अनिल यादव
नवलपरासी । सुस्ता पश्चिमस्थित पाल्हीनन्दन गाउँपालिकामा एक विद्यालयको प्रावि शिक्षक नियुक्तिलाई लिएर गाउँपालिका अध्यक्ष र प्रधानअध्यापकबीच चर्काचर्की भएको छ ।
वडा नम्बर ६ स्थित सिदार्थ माध्यमिक विद्यालयमा प्रावि तहको २ शिक्षक नियुक्तिको बिषयमा गाउँपालिका अध्यक्ष दीपक गुप्ता प्रधानअध्यापक लेखनाथ उपाध्यायबीच विवाद भएको हो । प्रधानाध्यापक उपाध्यायले विवादमा अध्यक्षले आफू माथि दुव्र्यहार गरेको आरोप लगाएका छन् ।
प्रधानाध्यापकले त्यस्तो आरोप लगाएपछि शिक्षक तथा विद्याथीहरुले समेत अध्यक्षप्रति विरोध जनाएका छन् । शिक्षक तथा विद्याथीले अध्यक्षले दुव्र्यहार गरेको भन्दै गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन , शिक्षक महासंघ, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालया ज्ञापनपत्र बुझाएका छन् ।
विद्यालयको प्राथमिक तह २ पद रिक्त छ पदपूर्तिका लागि पुषमा विज्ञापन गरिएको । तर गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय गरेकाले शिक्षक नियुक्तिमा ढिलाई भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीका अनुसार उच्च आदालतले उक्त मुद्दामा स्टे अर्डरको निर्णय गरेको र हाल पुरानै व्यवस्थापन समितिले काम गरिरहेकाले गाउँपालिकाको समन्वयमा शिक्षक नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
गाउँपालिकाकै रोहबरमा सोमबार शिक्षक नियुक्ति भएपछि प्रधानाध्यापक उपाध्याय परासी तर्फ आउने क्रममा गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो घर बेलासपुर बोलाएर शिक्षक नियुक्तिमा घुस लिएको भन्दै अपशब्द प्रयोग गरेको र कुटपिटको धम्की दिएको प्रधानाध्यापक उपाध्यायले बताउनु भयो ।
अध्यक्ष गुप्ताले प्राधनाध्यापकले शिक्षक नियुक्तिमा प्रधानाध्यापकले घुस लिएको आरोप लगाउनु भयो ।