काठमाडौं । नेपालकी सनी लियोनी(अर्चना पनेरु), पाकिस्तानी चिया पसले, ढिन्चक पूजा, प्रिया वारियर यी यस्ता नाम एकाएक रातारात ईन्टरनेटमा सेलिब्रिटी भएका थिए । अब तपाईहरुलाई ती व्यक्तिको परिचय दिन चाहन्छु । अहिलेको सबैभन्दा बढी नै भाइरल बनेका भारतको मध्ये प्रदेशको विदिशामा बस्ने संजीव श्रीवास्तव उर्फ डब्बूजी । उँहाले भारतीय बलिउडका सुपरस्टार गोविन्दाको गीत ‘मय से मीना से, न साकी से, दिल बहलता है मेरा आपके आ जाने से’ गीतमा उँहाले त धुम नै मचाई दिनुभएको थियो ।
१)संजीव श्रीवास्तव उर्फ डब्बूजी
संजीव श्रीवास्तव उर्फ डब्बूजीले जन्तीमा गरेको नृत्य कारण संजीव एकाएक नै चर्चामा आउनु भयो । विवाह समारोहमा भारतीय कलाकार गोविन्दाको गीतमा ’मय से मीना से, न साकी से, दिल बहलता है मेरा आपके आ जाने से’ मा नृत्य गर्नुृृभएको थियो ,त्यो नृत्य अति नै भाइरल बनियो कि संजीवको प्रंशसा जन्तीमा आएकाबाट मात्र भएन उँहाको प्रंशसा मध्ये प्रदेशको मुख्यमन्त्री शिवराज सिंह चौहानले समेत गर्नुभयो । हुनतः पेशाले इन्जिनियरिंग रहेका संजीव भोपालमा रहेको भाभा इलेक्ट्रनिक्स इन्जिनियरिङ अनुसन्धानका सहायक प्रोफेसरका रुपमा कामदार हुन् । सन् २०१८ मे १२ मा आफ्नो सलालको जन्ती मा गएको बेला उँहाले त्यो गीतमा नृत्य गर्नु भएको थियो ।
२)प्रिया प्रकाश वारियर
प्रिया प्रकाश वारियर यो अहिलेको यस्तो नाम हो जसको हरेक एक यूवकको ओठमा नै हुन्छ । प्रिय प्रकाश वारियर अहिले इन्टरनेट अनुभूति, भइन् मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर एकै रातमा सामाजिक मिडिया मनपर्ने तारा बनिन् ।
आफ्नो पहिलो फिल्म ‘उरु अदार लव’को गीत मनकाया मलराया को भिडियोमा आँखा झिम्क्याउदैँ सबैको मनमा बसी राज गर्न सफल भइन् । प्रेम दिवसको अवसरमा रिलीज भएको उक्त भिडियो एकाएक यूवकहरुमा भाइरल बन्न पुग्यो । प्रियाले अाँखा झिम्क्याउदैँ प्रकाश गरेको रोमान्सले त एउटा बा्रन्ड नै स्थापित गरियो । पछि नयाँ यूवायूवतीमा यस किसिमका रोमान्स गर्ने शैली नै बन्यो ।
३) अर्चना पनेरू
बितेको फेब्अरीमा अर्चना पनेरूको केहि तस्बिर समाजिक सञ्जालमा धेरै नै भाइरल बनेका थिए कि अर्चनालाई नेपालको सन्नी लियोनीको उपनामले नै चिन्न थालियो । दर्शकले अर्चनालाई , सन्नी लियोनीसँग किन तुलना गरे त ? जवाफ अर्चनाले समाजिक सञ्जालमा गरेको आफ्नो बोल्ड, सेक्सी तस्विर र केहि भिडियो कारण । हुनत अर्चनाले यसकारण कति समस्या झेलिसकेका छन्, जेलसम्म पनि पुगि सकेकी छिन्, तर अहिले आएर उनी पोर्न फिल्म खेल्न एउटा अमेरिकी नागरिक सँग विहे गरेर आफ्नो जीवन बिताइरहेकी छिन् ।
४) अरशद खान उर्फ पाकिस्तानी चियापसले
सन् २०१७ साल अक्टूबरमा पाकिस्तानी चिया पसले एकाएक निकै नै चर्चामा आए । चर्चामा आउनुको कारण थियो निलो अाँखा, जसकारण पाकिस्तानका केटीहरु अरशद माथि पागल बन्दै गइरहेको थियो । यो चिया पसलेको वास्तविक नाम अरशद खान रहेको तथ्य बाहिर आएको थियो । अरशद खानको फोटो जियाह अली नाम गरेको फोटोग्राफरले फोटो खिचेर ईस्टाग्राममा राखिदिएको थियो, पछि यो भिडियो निकै नै भाइरल बनेको थियो । पाकिस्तानी एउटा टेलिभिजनका अनुसार यो फोटालाई एकदिनमा २० लाख जनाले मन पराएका थिए भने ट्विटरमा चायवाला भनेर एउटा ब्राण्डेड उपनाम मिलेको थियो ।
४) कुसुम श्रेष्ठ
सन् २०१६ मा नेपालमा बस्ने तरकारी बेच्ने एउटा केटीको फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । ती केटीले टाउको माथि तरकारीको टोकरी बोकेर फुल माथि हिडिरहेको बेला एउटा फोटोगा्रफरले ती केटीको फोटो खिचेर समाजिक सञ्जालमा राखेको थियो । पछि त्यो फोटोलाई एकदिनमै १५ लाखले मन पराएका थिए । २० वर्षीया कुसुम श्रेष्ठ नाम रहेकी उक्त केटीको उपनाम तरकारीबाली ब्रान्ड नाम बनेको थियो ।
५) चोई योंग जेइ
भाइरल वर्ष सन् २०१७ मे मा अर्को फोटो साउथ कोरियाका राष्ट्रपति मून जे इनको अंगरक्षकको निकै नै भाइरल भएको थियो । चोई योंग जेई नाम गरेका अंगरक्षकको फोटो समाजिक सञ्जालमा निकै नै भाइरल बनेको थियो र धेरै नै शेयर भएको थियो । हेर्नमा चिट्टिक परेको र हँट देखिएका चोई योंग जेइको चारैतिर प्रंशसा हुन लागिएको थियो । पछि हट अंगरक्षक नामले चोई योंग जेइलाई चिन्न थालियो ।
६) ढिंचक पूजा
सन् २०१७ जुलाइमा ‘सेल्फी मैंने ले ली आज’ गीतबाट एकाएक समाजिक सञ्जालमा चर्चाको विषयको बनेकी ‘ढिंचक पूजा’ । ढिंचक पूजाले सेल्फी मैंने ले ली आज’ र ‘पिंक स्कूटर’ गीत गाएकी थिईन् । त्यसपश्चात समाजिक सञ्जालमा उक्त गित धेरै नै भाइरल भएको थियो । र त्यो गीतलाई एक करोड मान्छेले हेरेका थिए ।