काठमाडौ । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७४ बाट सम्मानित हुनु भएको छ । गीतकार सघ नेपालले आठौं वार्षिक उत्सवकाे अवसरमा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा रिजाललाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा रामवरण यादवले १ लाख १ रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर गीतकार रिजाललाई सम्मान गर्नुभयो। बि सं १९९६ सालमा सुनसरीमा जन्मिनु भएका रिजाल आमाका प्रेरणाबाट लेखनमा होमिनु भएको हो।
उच्च शिक्षा हाशिल गर्नाका लागि काठमाडौं आउदा उहाँमा शुरुमा गायक बन्ने चाहना थियो । तर केही समयपछि एक कवि गोष्ठी उपस्थिति जनाउने मौका मिल्यो, त्यहीको प्रभावले उहाँले आफू गायक हैन कवि बन्ने मनसाय बनाएको स्मरण गराउनु भयो ।
‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट सम्मानित भैरहदा रिजालले स्वर सम्राट स्वर्गिय नारायण गोपाललाई समेत सम्झिनु भयो। नारायणगोपालको प्रेरणाबाट नै गीत लेखनमा लागेको गीतकार रिजालले सम्झना गराउनु भयो ।आँखा छोपी नरोउ भनि भन्नु पर्याछ मुटु माथी ढुँगा राखी हाँस्नु पर्या छू भन्ने गीत स्वर सम्राट स्वर्गीय नारायण गोपालले गाएपछि उहाँको गीति यात्रा शुरु भएको थियो।
पारीवारिक तथा सरकारी कामकाजी जिम्मेवारीमा लामो समय अल्झिदा कविता तथा अन्य साहित्य लेखनबाट टाढा भएको उहँँको जीन्दगी स्वरसम्राट नारायण गोपालसँगको भेटघाटले नयाँ मोड लिएको थियो।नारायण गोपाल सँगको भेट साक्षात ईश्वरसँगको भेट थियो भनि उनि सम्झन्छन्।
‘केही मिठो बात गर,झरेको पातझैं भयो उजाड मेरो जिन्दगी,’ ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस’जस्ता दर्जनौं कालजयी गीत सिर्जना गरेका रिजाल अहिले पनि निरन्तर गीत तथा साहित्य शृजनामा लागि रहनु भएको छ। । गीतकार संघले आफूलाई यसरी सम्मान गर्दा खुसी अनि अझ हौसला मिलेको जनता टेलिभिजनको कार्यक्रम म्युजिक बाइट्सलाई बताउनु भयो।