सुनिल कार्कीपाल्पा । ढाका हवको रुपमा विकसित हुँदै गएको तानसेन बजार ढाका उत्पादन गाउँ केन्द्रित बन्न थालेको छ । स्थानीय चुनावपछि स्थानीय स्तरमै सीप र दक्षतालाई अभिवृद्धि गर्न स्थानीय तहले बजेट विनियोजन गरि तालिम सञ्चालन गरेपछि पाल्पाली ढाकाको क्षेत्र विस्तार भएको हो । यसले गर्दा घासँ दाउरा र चुलो चौकोमा सिमित बनेका दिदी वहिनिहरु ढाका बुनाई सीपबाट आत्मनिर्भर बन्दै गहिरहेका छन् ।
जिल्लाको रम्भा गाउँपालिकाको आर्थिक सहयोग तथा महिला समन्वय समितिको आयोजनामा रम्भा गाउँपालिका–५ ताहुँको रम्भा माविमा ४ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ ।
तालिममा घरायसी काम गरेर समय विताउने २८ जना महिलाको सहभागिता रहेको थियो । तालिम समापनमा ५ नं.प्रदेश सभा सांसद रमा घर्ती मगरले महिला सशक्तीकरणका लागि सीपको आवश्यकता पर्ने र सीपको लागि तालिमको आवश्यकता पर्ने भएकोले महिलाहरुलाई विभिन्न प्रकारका सीप प्रदान गर्नुपर्ने बताइन् ।
रम्भा गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बालकृष्ण गैरे, रम्भा गाउँपालिका वडा न. १ का अध्यक्ष कृष्णप्रसाद रेग्मी, वडा नं. २ का अध्यक्ष उमानसिं सारु, वडा नं. ४ का अध्यक्ष भोजबहादुर वि.क., वडा नं. ५ का अध्यक्ष खुमकान्त बस्याल, रम्भा गाउँकार्यपालिका सदस्यहरु भोवीसरा सारु, सिर्जना अर्याल लगायतले महिलाको सशक्तिकरणलाई जोड दिंदै सिकेका सीपको व्यवहारमा लागु गर्न जोड दिए ।
कार्यक्रममा प्रशिक्षक सन्तमान श्रेष्ठ, रम्भा बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद अधिकारी, वडा नं ४ का सचिव पे्रम नेपाली, रम्भा माविका अध्यक्ष बसन्तराज श्रेष्ठ, प्रशिक्षार्थी किरनकुमारी घर्ती मगर लगायतले प्रशिक्षार्थीहरुलाई शुभकामना दिंदै सिकेका ज्ञानको ब्यवहारतय कार्यान्वयन गर्न आग्रह गरे ।