काठमाडौ । नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर रानाको लागि सहयोगी हातहरु जुट्ने क्रम छ । त्यसको लागि किशोर राना सहयोगार्थ सुमधुर सँंझ आयोजना हुँदैछ ।
सुमधुर साँंझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ति मोक्तान, बिमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सिमा शाह आदिको प्रस्तुति रहनेछ । कार्यक्रम असार १८ गते शनिबार आर्मी अफिसर्स क्लबमा हुनेछ ।
नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका राना पुराना र अनुभवी निर्देशकका मानिनुहुन्छ । राँको, सिमारेखा, कान्छी, ,बन्धिकी ,करोडपति आदि जस्ता नेपाली फिल्ममा सफल निर्देशन गरिसक्नु भएका रानाले नेपाली फिल्म क्षेत्रमा आउनुअघि बलिउडमा लामो समय काम गरिसक्नु भएको छ ।
पछिल्लो चलचित्र परिवर्तनको सुटिङको क्रममा रानाको स्वस्थ्यमा समस्या देखिएपछि भारतमा परीक्षणको क्रममा उहाँको दुबै मृगौलामा खराबी देखिएको छ । उहाँले लामो समयदेखि डायलसिस गराइरहनु भएको छ । निर्देशक रानाको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउने अभियान थाएिको छ । निर्देशक रानाले सहयोगको लागि सुभेच्छुकहरुसँग अपिल गर्नुभएको छ । मृगौलाको प्रत्यारोपण सफल भए चलचित्रमा पुन सक्रिय हुने निर्देशक रानाको चाहना छ ।