अस्मिता रिजाल काठमाडौं । शारीरीक रुपमा अपांगता भएका व्यक्तिहरु शैक्षिक संस्था र विभिन्न कार्यालयहरुमा त हामीले धेरै देखेका छौँ । तर ह्वीलचेयरमा बसेर एउटै व्यक्तिले चारवटासम्म खेल खेलेको नदेखेका हुनसक्छौँ । आफ्नो जीवन नै खेलमा समर्पित गरेका ह्वीलचेयर प्रयोग गर्ने खेलाडीहरु पनि जसलाई सकारात्मक सोचले सफलताको बाटोमा डो¥याएको छ ।
https://www.youtube.com/watch?v=f7sLnJ5QKrQ&feature=youtu.be&t=119
विश्वभर फिफा वल्र्डकपको चर्चा भइरहँदा नेपालमा ह्वीलचेयर खेलाडीहरुको राष्ट्रिय बास्केटबल लिग चलिरहेको छ । मैदानमा छन्, ह्वीलचेयर प्रयोग गर्ने खेलाडीहरु । सबलांग सरह प्रतिस्पर्धामा उत्रिएका अनि बडो उत्साहका साथ जितका लागि लम्कीएका । नेपालमा ह्वीलचेयर प्रयोगकर्ता खेलाडीको सङख्या १ सय ५० भन्दा बढी छ । उनीहरु बास्केटबल, क्रिकेट, स्वीमिङ, आर्चरीजस्ता खेलमा सक्रिय छन् । नेपालमा मात्रै होइन सार्क राष्ट्रलगायतका अन्य मुलुकहरुमा पनि ह्वीलचेयर खेलाडीले जितको स्वाद चाखिसकेका छन् ।
सबै अपांगता भएका मानिसहरु जन्मिँदै अशक्त हुँदैनन् । जीवनको एक कालखण्डमा पुगेर शरीरको कुनै अगं गुमाउन पुगेकाहरुले नै आज इतिहासको रचना गरिरहेका छन् । ह्वीचेयरमै बसेर संसारलाइ जगाइरहेछन् । त्यसैले त राष्ट्रिय गहना बनिरहेका छन् ।
https://www.youtube.com/watch?v=f7sLnJ5QKrQ&feature=youtu.be&t=119
कुनै समय थियो घरमा कोही अपांगता भएका सदस्य भए सकेसम्म समाजबाट लुकाइन्थ्यो । घरमा थुनेर राखिन्थ्यो । बिद्यालय पठाउने त परैको कुरा अपांगता भएकै कारण बहिनीको किताब छुनसम्म नदिएको प्रसंग त साहित्यकार झमक घिमिरेको जीवन भोगाइमाको अनुभवमै उल्लेख छ । तर समसँगै सोचाइ बद्लिएको छ, संविधानले निति बदलेको छ अनि चेतनाले समाज बदलेको छ ।
अपांगता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा पहुँच बढ्दो छ । त्यसैले त हेर्नुहोस् न भित्री मनको प्रफुल्लता उनीहरुको मुहारमा कसरी छचल्किएको छ ।
आज उनीहरु आफ्नोलागि आफैँ भनेर अत्मविश्वास बटुल्नतर्फ लागेका छन् सबैका लागि लागि प्रेरणको स्रोत बनेका छन् ।अनि राज्यले केही दिएन भनेर सधैँै गुनासोको पोको बोकेर हिँडने हामी सबलांगहरु र दुनियाँ बदल्न लागि परेका अपांगता भएका यी प्रतिभाहरुको एकपटक तुलना गरेर हेरौँ त ।
https://www.youtube.com/watch?v=f7sLnJ5QKrQ&feature=youtu.be&t=119