सुनिल कार्की
पाल्पा । निर्वाहमुखि खेती छाडेर व्यवसायिक रुपमा कफी खेती गर्न थालेसँगै पाल्पाली कफी किसानहरु आर्थिक समृद्धितर्फ उन्मुख हुन थालेका छन् ।
बाह्रै महिना खेती गर्दा समेत वर्ष भरी खान नपुग्ने अवास्थामा पुगेका किसानले निर्वाहामुखी खेतिकिसानि छाडेर कफिको व्यावासायिक खेतीतर्फ आकर्षित भएका हुन् । हातका औंलामा गन्न सकिने सङख्यामा रहेका पाल्पाली कफि खेती गर्ने किसान अहिले जिल्लामा व्यवसायिक र सङगठित बनेपछि अहिले १ हजार बढी भन्दा धेरै रहेका छन भने उनीहरुले राम्रो अाम्दानी लिइरहेका छन् ।
पाल्पाका किसानले उत्पादन गर्ने ३३ टन कफी जिल्ला बाहिर निर्यात हुने गरेको छ भने पिउन योग्य गरी प्रशोधन गरिएको कफीको मूल्य प्रतिकिलो १ हजार २ सय रुपैयाँसम्म छ ।
तानसेन नगरपालिका ५ बराङ्दीस्थित सिद्धबाबा कफी उत्पादन सहकारी संस्थाका अध्यक्ष तथा कफी किसान बलभद्र पौडेलका अनुसार कफी खेतीबाट स्थानीय बासिन्दाले वार्षिक ५० देखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको बताउनु हुन्छ ।
पाल्पामा उत्पादित कफी नेपाल अर्गानिक कफी प्रोडक्सन र हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौले निर्यात गर्दै आएको छ । पाल्पामा उत्पादित कफी अमेरिकामा समेत निर्यात हुर्दै आएको छ ।
पाल्पाका पश्चिमी भेगका बल्ढेगढी, सत्यवती, पालुङमैनादी, देउराली, खस्यौली र पूर्वी पाल्पाको ताहु, रुप्से, ज्यामिरे लगायतका स्थानमा कफीको व्यवसायिक उत्पादन हुने गर्दछ ।