रो प्रश्नमा कार्किको जवाफ यस्तो छ ।
अन्तराष्ट्रिय विमानस्थलबाट आएको अवैध साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्या हत्या प्रकरणमा अझै ३० जना अभियुक्त फरार छन् । प्रहरीले ६३ जना अभियुक्तलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको मध्ये ३१ जना जेल चलान, १ जना धरौटी र १ जना सादा तारेकमा छुटेपनि अझै ३३ जना भने फरार छन् । फरार हुनेमा साढे ३३ किलो सुनको लगानीकर्ता भनिएको एम.के. भन्ने मोहन कुमार अग्रवाल,गोरेकी श्रीमती निरु भन्ने नरबदा उप्रेती र गोरेका भाई रमेश उप्रेती पनि फरार प्रतिवादी हुन् ।
गोरेले अदालत समक्ष दिएको बयानमा पछिल्लो पटक आएको साढे ३३ किलो सनुको लगानीकर्ता एमके अग्रवालसहित भारतीय रहेको बताएका थिए ।
फरार भएकामध्ये यसअघि उक्त मुद्दाका अभियुक्त एसएसपी श्याम खत्री र डाक्टर डेबिट भन्ने छिरिङ वाङल घले अदालतमा सुटुक्क उपस्थित भए । दुबै जनालाई अदालतले पुर्पपक्षको लागि थुनामा राख्न आदेश दिएका थियो । अनुसन्धान माथि बिभिन्न क्षेत्रबाट शंका गर्न थालेपछि गृहमन्त्रीको आदेशमा थप अनुसन्धानको लागी गोरे एसएसपी श्याम खत्री, र छिरिङ वांगेल घलेलाई छानविन समितिले काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने भएको छ ।
https://www.youtube.com/watch?v=5T-hvdcyzxk&t=466s