ज्यो. महेन्द्र भण्डारी
ज्योतिषशास्त्रमा कलाकार बन्ने वा कलाकारिकताबाट सफलता प्राप्त गर्न सकिन्छ कि सकिँदैन भन्ने बारेमा अध्ययन गरिएको पाइन्छ । कलाकारितामा सफलता दिने योगलाई ज्योतिषशास्त्रमा वीणा योग या वल्लकी योगको नाम दिइएको छ यस्तो योग भएको व्यक्ति गीत नृत्य आदि कलामा रुचि हुने र सफलता पनि पाउनने गर्छन् । आज सम्म जति विश्वप्रसिद्ध कालकारहरु छन् ती सबैजसोको कुण्डलीमा विणा वा बल्की योग पारेको पाइन्छ । यस्तो योग राहु केतुबाहेकका सातओटा ग्रह अलग अलग सात राशिमा बसेको अवस्थामा बन्दछ ।जन्म कुण्डलीको द्वितीय भाव वाणीको भाव हो । गायन या वाचन सम्बन्धित कलाको यस भावसँग गहिरो सम्बन्ध हुन्छ । तृतीय भाव पराक्रम वा इच्छा तथा, कलाका अन्य विचारसँग सम्बन्धित हुन्छ । चतुर्थ भाव हृदय, मन, प्ररम्भिक पढाइसँग सम्बन्धित हुन्छ । पञ्चम भाव बुद्धि, लेखन वा उच्चस्तरीय कलासँग सम्बन्धित हुन्छ यसको अर्थ पञ्चम भाव र तृतीय भावको विशेष सम्बन्ध रहेको छ र त्यसको सुख चतुर्थभावसँग हुन्छ भने त्यसबाट आम्दानी हुन्छ कि हुँदैन भन्ने द्वितीय भावसँग सम्बन्धित हुन्छ ।शुक्र ग्रह विशेषगरेर कलाकारितसँग सम्बम्धित हुन्छ । त्यससँगै बुध ग्रह पनि राजीय कला वा विलासी कलासँग सम्बन्धित हुन्छ । बृहस्पति चाहिँ बौद्धिक कलासँग सम्बन्धित हुन्छ । चन्द्रमा चाहिँ ललित कलासँग सम्बन्धित हुन्छ । मङ्गल युद्धकला र शनि शस्त्रकला वा हतियार कलासँग सम्बन्धित हुन्छ । सूर्यचाहिँ प्रशासन वा राजनीतिसँग सम्बन्धित रहेको हुन्छ ।
जसको कुण्डलीको तृतीय भाव र भावेश बलवान वा शुभ स्थितिमा रहेको हुन्छ त्यस्ता मानिसे प्रायः राम्रो लेखन या चित्रकला या कुनै वाद्ययन्त्रमा सफलता पाउने गरेका छन् । लेखन कलामा सफलता पाउनका लगि बुध गुरु अनुकूल हुनुपर्छ । द्वितीय र तृतीय भाव दुबै भावको शुभ स्थिति भएमा गायन सङगीतकला सफलता मिल्न सक्छ । तर त्यस्तो कलाबाट प्रसिद्धि मिल्छ कि मिल्दैन भन्ने चाहि दशम भावबाट पत्ता लगाउन सकिन्छ ।
चतुर्थ भावमा शुक्रको बलियो वा शुभ स्थिति भएका व्यक्तिहरु सङ्गीत, नृत्य, अभिनय, सिनेमा जस्ता क्षेत्रमा सफलता प्राप्त गर्न सक्छन् । तर दशम भावमा शुक्र ज्यादै कजोर भएर बसेको भए त्यस्ता मानिसहरुले सङ्गीतआदि कलामा त्यति सफलता प्राप्त गर्न सक्दैनन् ।
तृतीय भाव भावेशको सम्बन्ध लाभ या धन भाव या लाभेश या धनेशसँग कुनै सम्बन्ध छ भने त्यस्तो मानिसले कलाबाट नै धनसम्पत्तिबाट प्रशस्त धन सम्पत्ति कमाउन सक्छ
यस विषयमा मेरो खोज र अनुभव प्राप्त केही विवरण यस प्रकार छन् ःउदाहरण १ . अमिर खान भारतीय कलाकार हुन् । उनको कुण्डलीमा मंगल, शुक्र ग्रहको स्थिति निकै बलियो रहेको देखिन्छ । सप्तम भावमा मंगल हुनु र दशमभावमा केतु हुनु तथा लग्नमा शुक्रको उपस्थिति हुनाले उनले कलाकारिताबाट रामै्र लाभ पाएको देखिन्छ ।उदाहरण २. अमिताभ बच्चन उनको कुण्डलीमा कुम्भ लग्न छ र लग्नमा केतु रहेको छ । वृहस्पति उच्चभएर बसेको छ । चन्द्रमा भाग्य भावमा गएर बसेको छ । यो कलाकारिताका क्षेत्रबाट प्रगति गर्ने शुभ योग पनि हो । उनी वृहस्पतिको प्रभावका कारणले निकै बौद्धिक व्यक्तित्व पनि मानिन्छ ।उदाहरण ३. मेरो परामर्श कार्यालायमा आएका मध्ये केही नेपाली कलाकारहरुको अवस्था १ सिंह लग्नमा द्वितीय भावमा गुरु शुक्र थिए र त्यसमाथि चन्द्रमाको पूर्ण दृष्टि थियो । द्वितीयेश बुध चतुर्थमा थियो । उनी निकै राम्रा गीतकार, लेखक, कवि, तथा समालोचक छन् । उनको जीवन राम्रै छ । (यो कुण्डली भएका मानिसले नाम प्रकाशन नगर्ने सर्त राखेका कारणले उनको खास नाम लेखिएन)उदाहरण ४.अवस्था २ कन्या लग्नमा नवम भावमा शुक्र थिए र त्यसमाथि मकर राशिको वृहस्पतिको पूर्ण दृष्टि थियो । द्वितीयेश बुध चतुर्थमा थियो । उनी साथी सङ्गातिको लहैलहैमा लागे र सङ्गीत पनि सिके । यसैबीचमा अध्ययन पनि छोडियो केही समय विदेश पनि गए । जग्गा जमिनको कारोबारमा हातहाले त्यो पनि चौपट भयो । उनी कलाकारिताको क्षेत्रको कतैपनि सफल भएनन् । हाल उनी सानोतिनो व्यापार गर्नछन् (यो कुण्डली भएका मानिसले नाम प्रकाशन नगर्ने सर्त राखेका कारणले उनको खास नाम लेखिएन)
यसबाट के निष्कर्ष निस्कन्छ भने कलाकार हुनु सामान्य होइन । ऊ भित्र भावयत्री र कारयत्री तथा आभ्यासिक प्रतिभा हुनुपर्छ । यी बाहेक कलाकार बन्ने भित्र गहिरो लगनशीलता र धैर्य पनि हुनुपर्छ । यस्तो लगनशीलता, भावयत्री प्रतिभा तथा कलाक्षमता मानिसको जन्मजात कुण्डलीमा लेखिएको हुनुपर्छ । त्यसैले कलाकारितामा लागेर भएको सम्पत्ति सक्नु भन्दा पहिला मेरो जीवन कलाकारिताबाट चल्छ कि चल्दैन भन्नेमा विचार गर्नु पर्ला । यसको निक्र्यौल ज्योतिषशास्त्रका मर्मज्ञबाट मात्र सम्भव हुन्छ । एउटा किताबमात्र पढेर ज्योतिषी हुँ भन्दै हिड्नेबाट पनि त्यो सम्भव हुँदैन ।