पाल्पा । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको मदनपोखरा पोलिटेक्निकल इन्ष्टिच्युट दमकडाले आगामी शैक्षिकसत्रदेखि कृषि विषयमा ३ वर्षे डिप्लोमाका कक्षा सञ्चालन गर्ने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTEVT अन्तर्गत अध्यापन हुने भएको हो । आर्थिक वर्ष २०६७ र ६८ को बजेट वक्तव्यमा विनियोजित बजेटबाट निर्माण कार्य सुरु भएको पोलिटेक्निकल इन्ष्टिच्युटको परिषदका सदस्य सचिवसहितको टोलीले अवलोकन निरीक्षण गर्दैे साउन भदौदेखि कृषि विषयमा डिप्लोमाको ३ वर्षे कोर्स सुरू गर्ने तयारी थालेको सिटिभिटिका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारि दिनुभयो ।
पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले मुलुक समृद्धिको चरणमा प्रवेश गरेकाले अबको आवश्यकक्ता भनेको व्यवसायिक र प्राविधिक शिक्षा भएकाले दक्ष नागरिक उत्पादनका लागि यसले महत्ववपूर्ण भूमिका खेल्न सक्ने बताउनुृभयो ।
निरिक्षण अवलोकनमा प्रदेश सांसद डा. पुरनमान बज्राचार्य, प्रदेश सासंद रमा घर्ती, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, नेकपाका नेता धनेन्द्रराज घिमिरे, जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्याल, नेकपाका नेता नेत्र पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, वरिष्ठ पत्रकार मेघराज शर्मा, सिटिइिभटीका निर्देशकहरू विनयकुमार मिश्र, महेशकुमार भट्टराईले नमूना कलेजका रूपमा विकास हुन सकोस भनि शुभकामना दिनुभयो ।
कलेजले कृषिका अतिरिक्त भेटेरीनरी, इलेक्ट्रिक इन्जिनियरिङ र आइटीमध्ये कुनै ३ विषयका कक्षा चलाउने तयारी गरिरहेको छ । परिषदकै आंगिक कलेज भएकाले यसको भर्ना, परीक्षा र शुल्क सिटिइभिटीकै नियमकानुन वमोजिम हुनेछ ।