-इच्छा गुरुङ
काठमाडौं । फुटवलको महापर्व भनेर चिनिएको विश्वकपको २१ औ संस्करण रुसमा विहीवारबाट शुरु हुदैछ । फिफा सदस्य राष्ट्रका ३२ राष्ट्रहरु यस पटक उपाधिको लागि मैदानमा प्रतिस्पर्धामा उत्रिदै गर्दा विश्व नै फुटबलमय बनेको छ ।
नेपालका फुटबल प्रेमीहरुमा पनि उस्तै उत्साह देखिएको छ । आफ्नो समर्थन गरिएका देशहरुको जर्सीमा सजिएका तस्बीरहरुले सामाजिक सञ्जाल रंगिएका छन् । सबै क्षेत्रमा फुटबलकै चर्चा चुलिदा नेपाली संगीत तथा चलचित्र क्षेत्र पनि विश्वकप २०१८ को राम्रै उत्साह छाएको छ ।
इथोस ब्याण्डका गायक अजयशम्सेर राणा आफू क्रिस्टीयानो रोलाल्डोको ठुलो प्रशंसक भएकोले पोर्चुगलको सपोर्टमा रहेको बताउछन् ।
उता अर्का गायक राजिव लोहनी भने ब्रजिलियन टिमको ठूलो फ्यान हुन् । फुटबल बिश्वकै सबैभन्दा लोकप्रिय खेल भएकोले आफू लगायत सबै परिवार नै ब्राजिलको फ्यान रहेको बताउदै उनले यसपटक सपरिवार नै बसेर विश्वकपका खेलहरु हेर्ने बताउछन् ।
गायक नारायण कडारिया आफूले खासै फुटबल नहेरे पनि विश्वकपको माहौलको कारण छुटै रमाइलो लागेको बताउछन् । उनी पछिल्लो बिजेता जर्मनको फ्यान रहेको र यस पटक पनि जर्मनले नै जितोस् भन्ने चाहेको बताउछन् ।
उता गायक अराज केशव विश्वकपलाई विश्वकै साझा पर्वको रुपमा लिन्छन् । चर्चित खेलाडी लियोनल मेसीको फ्यान उनी यसपटक अर्जेन्टिनाको पक्षमा छन् ।अर्का गायक अविनास घिसिङ भने पहिलो रोजाइ पोचुर्गल र दोस्रो इग्ल्यान्डलाई सपोर्ट गर्ने बताउछन् । खेल हेर्दा साथीहरुसंग मिलेर रमाइलो गर्नु स्वभाविक भएको तर सट्टाबाजि लगाउनु नहुने उनको धारणा छ ।
२०१४ को विश्व बिजेता जर्मनको धुरन्धर फ्यान रहेका गायक भरत सिटौला यसपटक भने कुनै नयां राष्ट्रले बिश्वकप जितोस् भन्ने चाहन्छन् ।
त्यस्तै पछिल्लो समय समयका चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी चर्चित खेलाडीहरु भन्दा राम्रो खेल्ने नयाँ खेलाडीतर्फ आफनो ध्यान आकर्षण हुने बताउछन् । आफनो मनपर्ने बिषेश खेलाडी यही भन्ने नभएपनि आफू भने ब्राजिलको समर्थक भएको उनी बताउछन् ।
कलाकार तथा निर्देशक शोभित बस्नेत आफू देश र खेलाडी हेरेर भन्दा पनि राम्रो खेलको आधारमा समर्थक हुने बताउछन् । पहिले पहिले अर्जेन्टिनालाई सपोर्ट गर्दै आएको भए पनि यसपटकको विश्वकपमा भने ब्राजिललाई सपोर्ट गर्ने उनी बताउछन् । पहिला म्याराडोनाको फ्यान रहेका उनी पछिल्लो समयमा भने क्रिष्टियानो रोनाल्डो र मेसीको फ्यान हुन् ।
त्यस्तै पुराना कलाकार कृष्ण मल्ल आफू म्याराडोनाको खेलबाट निकै प्रभावित भएकोले पहिलादेखि नै अर्जेन्टिनाको समर्थक रहेको बताउछन् । विश्वकपलाई ठूलो महोत्सवको रुपमा लिन्छन् उनी । कुनै समय विश्वकप हेर्दा आफनो काममा धेरै अवरोध आएको स्मरण गर्दै उनी यसपाली भने पुरै खेल नहेरे पनि आफूले समर्थन गरेर्कोै राष्ट्रको खेल हेर्न भने नछुुटाउने योजनामा छन् ।