नवलपरासी । नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले तेस्रो नगरसभा सम्पन्न गरेको छ । नगर सभाको डेडलाईन लाई नकुर्दै समय मै नगर सभा सम्पन्न गर्ने जिल्लाको पहिलो स्थानीय तह रहेको छ ।
रामग्राम नगरपालिकाले शुक्रबार सम्पन्न गरेको तेस्रो नगरसभा बाट आ.व. २०७५/०७६ को लागि ६० करोडको १६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले यस आर्थिक वर्षमा ४ गौरवको आयोजनाहरु लिएको छ ।जसमा साभा गृह, घण्टाघर, अटो भिलेज र सपिङ्ग मल रहेको छ । जिलाको सदरमुकाममा सभागृह निमार्ण गर्ने योजना समावेश गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । त्यस्तै घण्टाघरलाई परासीको बुद्धचोक देखि पश्चिम महेशपुर चोकमा बनाउने भएको छ ।
उहाँले परासी बजार व्यवस्थापनको लागि सपिङ्ग मल र अटोभिलेज पनि बनाउने आयोजना रहेको बताउनुभयो । यी गौरवका आयोजनाहरुमा २० प्रतिशत नगरपालिकाले लगानि गर्ने र ८० प्रतिशत बाहिरी स्रोत ल्याउने नगरपालिका प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
नगरपलिकाको आनुमानित बजेटको प्रशासनिक खर्च तर्फ कुल रु १२ करोड ३४ लाख, समाजिक सुरक्षा तर्फको रु ८ करोड, शिक्षा, स्वास्थ्य विषयगत शाखाको समानिकरण शसर्त चालु खर्च रु १७ करोड २१ लाख, बहुक्षेत्रिय पोषण कार्यक्रम बाट रु १८ लाख ४४ हजार, सुआहारा कार्यक्रम बाट रु १३ लाख ३९ हजार गरी कुल ३७ करोड ८७ लाख रहेको छ ।
त्यस्तै कुल आनुमानित आयबाट प्रशासनिक खर्च विनियोजित बाट बचेको रकम बाट नगरपालिकाले भौतिक पुर्वधारको लागि वडा नं. २,३ र ५ को लागि रु २५ लाखको दरले, वडा न..१,४,६,७,८,९,१०,११,१२ र १३ लाई ३५ लाखको दरले र वडा नं. १४ देखि १८ सम्मको लागि ५० लाखको दरले यस क्षेत्रमा ६ करोेड ७५ लाख बजेट छुट्याएको छ ।
त्यस्तै नगरपालिकाले कृषि विकास क्षेत्रमा रु ९० लाख ८६ हजार, पशु विकास कार्यक्रम रु ६४ लाख, स्वास्थ्य विकास कार्यक्रम तर्फ ५२ लाख ६२ हजार, महिला विकास कार्यक्रम तर्फ रु १५ लाख, शिक्षा व्यवस्थापन तर्फ रु ९३ लाख ८१ हजार र खानेपानी कार्यक्रम तर्फ रु २५ लाख गरी रु ३ करोड ४१ लाख २९ हजार विनियोजन भएको छ ।
शुक्रबार रामग्राम नरपालिकाले सम्पन्न गरेको तेस्रो नगरसभा सम्पन्न पश्चात सो कुराहरु जनाकारी गराएको छ ।नगरपालिकाले कृषि क्षेत्रलाई ध्यानमा राख्दै कृषिको विभिन्न क्षेत्रमा ५० देखि ८५ प्रतिशित सम्मको छुट दिने व्यवस्था ल्याएको छ । नगरपालिकाले कृषिमा सम्भावना बोकेकोले कृषिलाई लाई विशेष छुटमा किसानलाई लाभान्वित गराउने उद्देश्य बोकेको छ ।
नगरपालिकाले आर्थिक वृद्धि बढाउनको लागि कृषि, पर्यटन, उद्योग, र पुर्वधार विकासमा विशेष जोड दिएको छ । त्यस्तै महिला, बालबालिका, जेष्ठ नागरीक अशक्त, असहाय, एकल महिला, दृष्टिविहिन र लोपन्मुखलाई प्राथमिकिकरण गरेको छ । त्यस्तै नगर क्षेत्र भित्र रहेको विधुतिय समस्यालाई तथा कम भोल्टेजको समस्या लाई पनि संधैको लागि अन्त्य गर्ने जनाएको छ ।
बजार क्षेत्र भित्र तथा बुद्ध चोकमा रहेको बसपार्कको समस्या तत्कालको लागि बैकल्पिक उपाय र भविष्यको लागि केरवानिमा रहेको ३ विगाहा बगरको जग्गामा वल्र्ड बैङ्गको लगानिमा बसपार्क बनाउने भएको छ । त्यस्तै नगरपालिका भित्र मदिराको मुल्यमा वृद्धि भएको छ ।